21st September | 2018 | Friday | 5:14:32 PM

हाम्रा सांस्कृतिक धरोहर

लक्ष्मण बेल्वासे   POSTED ON : Friday, 22 June, 2018 (1:12:53 PM)

हाम्रा सांस्कृतिक धरोहर

संस्कृति समाजको ऐना हो । समाजको विशेषता, गुण, संस्कार, रीतिरिवाजको प्रतिविम्ब उसले मानिआएको संस्कृतिबाट उजागर हुन्छ । विविधतायुक्त संस्कृति र प्रकृतिले भरपुर अनुपम देश भनी विश्वमा सुपरिचित नेपालको विशेषता अनुपम नै रहेकोमा द्विविधा छैन । परम्परा, संस्कार र रीतिरिवाजले समाजलाई अनुशासनको परिधिभित्र राखेको हुन्छ । 

धर्म भन्नुको अर्थ असल काम गर भन्नु हो । अर्थात कल्याणकारी कर्ममा दत्तचित्त हुनुपर्छ भन्ने मर्म नै प्रत्येक धर्मको उपदेशको सार हो । जसले मानवलगायत जीवजन्तुको हित हुन सकोस् । यो सत्य हो कि कुकर्म गर भन्ने आशय कुनै धर्म र संंस्कृतिमा पाइँदैन । सबै धर्मको उद्देश्य र सार मानवकल्याण हो । 

परम्परा संस्कृति र साहित्य मानवजगतले लामो समयको अनुभव, खोज र प्रचलनबाट सिर्जना गरेका हुन्छन् । संस्कृतिले संस्कार आत्मसात गरेकै हुन्छ । असल संस्कार र मूल्य मान्यताबाटै मानवको जीवनशैली एउटा पद्धतिमा रहेको हुन्छ । सुसंस्कारले नै सभ्य समाजको निर्माणमा अग्रगति लिनसक्छ भन्ने कुरामा दुई मत हुँदैन । हाम्रा पुर्खाले स्थापना गरेको सामाजिक परम्परा मूल्य मान्यताअनुकूल समाजलाई सत्मार्गमा हिँड्न अभिप्रेरित गरेकोले हामी आज संस्कृतिप्रति सकारात्मक छौँ र विश्वस्त पनि । असल संस्कृतिको माग नै सुससंस्कार र मानव कल्याण हो । 

समयको अन्तरालसँगै राजनीतिक, आर्थिक र सामाजिक परिवेश र संस्कृतिभित्र रहेका नकारात्मक पक्ष र अवशेष हटाउँदै सकारात्मक पक्षलाई समेटेर समाजलाई अघि बढाउनु राज्य र समाजको दायित्व हो । तसर्थ, संस्कृतिलाई जीवन्त बनाउन भने भाषाको मुख्य भूमिका रहेको हुन्छ । नेपाली भाषाको जननी भाषा संस्कृत भाषाले प्राचीन कालमा नेपाली समाजको संस्कृतिमा रक्तसञ्चारको भूमिका निर्वाह गरेको थियो । विशेषत ः वेद, पुराण, चण्डी, रामायण, श्रीमद्भागवत गीता संस्कृत भाषामै लेखिएका छन् । आज पर्यान्त यी ग्रन्थहरू संस्कृत भाषामै पढिँदैछन् । 

उल्लिखित ग्रन्थ र कृतिहरूमा मानव समाजलाई हित वा कल्याण हुने अर्ती उपदेश वैज्ञानिक रूपले परीक्षण गरौँ यी हामीले विश्लेषण गर्दा पनि महŒवपूर्ण छन् । यिनैको हितोपदेशको प्रभाव र परिणामले सभ्य, सुसंस्कृत मार्गमा समाजलाई डो¥याएको हो । तब नै हरेक मानिसलाई सभ्य, सुसंस्कृत बनाउँदै परिवर्तनको जग बसालेको हो । त्यसैले धार्मिक, पौराणिक कृति र साहित्य मानवजीवनका लागि अहिलेसम्म पनि यी महŒवपूर्ण छन् । मानवीय र नैतिकताको कसीमा बाँध्ने सुन्दर स्वस्थ र सुखी जीवनयापन गर्न मार्गदर्शन दिने ती धार्मिक र सांस्कृतिक ग्रन्थ, कृति, लेख, अभिलेख अहिलेको पुस्ताका लागि अनौठो सावित हुने परिस्थिति छ । जब संस्कृत भाषा कामकाजको भाषाबाट पाखा लाग्दै उपेक्षित भयो तब धार्मिक सन्देश अर्ती उपदेश पनि एकादेशको कथाजस्तै हुन पुगे । वेद, त्रिपिटक, कुरान, बाइबल आदि सबै धर्मका ग्रन्थले सद्व्यवहार, सत्कर्मकै सन्देश वा निचोड दिएका छन् । 

