21st September | 2018 | Friday | 5:45:35 PM

अपरिहार्य वैदेशिक लगानी

श्रीमननारायण   POSTED ON : Friday, 29 June, 2018 (12:59:44 PM)

अपरिहार्य वैदेशिक लगानी

विश्वको कुनै पनि देश एकैचोटि शक्तिशाली र समृद्ध बनेको छैनन् । दृढ इच्छाशक्ति, समर्पण, राष्ट्रप्रेम, इमानदारी, सत् प्रयास, राष्ट्र र जनतालाई सर्वोपरी ठान्ने राजनेताबाट मात्रै राष्ट्रको विकास सम्भव हुन सक्दछ । नेपालभन्दा पनि गरिब एवं दासताको लामो पृष्ठभूमि बोकेका राष्ट्रहरूले निकै कम समयमा गरेको उल्लेखनीय प्रगति हाम्रो निम्ति पनि प्रेरणाको स्रोत हुन सक्छ । एक्काइसौं शताब्दीमा आर्थिक प्रगति गर्न चाहने राष्ट्रहरूले वैदेशिक लगानीलाई भिœयाउनुको विकल्प छैन । वैदेशिक लगानीलाई भिœयाउन लगानी एवं व्यापारमैत्री वातावरणको निर्माण हुनु आवश्यक छ । 

हाम्रो उत्तरी छिमेकी चीनमा वामपन्थी पार्टीको शासन छ तर त्यहा“को आर्थिक विकासको निम्ति पनि वैदेशिक लगानीलाई अपरिहार्य ठान्ने काम भयो । आधुनिक चीनको विकासगाथाको प्रेरणास्रोतको रूपमा देंग सियाओ पिङको आर्थिक नीतिलाई नै मान्ने गरिन्छ । उनले असीको दशकमै आर्थिक उदारीकरणको नीतिलाई चीनमा लागू गरेका थिए । दक्षिण कोरिया र जापानभन्दा पनि बढी वैदेशिक लगानी भिœयाउन चीन सफल रहेको छ । 

दक्षिणी छिमेकी राष्ट्र भारतले झण्डै ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको छ । यो वर्तमान परिप्रेक्ष्यमा उत्तरी छिमेकी चीनको भन्दा अलि बढी नै छ । 

भारतको आर्थिक प्रगतिको थालनी सन् १९९१ मा तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह राव तथा वित्तमन्त्री डा. मनमोहन सिंहले लागू गरेको आर्थिक उदारीकरणको नीतिबाट भएको हो । विगत २५ वर्षमा भारतको सरकारले सोही आर्थिक नीतिलाई निरन्तरता दिने काम गरिरहृयो । वैदेशिक लगानीलाई भिœयाउँदा हामीले कुन रंगको लगानी आयो भनेर हेर्नु हुँदैन किनभने लगानी आएपछि बढ्ने आर्थिक क्रियाकलापले नै सरकारको आम्दानी बढ्ने हो । त्यसरी आउने लगानीले सिर्जना गर्ने आर्थिक क्रियाकलाप र रोजगारी लगानीको रंगभन्दा धेरै महŒवपूर्ण हो साथै लगानीमार्पmत् सरकारले राजस्व पनि प्राप्त गर्ने गर्दछ । आर्थिक विकासका लागि लगानी पूर्वशर्त हो । लगानीले रोजगारी सिर्जना गर्दछ । एकजनाले लगानी गरेर नाफा आर्जन गरेपछि अरूलाई पनि लगानी गर्न प्रेरित गर्छ । त्यसो हु“दा लगानीले थप लगानी सिर्जना गर्छ र नाफामूलक लगानीले अझ ठूलो लगानी आकर्षित गर्छ । 

यसरी लगानी बढ्दै जा“दा सरकारको राजस्व बढ्छ । जसले अभैm ठूलो रोजगारी सिर्जना गर्छ तथा सरकारलाई बढी खर्च गर्ने सक्षम बनाउ“छ । त्यसले थप आर्थिक क्रियाकलाप बढाउ“छ, राम्रा पूर्वाधार बन्दछन् । राम्रा पूर्वाधार बनेपछि थप लगानी आकर्षित हुन्छ । आर्थिक वृद्धि गर्न चाहने तथा देशमा रोजगारीको अवस्था सिर्जना गर्न चाहने राष्ट्रले वैदेशिक लगानीको रंग हेर्नुहु“दैन न त यसमा अनावश्यक विवाद नै झिक्नु उचित हो । 

