21st November | 2018 | Wednesday | 1:25:22 AM

लागुऔषध दुव्र्यसन र रोकथाम

राजेशमान के.सी.   POSTED ON : Wednesday, 27 June, 2018 (1:07:22 PM)

लागुऔषध दुव्र्यसन र रोकथाम

संयुक्त राष्ट्र संघको आहृवानअनुसार प्रत्येक वर्ष जुन २६ तारिखको दिनलाई लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको छ । लागुऔषधविरुद्ध यस वर्षको नारा ‘स्वस्थ, सवल र समृद्ध नेपालको प्रतिबद्धता ः लागुऔषध अपराध विरुद्धको ऐक्यबद्धता’ भन्ने रहेको छ । लागुऔषधको प्रयोग र ओसारपसार समग्र समाज र राष्ट्रका लागि चुनौती बन्दै गइरहेको छ । यस परिप्रेक्ष्यमा लागुऔषधविरुद्ध विभिन्न कार्ययोजनासहित लागुऔषध नियन्त्रणसम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा तथा परिमार्जनसम्बन्धी सभा, छलफल, अन्तरक्रिया हुने गरेको छ । गाँजा, अफिम फँडानी, प्रभातफेरीलगायत विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी यसपटकको दिवस संघ, प्रदेश र स्थानीय गरी राज्यका तीनै तहमा विशेष अभियानका साथ मनाउन लागिएको कुरा गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विश्व स्वास्थ्य संगठन (१९८२) ले परिभाषित गरेअनुसार लागुऔषध कुनै किसिमको रासायनिक पदार्थ हो जुन स्वस्थ शरीरका लागि प्रयोग गर्नु आवश्यक छैन । यस्तो पदार्थको प्रयोगले शारीरिक वा मानसिक कार्यमा नै नकारात्मक परिवर्तन ल्याउनसक्छ । यस हिसाबले लागुऔषध कुनै पनि औषधि जसको सेवन वा प्रयोगले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्छ । यसको प्रयोगले उसका भावना तथा सोचाइमा नारात्मक परिवर्तन ल्याउँछ भने त्यसलाई लागुऔषध मान्न सकिन्छ । लागुऔषधको प्रयोगले हाम्रा शरीरका प्रणालीहरूमा प्रभाव पार्दछ । अर्थात् यसले ती प्रणालीको कार्यमा नै परिवर्तन ल्याउने गर्छ । लागुऔषधले खासगरी शरीरका प्रणालीमध्ये स्नायु प्रणालीलाई सबैभन्दा बढी असर पार्ने गर्छ । यसको प्रयोगबाट मानिसको सोच्ने, बुभ्mने र सम्झनेजस्ता दिमागीय कार्यमा विकृति ल्याउँछ । लागु पदार्थले मानिसमा उत्तेजना बढाउने वा शिथिलता बढाउने जस्तो काम गर्छ । 

लागुऔषध सेवन गर्ने व्यक्तिको सुत्ने कोठामा वा गोजीमा लागुऔषध फेला पर्ने, लट्ठ मातेजस्तो देखिने, छालामा सियोको दाग देखिने र अनुहार रातो वा निदाउँरो देखिने गर्छ । त्यस्तो खालको व्यक्तिमा मूढी, जिद्धीपन, निराशा, झुटो बोल्ने, एक्लै बस्न रुचाउने, पैसा माग्ने वा चोर्ने, लागुऔषध सेवन गर्न नपाउँदा मानसिक बेचैनी हुने जस्ता लक्षणहरू देखिन्छन् । सेवन गर्न पाउने बित्तिकै ठीक भएको महसुस हुने र नपाएको अवस्थामा छटपटी हुने, कराउने आदिजस्ता लक्षण मुख्यरूपमा देखिने गर्छन् । 