हामीलाई अवगत नै छ, समय कसैको अधिनमा रहँदैन । परिवर्तनशील समयसँगै विज्ञान, प्रविधिको विकास हुँदैछ । मानिस सन्तुष्टि, सुख र खुसीको खोजीमा मृत्युपर्यन्त तल्लीन हुन्छ, त्यतिबेला नवीन सोच, विधि र संस्कार पैदा भएपछि परम्परागत संस्कृति र संस्कार विस्थापित भएको पाइन्छ । भाषाले राष्ट्र र राष्ट्रियताको प्रतिनिधित्व गरेको हुन्छ । जब संस्कृति र भाषा आदि मुलुकको चिनारी गायब हुन्छ तब हाम्रो राष्ट्रियता कमजोर हुन पुग्छ । परिणामस्वरूप बाहृय हस्तक्षेपको सम्भावना बढ्दो हुन्छ । आफ्नोपन गुम्दै बाहृय संस्कृति मौलाइरहेको घटना प्रत्यक्ष देख्न थालेका छौँ । एकातिर हाम्रो परम्परा र संस्कृति हाम्रा चिनारी र सम्पदा हुन् भनी भज्ने अर्कोतिर बाहृय संस्कार र परम्परा अँगाल्दै जाने प्रवृत्ति अहिले मौलाउँदै गएको छ ।

भौतिकवाद र आध्यात्मवादबीचको अन्तरद्वन्द्व, विश्व भूराजनीतिमा आएको परिवर्तन साम्राज्यवादीहरूको प्रभुत्व, माक्र्सवाद र यथास्थितिवादको दृष्टिकोण, व्यावहारिक जीवनमा अन्तरद्वन्द्व पनि यसले सिर्जना गरेको पाइन्छ । सांस्कृतिक तथा धार्मिक विचलनको प्रभाव भनौँ वा दबाब नेपाली समाजमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा परेको कुरा नकार्न सकिँदैन । जसले हाम्रो समाजलाई एउटा प्रणालीमा बसाएको थियो । नैतिक आचरण, सुसंस्कार र मानवीय भावको महŒव र पाठ सिकाएको थियो । सञ्चार क्षेत्रको तीव्र विकासले अनेक संस्कृतिहरूको अन्तरघुलन बढाएको छ जो सकारात्मक र नकारात्मक दुवै हुन सक्छ । 

आजभन्दा तीन हजार वर्षअघिदेखि नै ऋषिमुनिहरूले खोज, अनुभव, नीति, कर्म र कला आर्जेर प्रयोगबाट सिद्ध गरी भावी पुस्ताका लागि संग्रह गरेर निर्माण गरेका थिए जहाँ जीवन जिउने कला र विधिविज्ञान स्वतः समाविष्ट थियो । तथापि, जब संस्कृत भाषा केही ब्राहृमणको कर्मकाण्डी भाषा बन्न पुगेसँगै ग्रन्थ, मन्त्र, साहित्यिक कृतिहरू आलमारीको धुलो र माकुराको साथी बनेर अस्तित्वहीन हुन पुगेको यथार्थ हामी सामु छ । यसले धर्म संस्कृतिको एउटा अध्याय नै लुप्त हुन पुग्यो । सँगसँगै संस्कृति, धर्म र सामाजिक मूल्य मान्यता पनि लुप्त हुँनै लागेको छ । 

आजका पुस्तालाई गायत्री मन्त्रको अर्थबोध भएन र पढ्न, पढाउन पनि खोजेनौँ । गीताका उपदेश, नित्य सुकर्म, धर्म गर पाप नगर आदि अर्तीसँगै धर्म र संस्कृतिका विरुद्ध अनेक भ्रम सिर्जना गरिए, गरिँदै छन् । परिणामतः अहिलेका प्रायः मानिसमा मानवीयपन, नैतिकता र धैर्य तथा सहयोगी भावना कमजोर बन्दै गएको छ । मानवीय मूल्य मान्यता कमजोर बन्दै गएको छ ।  

मानिसको नाम रामप्रसाद, सरस्वती, दुर्गा, दुर्गाप्रसाद, देवी नाम अर्थहीन अनुकरण मात्र भयो । नामअनुसारका कर्म भएनन् । फलस्वरूपः समाजमा अराजकता र अपराध बढ्दै गयो । उहीले ‘कुकर्म गरे पाप लाग्छ’ भन्ने उपदेशात्मक वाक्य अहिले गायब हुन लाग्यो । कुन पर्वको के महिमा र महŒव छ, किन, कहिले र कसरी मनाइन्छ, त्यस्तो सिकाइमा हाम्रो चाँसो निकै कम छ । चाडपर्व मीठो मसिनो मासु खाने, जुवातास खेल्ने र लागुपदार्थ सेवन गर्ने अवसरमा रूपान्तरित हुन लागेको छन् । रमाइलोमा मात्रै सिमित हुन थालेको छ । 

