21st November | 2018 | Wednesday | 1:58:34 AM

दल सापेक्षता र वर्तमान पिँढी

स्वयम्भूनाथ कार्की   POSTED ON : Monday, 25 June, 2018 (12:24:03 PM)

दल सापेक्षता र वर्तमान पिँढी

कुनै घटना वा कालखण्ड स्वर्णीम वा अँध्यारो हुनसक्छ तर प्रकृतिको नियम नै हो जस्तोसुकै स्वर्णीम काल होस् वा अँध्यारोकाल तिनीहरूबाट केही न केही विपरीत चरित्रका घटनाहरू पनि भएका हुन्छन् । एकीकरणपछिको नेपालको सबैभन्दा अँध्यारो काल भनेर राणाहरूको शताब्दीभन्दा लामो भाइभतिजामा सत्ता भागबण्डा गरिएको काल हो भन्ने कुरामा विमति जनाउने सम्भवतः कोही नहोला ¤ तैपनि त्यही राणाकालमा सतीप्रथा उन्मुलन, दासत्वमोचनजस्ता काम पनि भएका थिए । त्यो युगमा भएका अनेकौँ कुरा करिब पौने शताब्दीपछिको नेपालले पनि उपभोग गर्दैछ । यो कुरा मान्न आग्रह र नमान्न दुराग्रहको बालखुराक नदिइएकाले यसका राम्रा कुरा उल्लेख हु“दैछन् । 

तर, २०१७ देखि २०४७ सालसम्म ज्ञान जान्ने हु“दै गरेको पिँढी तात्कालीन व्यवस्थाको विरोधको बालखुराक खा“दै युवा भयो । त्यही कालमा त्यही व्यवस्थाले प्रबन्ध गरेका विद्यालयमा शिक्षा लियो । आफूलाई विकसित ग¥यो तैपनि नजाँनिदो तरिकाले एक किसिमको निषेध मनमा बोकेर बसेको छ । यो पिँढीका वर्गीकरणमा चेतनशील समुदाय अझ भनौँ विभिन्न क्षेत्रमा अगुवासमेत कहलिनेहरूमध्ये धेरैमा एक किसिमको मानसिक अपांगता देख्न पाइन्छ । उनीहरू त्यो कालका सबै सुविधा उपभोग गर्छन् । त्यसबेला निर्मित शिक्षण संस्थामा काम गर्छन् तर त्यो कालमा शिक्षमा बन्देज थियो भन्न छुटाउन्नन् । त्यो कालमा भएका र गरिएका अनेकौं कामबाट लाभान्वित हु“दै गर्दा कतै त्यो काललाई गाली गर्न नछुटोस् भन्ने कुरामा सतर्क हुन्छन् । 

कुनै कालखण्डमा राम्रा वा नराम्राजस्ता काम भए पनि ती सबै आजको नेपालका आधारशीला हुन् । यसमध्ये राम्रा कामलाई निरन्तरता तथा नराम्रा कामबाट पाठ लिएर भरसक त्यस्ता कामको पुनरावृत्ति नगर्नु नै मुलुकको सुन्दर भविष्य निर्धारण गर्ने एकमात्र मार्ग हो भन्न हिचकिचाउनु पर्ने कुनै कारण छैन । यसका निमित्त कुनै कालखण्डलाई विल्कुलै जानकारी थिएन जस्तो गरेर अस्वीकार गर्ने प्रवृत्तिलाई यहा“ मानसिक अपांगता भनिएको हो । यस कुरालाई लिएर आक्रोशित हुनुपर्ने कुनै आवश्यकता छैन ।

आजको युगमा पृथ्वीनारायण शाहको एकीकरण कार्यलाईसमेत अर्को कोणबाट पनि विश्लेषण गर्ने प्रवृत्ति छ भने २०१७ सालदेखि २०४७ सालसम्मका पिँढीका चिन्तक वा विश्लेषकले आफूले बा“चेको त्यो कालखण्ड इतिहासमा उपस्थित नै थिएन । जति थियो त्यो नकारात्मक मात्र थियो भन्नु अधुरो तथ्यको आधारमा निष्कर्ष निकाल्नु हो । यसै अधुरो निष्कर्षमा लेखिएका कथित सोधपत्र पढेर सबै कुरीतिका प्रवर्तक राजा महेन्द्र थिए भन्नसमेत आजको पिँढी बेर लगाउँदैन । आफ्नो यस्ता कुर्तकको रक्षाका निमित्त ऊ जुनसुकै हदसम्म जानसक्छ । किनभने उसले यी ज्ञान लिएका सोधपत्रलाई सन्दर्भ सामग्रीको स्तर दिने आफैँले त्यसका तथ्य सही वा गलत हेरेको छैन । यसका निमित्त राजा महेन्द्रलाई गाली गरिनु त्यसको विषेशता हो ।