कुनै पनि देश आप्mनो क्षेत्रफल तथा जनसंख्याका कारण मात्रै सानो अथवा ठूलो हु“दैन, अपितु त्यस देशको महानताको मापदण्ड त्यसको आर्थिक समृद्धि तथा नागरिकलाई समेत उपलब्धि हुने गर्दछ भन्ने कुरालाई सिंगापुर तथा मलेसियाले साबित गरिसकेका छन् । सिंगापुरको विकासका महानायक ली क्यु आनले आप्mनो दूरदर्शिता, समर्पण, इमानदारी तथा त्यागका कारण आप्mनो देशलाई प्रगतिको शिखरसम्म मात्रै पु¥याएनन् अपितु विश्वका अनेकौं देशका जनता र शासकको सपना भनेको नै सिंगापुरजस्तै आप्mनो देशको निर्माण गर्नु अथवा बनाउनुसम्म पु¥याए ।

विश्वभरिबाट कच्चा माल मगाई त्यसको श्रेष्ठतम् उत्पादन तयार पारी पुनः त्यसै देशमा निर्यात गर्ने कलामा सिंगापुरको उदाहरण छैन । यहा“का बन्दरगाह पनि विश्वको दोस्रो क्रमांकको व्यस्त तथा आय गर्ने बन्दरगाहको रूपमा आउ“छ । सिंगापुरमा न्यूनतम तलब साढे दुई लाख प्रतिमहिनाबाट सुरु हुन्छ र अधिकतम साढे ६ लाख नेपाली रुपैया“भन्दा माथिसम्म छ । सिंगापुरको व्यापारको तुलनामा सक्कल घरेलु उत्पादन अर्थात् टे«ड टु जिडिपी अनुपात विश्वमा सर्वाधिक अर्थात् औसतमा चार सय प्रतिशत छ । वर्तमान अवस्थामा सिंगापुरको बचतदर विश्वमा सबैभन्दा बढी छ र यहा“का नागरिकको निम्ति अमेरिका तथा युरोपभन्दा पनि राम्रो सहज स्वास्थ्य सुविधा छ । राष्ट्रको विकासको निम्ति नेताहरूको ध्यान र दृष्टि प्रष्ट हुनु आवश्यक छ । 

प्राकृतिक सम्पदाको मामिलामा धनी देश नभए पनि मलेसियाका पूर्वप्रधानमन्त्री डा. महाथीर मोहम्मदको कुशल नेतृत्व क्षमता, दूरदर्शिता तथा राष्ट्र एवं जनताप्रति समर्पणका कारण मलेसिया आज आधुनिक अर्थव्यवस्थाको शीर्ष पंक्तिमा छ । मलेसियालाई सम्पन्न राष्ट्र बनाउन डा. महाथीर मोहम्मदले गरेको योगदानको सर्वत्र चर्चा भइरहेको छ । वैदेशिक रोजगारीमा जान चाहने नेपाली युवाहरूको निम्ति पहिलो रोजाइ मलेसिया नै रहने गर्दछ । नेपाल जतिकै जनसंख्या भएको मलेसियाको कूल निर्यात डेढ दशकअघिसम्म नै दश हजार करोड अमेरिकी डलरलाई नाघिसकेको थियो । 

साढे तीन दशक अघिसम्म मलेसियाको अर्थव्यवस्था रबर र टिन धातुको कच्चा पदार्थ निर्यातमा आधारित थियो । सन् १९७० पछि मलेसियाले नया“ आर्थिक नीतिको थालनी ग¥यो । जसले मलेसियाको अर्थव्यवस्थाको मुहारलाई नै फेर्ने काम ग¥यो । आज मलेसिया इलेक्ट्रोनिक र बिजुलीको उपकरणको सबैभन्दा ठूलो निर्माता हो । देशको कूल निर्यातमा यसको योगदान आधा छ जबकि कपडा उद्योग निर्यातको दोस्रो क्षेत्र हो । मलेसियालाई एक्काइसौं शताब्दीको एउटा आधुनिक देश मान्न सकिन्छ जहा“ धार्मिक कट्टरताको निम्ति ठाउ“ छैन । 

