27th May | 2019 | Monday | 5:52:04 AM

कविता- नारी

सीताआस्था ढुंगेल   POSTED ON : जेठ २७, २०७५ (१२:४८ PM)

कविता- नारी


जून भेट्न 

भुइँचालो बोकेर

धरहरा चढेछु अन्जान...!

जून नटिपी

मन खस्यो भईंमा

र बजारियो बेस्सरी 

थिचियो र पिलियो 

जीवनको असहृय स्मृति बनेर 

चुपचाप हेरिरहे कठोर नजरहरूले

निर्दयी बनेर 

अनि पो देखेँ 

उदाङ्गो चरित्र 

मानव विम्बको 

स्वभाव भन्नु कि ! आचरण ?

देख्दा मलिन लाग्ने

स्वार्थका ढुङ्गे  मनहरू 

हेरिरहे मेरो भाग्यको ऐना फुटेको

बरु टुक्रा बटुलेर 

व्यभिचारीहरूले 

देहब्यपारमा लगानी गरे

बेश्यालयहरूमा पु¥याएर

एउटा अस्मिताको 

कुठाराघात गरे

नारीको अस्तित्वका खातिर

कोही बोलेनन्

चुपचाप थिए भरियाहरू

जुनेली रातमा जून भेट्न

हिँडेकी एउटी अनाथ नारीको

क्रन्धनमाथि 

उसैमाथि आक्षेप थुपारिदिए 

अस्मितामाथि भोक मेटाउने 

नर पिशाचहरूले 

यति हुँदाहँुदै 

मनको मझेरी उघारेर

जोडेको

आत्मविश्वास र वलिदान

अन्तिममा दोसल्ला र अबीर बन्यो

फेरि  रङ्ग भरियो 

जीवनको ।


Views: 124

सम्बन्धित सामग्री:

मातृ महिमा !

सीता भण्डारी कँडेल : बैशाख २२, २०७६ (३:०८ AM)