अर्को कुरा लागुऔषध प्रयोग गर्ने मानिसलाई लागुऔषध प्रयोग गरिरहन मन लाग्छ र जति प्रयोग ग¥यो उति यसकोे असर कम हुने र शरीरमा सहनसक्ने क्षमता पनि बढी हुने गर्छ । अन्ततः लागुऔषध निरन्तर प्रयोग गर्ने मानिस शारीरिक र मानसिकरूपमा रुग्ण बन्दै जान्छ र ऊ आपराधिक मनोवृत्तितर्फ उन्मुख हुन पुग्दछ । त्यस्तै लागुऔषध दुव्र्यसनी भएका कारण कतिपय लागुऔषध प्रयोगकर्ता आपूmलाई लागेको कुपोषण, रक्तअल्पता, हेपटाइटिस, यौनजन्य रोग र एचआइभी एड्सजस्ता खतरनाक रोगका बारेमा कसैलाई भन्न वा जानकारी गराउन चाहँदैनन् ।

यसरी लागुऔषध अपराध एक मानव सिर्जित विश्वव्यापी समस्या बन्न पुगेको छ । यसले राष्ट्रको सामाजिक, आर्थिक, उत्पादनशील जनशक्तिलगायत सबै पक्षमा नकारात्मक प्रभाव पार्छ । लागुऔषध दुव्र्यसन केवल आपराधिक गतिविधिसँग मात्र सम्बन्धित नभएर यो एउटा जटिल सामाजिक समस्याका रूपमा देखा परिरहेको छ । 

विगतमा गाँजा, चरेस र हेरोइनको सेवनमा सीमित रहेका लागुऔषध प्रयोगकर्ताहरूले सन् १९९० को दशकको सुरुवातसँगै सुईका माध्यमबाट लागुऔषध प्रयोग गर्न थालेका छन् । त्यसमा पनि १३ देखि १९ उमेरबीचका किशोरकिशोरी बढी आकर्षित हुने गरेका विभिन्न अध्ययनबाट थाहा हुन आएको छ । नेपालमा हाल एक लाख ५० हजारभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेका छन् । यसको वृद्धि वार्षिक ११ प्रतिशतका दरले वृद्धि भइरहेको सरकारी तथ्यांकल देखाएको छ । यसको नियन्त्रणका लागि राज्यले समयमै ठोस कदम चाल्न सकेन भने भविष्यमा अरू भयावह रूप लिने सम्भावनालाई नकार्न सकिँदैन । 

खासगरी भारतसँगको खुला सीमानाका कारणले गर्दा लागुऔषधका अन्तर्राष्ट्र्यि माफियाले नेपाललाई अवैध कारोबारको परिवहन बिन्दुकारूपमा प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैगरी तराईका जिल्लामा अवैध गाँजा तथा अफिम खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ भने लागुऔषध तथा मनोद्दिपक पदार्थको अवैध बेचबिखन तथा ओसार पसारका कारण हाम्रासामु बग्रेल्ती चुनौती देखिएका छन् । 

यस क्रममा सरकारले लागुऔषध नियन्त्रणका लागि आपूर्ति नियन्त्रण, माग घटाउ र उपचार एवं पुनस्र्थापनाको रणनीतिक कार्यबाट लागुऔषधको दुरुपयोग रोक्ने कार्यनीति लिएको देखिन्छ । विगत लामो समयदेखिको सरकारी प्रयासलाई हेर्ने हो भने कानुनको कार्यान्वयनबाट आपूर्ति नियन्त्रण गर्ने र निरोधात्मक कार्यक्रमहरूको सञ्चालनबाट लागुऔषधको दुरूपयोग नियन्त्रण गर्ने कार्यलाई बढी र दुव्र्यसनीको उपचार र पुनस्र्थापना कार्यमा कम जोड दिइएको पाइन्छ । 