महाथीर मोहम्मद चार वर्षअघि नेपाल आएका थिए । राजधानी काठमाडौंमा आयोजित एक विचार गोष्ठीमा उनले विकास योजना कार्यान्वयन गर्न र आर्थिक प्रगति हासिल गर्नका लागि राजनीतिक स्थायित्वलाई आवश्यक शर्त बताएका थिए । उनले लागू गरेको नया“ आर्थिक नीतिमा उदार नीति अपनाउन, लगानीमैत्री वातावरणको निर्माण गर्न तथा निजीकरणलाई बढावा दिनु नै मूलमन्त्र थियो । तीव्र आर्थिक विकासको निम्ति औद्योगिकीकरणको आवश्यकता पर्दछ । रोजगार सिर्जना गर्ने खालको ओद्योगिकीकरणले मात्रे देशको अर्थतन्त्रलाई बलियो बनाउन सक्छ भन्ने मान्यतामा विश्वास राख्ने डा. महाथीर मोहम्मदले देशका राजनीतिक दलहरू, विभिन्न समुदाय तथा जातजातिबीच भावनात्मक एकता नभएसम्म देशको विकास हुन नसक्ने सुझाव पनि दिएका थिए । डा. महाथीर मोहम्मदले विशाल सम्भावनाले भरिएको नेपालजस्तो मुलुकले वैदेशिक लगानी भिœयाउन व्यापारमैत्री नियम बनाउनुपर्ने सुझाव दिएका थिए । 

चेकोस्लाभियाबाट छुट्टिएर बनेको स्लोभाक गणतन्त्रजस्तो सानो मुलुकले पनि निकै कम समयमा गरेको प्रगति नेपालजस्ता देशहरूका निम्ति एउटा उदाहरण बन्न सक्छ । यहा“ सन् १९९८ मा मिकुलस जुरिन्दा प्रधानमन्त्री तथा रुडोल्फ युस्टर राष्ट्रपति भएका थिए । त्यतिबेला स्लोभाकले उदार आर्थिक प्रणालीलाई अवलम्बन गरेको थियो र निजीकरणलाई बढावा दिई करमा कटौती गरियो । वैदेशिक लगानीलाई आमन्त्रण गरियो । बिजुली, ग्यास र तेलबाहेकका क्षेत्रमा शत प्रतिशत वैदेशिक लगानीलाई स्वीकार गरियो । 

उपरोक्त तीनवटा क्षेत्रमा सरकारले ५१ प्रतिशतसम्म आफ्नो लगानी ग¥यो । यसको परिणामस्वरूप झण्डै चार लाख जनसंख्या भएको मुलुकमा ३.६ विलियन डलरको विदेशी लगानी भित्रियो । सन् २००२ मै त्यहा“का प्रत्येक नागरिकको हकमा ६ सय ७० अमेरिकी डलर लगानी भएको थियो । स्लोभाकियाले २० प्रतिशत आयकर प्रतिव्यक्ति ६ सय ७० डलर विदेशी लगानी (एक दशकअघि नै) भिœयाउन सक्दछ भने निःशुल्क पारवहन र लगानीमा कुनै किसिमको शर्त नरहने अवस्थामा नेपालजस्तो देशले आप्mनो प्रगतिका निम्ति यस्तो नीति अवलम्बन किन गर्न सक्दैन ? स्लोभाकियाले आप्mनो प्रगतिको निम्ति यस्तो नीति लागू गर्न सक्दछ भने नेपालले पनि वैदेशिक लगानी भिœयाउन यस्तो नीति लागू गर्न नसक्नुको कुनै कारण छैन । 

नेपाल सरकारले विदेशी लगानीकर्तालाई पा“च वर्षसम्मको आयकर छुट दिने तयारी गर्न लागेको छ । यसलाई एउटा सकारात्मक पाइलाको रूपमा लिन सकिन्छ । राजधानीमा भएको लगानी सम्मेलनले नेपालमा वैदेशिक लगानी भिœयाउनमा सहयोगी सावित हुने विश्वास गर्न सकिन्छ । नेपालमा जलस्रोत, कृषि, पर्यटन, जडिबुटीलगायत कतिपय यस्ता क्षेत्र छन् जहा“ वैदेशिक लगानीलाई भिœयाएर नेपाललाई पनि सिंगापुर तथा मलेसियाजस्तो विकसित राष्ट्रको पंक्तिमा उभ्याउन सकिन्छ । 

वैदेशिक लगानी भिœयाउन लागानीको वातावरण महŒवपूर्ण हुन्छ जो माथि चर्चा गरियो । अनुकूल वातावरण छ र राज्यको नीतिका कारणले लागनी जोखिममा पर्दैन भन्नो विश्वास भएपछि मात्रै लगानी आउँछ । नेपालले लगानीको वातावरणको कुरा त धेरै गरेको छ तर सोही अनुसार विश्वास सिर्जना गर्न सकेको छैन । वर्तमान सरकारले विश्वासको वातावरण बनाउन सक्यो भने लगानी आउन सक्छ । 


Views: 0