17th July | 2018 | Tuesday | 1:38:06 PM

भौतिकवाद–अध्यात्मवाद

राजेशमान केसी   POSTED ON : Saturday, 07 July, 2018 (2:07:14 PM)

भौतिकवाद–अध्यात्मवाद

प्रत्येक व्यक्तिले आप्mनो जीवनमा सुख, शान्ति र समृद्धिको आकांक्षा राखेको हुन्छ । हरेक व्यक्तिले आप्mनो जीवनमा यस्तो आकांक्षा राख्नु स्वाभाविक पनि हो तर केवल आकांक्षा राख्दैमा सबै पूरा हुन सक्दैनन् । यसका लागि अथक प्रयास गर्नुपर्छ, पुरुषार्थ गर्नुपर्छ । 

अब प्रश्न उठ्छ उसो भए जीवनमा सुख, शान्ति र समृद्धि कसरी प्राप्त गर्न सकिन्छ त ? कस्तो किसिमको प्रयास अथवा पुरुषार्थबाट यी कुरा प्राप्त गर्न सकिन्छ ? जीवनमा कुन मार्ग अवलम्बन गर्नाले यी कुरा प्राप्त गर्न सकिन्छ । यस सन्दर्भमा विशेष गरी दुई प्रकारका विचार धारा अथवा दृष्टिकोण बहसमा आउने गरेका छन् । ती हुुन् भौतिकवाद र अध्यात्मवाद । 

यी दुवैलाई संक्षिप्तरूपमा परिभाषित गर्नुपर्दा जुन व्यक्तिले आपूmलाई अविनाशी आत्मा ठान्छ ऊ अध्यात्मवादी हो र जसले आपूmलाई भौतिक देह अथवा शरीर ठान्छ ऊ भौतिकवादी हो । यद्यपि यी दुवैबीच बेलाबखत बहस वा छलफल हुँदा एकले अर्कोलाई गलत वा निरर्थक ठान्ने र आप्mनो पक्षलाई मात्र सही ठान्ने प्रवृत्ति रहेको पाइन्छ । तर, यथार्थ के हो भने यी दुवै एक÷अर्काका सहयोगी हुन्, परिपूरक हुन् । जसरी शरीर र आत्माबीच अविच्छिन्न सम्बन्ध रहेको हुन्छ त्यसैगरी अध्यात्मवाद र भौतिकवादबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । 

निःसन्देह हामी आत्मा र शरीर दुवै हौँ । जबसम्म हामी जीवित रहन्छौँ आत्मा र शरीरको समायोजन गरेर नै हामी आपूmलाई जीवात्मा भनेर सम्बोधन गर्दछौँ । जस्तो भनौँ कुनै व्यक्तिको मृत्यु हुँदा हामी त्यो व्यक्तिले शरीर छाड्यो भन्ने गर्दछौँ । जबकि उसको त्यो भौतिक शरीर हाम्रै अगाडि लडिरहेको हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने त्यहाँ दुई प्रमुख तŒव अन्तर्निहित हुन्छन् । एउटा आत्मा र अर्को शरीर । मानिसको मृत्युपछि आआप्mनो प्रचलित धर्म संस्कारअनुसार उसको त्यो पार्थिव शरीरको अन्त्येष्टि गरिन्छ । 

तर, उसको सूक्ष्म आत्मालाई भने अविनाशी तŒवका रूपमा चीर स्मरण गरिन्छ । यस दृष्टिकोणबाट हेर्दा हामीले शरीर र आत्मा दुवैलाई समानरूपमा सम्मान र महŒव दिनुपर्ने हुन्छ । मानव शरीर पाँच भौतिक तŒवबाट निर्माण भएको हुन्छ । जसलाई हामी पञ्चतŒव भन्ने गर्छौं । जसमा पृथ्वी, जल, अग्नि, वायु र आकाश पर्छन् । यी पाँचै तŒवसँग हाम्रो भौतिक तŒवको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । त्यसैले अन्ततः मानिसको मृत्युपछि उसको भौतिक शरीर यिनै पाँच तŒवसँगै विलीन वा समाहित हुन पुग्छ । तर, मृतकको सूक्ष्म आत्मालाई भने अविनाशी तŒवका रूपमा लिइन्छ । यसरी मानव शरीर र आत्माबीच अविच्छिन्न सम्बन्ध रहेको हामी पाउँछौँ ।

अब प्रथमतः भौतिकवादकै सन्दर्भमा चर्चा गरौँ । हामी सबै किसिमका सामाजिक, धार्मिक अथवा आध्यात्मिक क्रियाकलाप भौतिक शरीरकै माध्यमबाट सम्पन्न गर्छौं । त्यसैले हामीले आप्mनो शरीरको पनि उचित ख्याल राख्दै यसलाई स्वस्थ र तन्दुरुस्त अवस्थामा राख्नुपर्ने हुन्छ । यसका लागि हामीले योग, ध्यान व्यायामलगायत विभिन्न प्रकारका पौष्टिक तŒवयुक्त खाद्य पदार्थ नियमितरूपमा सेवन गर्नुपर्ने हुन्छ । किनकि शरीर अस्वस्थ अथवा कुनै प्रकारको रोगबाट ग्रसित हुन पुगेमा कुनै पनि व्यक्ति सामाजिक, धार्मिक अथवा आध्यात्मिक क्रियाकलाप एकाग्र भएर गर्न सक्तैन । कारण ऊ आप्mनो शारीरिक रोग वा पीडाबाट नै बेचैन भइरहेको हुन्छ । 