योे प्रवृत्तिले जनसाधारण तथा २०४७ पछिका ज्ञान जान्ने हु“दै गरेकामा डरलाग्दो नैराश्य पैmलाएको छ जो वर्तमानको यो करिबकरिब अराजक भन्न सकिने अवस्थाको प्रमुख कारक हो । दलका शीर्ष नेताको छवि जे पनि गर्नसक्ने, सबै कुराको ज्ञान भएको अनि प्रकृतिचक्र पनि उनीहरूको अधिन चल्ने बनाइएको छ । यो अतिमानवको छविले ती शीर्ष नेताहरूको पुजित हुने व्यक्तिगत आकांक्षा त पूरा भएको होला तर यो वास्तविकता भने होइन । प्रमाणका रूपमा लिन सकिने २०६२ सालदेखि यता अनगिन्ती उदाहरण छन् ।

सबैभन्दा प्रत्यक्ष उदाहरण नेपालको अन्तरिम संविधानमा शीर्ष नेताको समूहले लगातार गर्दै रहेको निर्वाध हमला नै हो । यदि कसैले लागू हु“दाका बखतको संविधान र समाप्तिका बेलाका संविधानको तुलनात्मक अध्ययन ग¥यो भने यो मनोमानीलाई निश्चितरूपले हमला नै भन्नेछ । सुरुमा जनताको प्रत्यक्ष निगरानीमा खेस्रा गरिने र जनताको अनुमोदनले लागू गरिने परिकल्पना गरिएको वर्तमान संविधान कसरी निर्माण भयो र कसरी लागू भयो भन्ने कुराको भोगाइ ताजै छ । यसो भनिएको संविधान संस्थागत हुने क्रममा जनताले चुकाउनु परेको अतिरिक्त आर्थिक मूल्यको बोझ थाम्ने शक्ति मिलोस् । आफूले सबै कुराको मोल चुकाएर दलहरूको सुखसुविधा कायम राख्न सकून् भन्ने कामना गर्न कसलाई मन लाग्ला र ¤

राणाहरूको कालखण्डमा सत्ताको भाइभतिजामा भएको भागवण्डाको पुनरावृत्ति २०६२ पछिको कालखण्डमा शीर्ष नेताहरूको आपसी समझदारीमा आपसमा नै भागबण्डा भयो । यो काम पर्दापछाडि होइन बरू खुलमखुला डंका पिटेरै भयो । यस्तो कामलाई ब्रेनवास भएका पिँढीका चिन्तक तथा विश्लेषक निरन्तर वैधानिक साबित गर्न न्वारनदेखिको बल लगाएर लागे । सर्वसाधारण जनता नेतासँग निराश भएका छन, अरू समाजका आफूले प्रतिष्ठित मानेकाहरूले पनि आफ्नो हित नहेरेकाले यो निराशा कुण्ठामा परिवर्तन हु“दैछ । युवा पिँढीलाई विदेशमा दास सरह श्रम गर्न जानुपर्ने बाध्यतालाई मुलुकको आर्थिक उन्नतिसँग दा“जिएको छ ।

परम्परागत शक्तिले केही त्राण देला कि भनेर आशान्वित भएर हेर्दा त्यो शक्ति पनि आफ्नो जयजयकार गराउन र सिमित घेराकाहरूको पेवा बन्नमै रुचि देखाउ“दैछ । यस्तो सबैतिरबाट निराश हुनुपर्ने परिस्थितिमा जनतासँग अराजक हुनु र जंगली कानुनमा फर्कनु सिवाय कुनै अर्को विकल्प छैन । विस्तारै यो निराश हुने समूहमा आफ्नो दल र नेतृत्वको कामलाई वैधानिक सावित गर्न भागीरथ प्रयत्न गर्नेहरू पनि सामेल हु“दैछन् । विभिन्न माध्यममा उनीहरू आफ्नो यो कुण्ठा पोख्दैछन् । तर, सर्वसाधारणलाई राम्रोसँग थाहा छ कि यस्ता अस्थायी कुण्ठा पोख्नेहरूलाई कसरी तह लगाउने भन्ने बारेमा नेतृत्व जानकार छ । आजको कुण्ठा भोलि नै विरुदावलीमा परिणत हुनसक्छ ।