आफ्नोपन हराउँदै कुल वंश बिर्सिएर मूल्यांकनै नगरी बिना सोच तडकभडक देखाउँदा आफू र आफ्नोपन र धरातलको महŒवबोध भएको छैन । नयाँ वर्ष, संस्कार, चाडपर्व, पहिरन÷वेशभूषा, भाषा, चलचित्र आयातीत छन्, मौलिकता गुम्ने चिन्ता छ । स्वदेशी वस्तु र पहिरनको उपयोग र महŒवलाई बेवास्ता गर्नुकै परिणाम नहोला भन्न सकिन्न अति कम विकसित मुलुकको दर्जामा सीमित हुने बाध्यता । खाद्यान्न, लत्ता, कपडा सबैमा परनिर्भर हुनु परेको ग्यास, चुलो नबलेको र महँगीले सताएको तीतो यथार्थ हामी भोग्दैछौँ । 

हाम्रा सन्ततिहरूमा धार्मिक अनभिज्ञतासँगै समाजमा नैतिकता र आचरणको संकट निम्तिएको छ । अरू छाडौं हाम्रा राजनीतिक दल, नेता, जनप्रतिनिधिले पनि खाएका कसम र जिम्मेवारी के हो भन्ने बिर्सिएझैँ गरेका छन् । विभिन्न वाद, व्यावसायिकता, धार्मिक प्रचारबाजीले धार्मिक असहिष्णुता निम्त्याएको छ । धार्मिक र सांस्कृतिक अतिक्रमण गर्न खोज्ने प्रवृत्ति भित्रिएको छ । जे जसो भए पनि यस्तो प्रवृत्ति मौलाए सम्भावित जोखिमहरू निम्तिने छन् । हामीले पाएको शरीरले राम्रो काम, हातले पौरख, मस्तिष्कले प्रगतिशील सोच, आँखाले दूरदृष्टि, कानले सद्श्रवण, मुखले मिष्टभाषा, पाउले सत्मार्ग हिँड्ने काम ग¥यौं भने कहिल्यै कसैले दुःख र ईष्र्या भोग्नु पर्ने छैन । तर, समाज यसको उल्टो दिशामा छ । 

संस्कृति, भाषा धर्म आदि परिचयका द्योतक र ऐतिहासिक सम्पदा हुन् । यसको संरक्षण र विकासतर्फ राज्य र जनता गैरजिम्मेवार हुँदा हाम्रो मौलिक संस्कृति र सिर्जनशीलता हराउन सक्ने जोखिम एकातिर छ भने अर्कोतर्फ नेपाली इतिहास, संस्कृति र परम्परा भावी सन्ततिलाई सुम्पिनुपर्ने दायित्व छ । त्यसैले उल्लिखित चुनौतीलाई समाधान गर्न अविलम्ब राज्यको पहल हुनुपर्छ । वर्तमानको ज्ञानको स्रोत र भविष्यको पुँजी हाम्रो इतिहास भएकाले जनता र सरकारले यी सम्पदाको जगेर्ना र विकास गर्न ध्यानाकर्षण गर्नुपर्छ ।

पुख्र्यौली विमान अस्त्र निर्माण, ओखतिमूलो, जीवनदर्शन, अर्ती, उपदेश जीवनकलासम्मका जानकारी सञ्चित गरेका धार्मिक कृतिहरू अध्ययनबाट प्राप्त गर्न सकिन्छ । यीबाट सद्व्यवहार र अनुशासनको ज्ञान पाउँछौं । यसले हाम्रै जीवनलाई सत्मार्गमा हिँडाउन प्रेरणा र आत्मबल प्रदान गर्छ । यी अमूल्य निधिहरूमा भएका सकारात्मक पक्षलाई समयसापेक्ष अनुशरण र अनुकरण गरी नेपाली बहुलतायुक्त समाजलाई सभ्य, वैज्ञानिक र विकसित बनाउन सबै नेपालीले आपसमा हातेमालो गर्ने कार्यलाई निरन्तरता दिन सकौँ । हाम्रो सभ्यता र संस्कृति अझ बलियो बनाउँदै लैजाऔँ, मानवकल्याण प्रबद्र्धन गरौँ, समाजमा शान्ति कायम गरौँ । 

 


Views: 0