त्यसैगरी त सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य सुविधा र आर्थिक हित कायम राख्नका लागि लागुऔषधको खेती, उत्पादन, निर्माण, खरिद बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारी नियन्त्रण गर्ने उद्देश्य राखी लागुऔषध (नियन्त्रण) ऐन, २०३३ जारी गरिसकिएको छ भने यस ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संगठनात्मक संरचना निर्माण गरिएका छन् । यस क्रममा नेपाल सरकारका गृहमन्त्री वा गृहराज्यमन्त्रीको अध्यक्षतामा एक ‘उच्चस्तरीय लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समिति’ रहने व्यवस्था पनि गरिएको छ । 


लागुऔषध नियन्त्रणजस्तो जटिल प्रकृतिको गम्भीर र सांगठित अपराधको नियन्त्रण र अनुसन्धान गर्ने कार्यलाई प्रभावकारी बनाउन सेवा विशिष्टीकरणको अवधारणाअनुरूप नेपाल सरकार, गृह मन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा रहने गरी लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाई सन् १९९२ मा स्थापना भई कार्यरत छ । त्यस्तै भारतसँगका मुख्यमुख्य नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस इकाईका शाखा कार्यालयसमेत स्थापना भई कार्यरत रहेका छन् । विशेषगरी यस इकाइले लागुऔषधको अवैध खेती, उत्पादन, निर्माण, खरिदबिक्री, सञ्चय, ओसारपसार, निकासीपैठारी, सेवनलगायतका कार्यको नियन्त्रण गर्ने र उक्त अपराधमा संलग्न हुने अपराधीलाई कानुनअनुसार कारबाही चलाउने गर्छ । 


मूख्य कुरा लागुऔषध आपूर्ति नियन्त्रण गर्ने प्रभावकारी उपाय भनेको यसको उत्पादन गर्ने मुख्य स्रोतलाई नै निर्मूल पार्नु हो । त्यसैले यसका लागि अफिम, गाँजा आदिजस्ता लागुपदार्थ उत्पादन हुने क्षेत्रका बासिन्दालाई विश्वासमा लिन जनचेतना अभिवृद्धि हुने कार्यक्रम सञ्चालन गर्ने, आय आर्जनका अन्य वैकल्पिक अवसर प्रदान गर्ने अनि यसको उत्पादन र सेवनबाट हुने क्षतिबारे जानकारी दिलाई लागुऔषधको उत्पादन प्रक्रियालाई नै रोकथाम गर्नेतर्फ ध्यान पुग्नु अति नै जरुरी देखिन्छ । 

तथापि सरकारी प्रयासबाट मात्र लागुऔषध दुव्र्यसनको समस्या समाधान हुने देखिँदैन । यसका लागि अन्य सरकारी एवं गैरसरकारी निकाय, विभिन्न राजनीतिक दल, नागरिक समाज, प्रहरी र संचारकर्मी एकआपसमा हातेमालो गर्दै लागुऔषध दुव्र्यसन र अवैध ओसारपसारलाई साझा चुनौतीका रूपमा लिएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । 

समग्रमा भन्नुपर्दा नेपाललगायत सिंगो विश्वकै लागि एउटा साझा र जटिल समस्याका रूपमा देखा परेको लागुऔषध समस्या समाधानका लागि लागुऔषधको माग घटाउने, उपचार तथा पुनस्र्थापनाका साथसाथै मुख्य उत्पादन हुने स्रोतको निर्मूलीकरण गर्ने तथा आपूर्ति नियन्त्रणका सबै उपाय लागू गर्नुपर्छ । कानुनी प्रावधानमा समयानुकूल संशोधन गर्दै ती कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । सबै सरोकारवालाहरू सामूहिक प्रतिबद्धतासाथ अघि बढ्ने हो भने निश्चय पनि लागुऔषधसम्बन्धी समस्या समाधानमा उपलव्धि हात पार्न सकिनेछ । लागू पदार्थ दुव्र्यसनका कारण हुने क्षति न्युनीकरण गर्न सकिनेछ । 


Views: 22