चार वर्षको कार्यकाल राखेर एक वर्षमा काम सक्ने भनेर मत लिएर गएकाहरूले अर्को थप दुई वर्ष पनि खुट्टा टेक्न सकेनन् । अर्कोपटक निर्वाचन गर्नु नै प¥यो तै पनि दुवै पटक सभासको काम खेस्रा गर्ने वा मस्यौदामा छलफल गर्ने रहेन । आफ्नो दलका नेताले अरू नेतासँग गरेको मन्त्रणापछि अह्राएको कुरा एकतर्फीरूपमा भट्याउनुमात्र उनीहरूको काम रहृयो । नेताहरूको आज्ञाबमोजिम बोल्नु, मतदान गर्नु, सही गर्नु आदिले यो संविधानले कस्तो असर पार्दै जान्छ अनुमान कठिन छैन । जनताले अस्वीकार गर्ने खतराको उपचार गर्न ‘सांसद विकास कोष’ त्यही जनताको पसिनाको कमाइको राजस्वबाट खडा गरिएको छ । सदुपयोग दुरूपयोगको कुनै सुपरिवेक्षण गर्नुनपर्ने राणाजीहरूको बक्सिस शैलीमा खर्च गर्न पाउने यो कोषको अनुपस्थितिमा कतिको अस्तित्व नै विलीन हुन्छ त्यो कल्पना पनि कठिन छैन ।

बालखुराकअनुसार नराम्रो भन्नुपर्ने कालखण्डका विषेशता यो पिँढीको सामुन्ने लगातार आउ“दैछन् । अग्रगामी, जनहितकारी आदि नामले देखाइएका सपनाहरूको विखण्डन यो पिँढीले भोग्दैछ । लामो समयदेखि मुलुकबाहिर काम गर्न गएकाले नेपालको अवस्था बुभ्mन धेरै माध्यम छैनन् । दलका सक्रियले सञ्चालन गरेका अनलाइनमा आएका एक÷अर्काका विरोधी समाचार, इन्टरनेटमार्पmत प्रसारण हुने रेडियो, टिभी आदिबाटै उनीहरूले अनुमान गर्नुपर्छ । त्यहा“बाट गरिएका टेलिफोन संवादमा घरव्यवहारकै कुरामा प्राथमिकता हुन्छ र हुनु पनि पर्छ । केही समयको निमित्त नेपाल आएकाहरू चाहेर पनि आफ्नो पारिवारिक जिम्मेवारीबाट ज्यादा समय निकल्न सक्दैनन्, यो उचित पनि हो । जुन परिवारका निमित्त उनीहरू मुटु फुटाएर विदेशमा श्रम गर्दैछन् त्यो नै प्राथमितामा पर्नुपर्छ । 

तैपनि उपलब्ध ज्ञानको आधारमा अब यो पिँढी दल तथा नेतालाई विश्वास गर्न तयार छैन । भरपर्दो विकल्पको निमित्त अर्को नभेटुन्जेल मात्र हो । यो कुरा एकैजस्तो परिस्थितिमा चर्चित भएका दुई पत्रकारका बारेमा निस्केका दुई भिन्न जनमतले देखाउँछ । राजु थापाका बारेमा पक्ष र विपक्षमा बा“डिएकाहरू रवि लामिछानेका बारेमा एकमत जस्तै भए । नियतवश वा संयोगले राजु थापाका बारेमा कुरो उठाउन प्रारम्भ गर्नेबित्तिकै सरकारले रवि लामिछाने विरुद्धको उजुरीमा कारबाही सुरु गरेको घटना प्रकासमा आयो ।

राजु थापाको कुनै दलप्रतिको आस्था देखियो त्यसैले उनको सबैले समर्थन गरेनन् तर रवि हालसम्म दल निरपेक्ष देखिएका छन् । त्यसैले उनलाई समर्थन ठूलो छ, उनको केही भुल देख्नेहरूले पनि चुप लाग्नु नै उचित देखेका छन् । यही कुरा सीताराम कट्टेल, कुञ्जना घिमिरे कट्टेल अर्थात् धुर्मस–सुन्तली जोडीमा पनि लागू भएको छ । अब दल सापेक्षता जनतालाई स्वीकार छैन । निरपेक्ष रह“दा प्रसिद्धि कमाएका प्रख्यातहरूको दल सापेक्षता देखिनेबित्तिकै प्रसिद्धि घटेको छ । भावी कार्यकारी प्रमुख दल देखिएका यिनीहरूमध्येबाटै कल्पना हुँदैछ । सामाजिक सञ्जालमा यो सोचले स्थान पाउन सुरु गरिसकेको छ ।


(कार्की विराटनगरबाट लेख्छन्)


Views: 14