तसर्थ ती अध्यात्मवादीहरू जसले ‘ब्रहृम सत्यम् जगत मिथ्या’ अर्थात् केवल ईश्वर सत्य हो बाँकी सबै संसार भूटो हो भन्छन्, त्यो सही होइन । वास्तवमा कुनै पनि व्यक्तिले यस भौतिक जगतको सहयोगबिना आपूmलाई आध्यात्मिक मार्गमा अगाडि बढाउन सक्तैन । जब हाम्रो मन र तन स्वस्थ हुन्छ तब नै हामी आप्mनो सामाजिक आध्यात्मिक कार्य एकाग्र भएर सम्पन्न गर्न सक्छौँ ।

त्यसैगरी अध्यात्मवादको उपेक्षा वा बेवास्ता गरी भौतिकवादको मात्रपछि लाग्नाले पनि जीवनमा वास्तविक सुख शान्ति प्राप्त गर्न सकिँदैन । हुन त कतिपय भौतिकवादी व्यक्तिले जीवनमा जति भौतिक प्रगति गर्न सकिन्छ त्यति जीवनलाई सुखी र सहज बनाउन सकिन्छ भन्ने धारणा राखेको पनि पाइन्छ । तर, यो धारणा यथार्थसँग मेल खाँदैन । के साँच्चै भौतिक विलाशिताको मात्र पछि लाग्ने व्यक्ति वा मुलुकले आज वास्तविक खुशी प्राप्त गर्न सकेको छ त ? शान्तिको अनुभूत गर्न सकेको छ त ? पक्कै छैन । बरु यस्तो भौतिक प्रगति उत्कर्षमा पुगेका मुलुकहरूमा अहिले नैतिक र सामाजिक मूल्य मान्यताको क्रमिकरूपमा ह्रास हुँदै गइरहेको छ । 

युरोप अमेरिकाजस्ता विकसित मानिएका मुलुकमा समेत अहिले मानसिक रोगीको संख्या बढिरहेको छ र सोहीअनुरूप त्यहाँ आत्महत्याको दरमा वृद्धि भइरहेको छ । भनिन्छ अमेरिकामा मात्र प्रतिहजार एक जनाले आत्महत्या गर्ने गर्छन् । त्यहाँका अस्पतालमा करिब ५० प्रतिशत शैया मानसिक रोगीहरूकै लागि छुट्याइएको हुन्छ । न्युयोर्क शहरमा मात्र झण्डै १६ करोड मानिसहले खुलारूपमा आप्mनो साथमा स्वचालित बन्दुक राख्ने गरेका छन् । त्यसैले त्यहाँ आपराधिक गतिविधि पनि उल्लेख्य मात्रामा वृद्धि भइरहेका छन् । त्यहाँ हरेक १० मिनेटमा कुनै न कुनै आपराधिक घटना हुने गरेका छन् । 

७० प्रतिशत अमेरिकी युवा कुनै न कुनै प्रकारबाट लागूऔषधको दुव्र्यसनमा फसेका छन् । अमेरिकाको औसत वैवाहिक जीवन अवधि भनेको ४ वर्षको मात्र हुन्छ । अर्थात् त्यहाँ सम्बन्ध विच्छेद र पुनर्विवाहजस्ता घटना सामान्यरूपमा हुने गरेका छन् । जसले गर्दा पारिवारिक र सामाजिक मूल्य मान्यताका संरचना टुट्दै र भत्किंँदै गइरहेका छन् । वास्तवमा बढ्दो भौतिकवादी प्रवृत्ति र विलासीतापूर्ण जीवन पद्धतिकै कारण त्यहाँ यस किसिमका सामाजिक विसंगति बढिरहेका छन् । यसबाट यही स्पष्ट हुन्छ कि भौतिक उपलब्धिको मात्र पछि लागेर जीवनमा वास्तविक सुख शान्ति प्राप्त गर्न सकिन्न । 

बरु अनेक प्रकारका लोभ, लालच र आकांक्षाले गर्दा काम, क्रोध, लोभ, मोह र अहंकारजस्ता दुर्गुणले मानव मनलाई गाँजिरहेको हुन्छ, अस्थिर बनाइरहेको हुन्छ । के हामीमा यदि आध्यात्मिक ज्ञान र चेतनाको विकास भइदिएको भए समाजमा यस किसिमका विकृति र विसंगति फैलने मौका पाउने थिए त ? अवश्य पनि थिएनन् । वास्तवमा अध्यात्मवादको अभाव अथवा यसको क्षयबाट हाम्रो मन मस्तिष्कलाई यति प्रदूषित तुल्याइदिएको छ कि यसबाट हाम्रो भौतिक उपलब्धि नै मानव समुदायको दुःखको मूल कारण बन्न पुगेको छ । त्यसैले आज विज्ञान र प्रविधिको विकासबाट मानिसले हासिल गरेका भौतिक उपलब्धिलाई सही रूपमा उपयोग गरी मानव समुदायलाई पतनोन्मुख मार्गबाट जोगाउन पनि आध्यात्मिक ज्ञान र चेतनाको विकास हुनु अति नै आवश्यक र जरुरी भइसकेको छ । 

निश्चय पनि अध्यात्मवादका नाममा हामीले भौतिकवादलाई अवमूल्यन गर्न मिल्दैन । आज सूचना प्रविधिमा भएको चामत्कारिक उपलब्धिले घरको एउटा सानो कोठामा बसेर विश्वको कुनै पनि मुलुकमा रहेका व्यक्ति अथवा आफन्तसँग प्रत्यक्ष कुराकानी गर्न अथवा सन्देश आदानप्रदान गर्न सफल भएका छौँ । केही दशक अघिसम्म मात्र एक ठाउँको चिठी अर्को ठाउँमा पुग्न हप्तौँ र महिनौँ लाग्ने गथ्र्यो । तर, अब मोबाइल, टेलिफोन, इन्टरनेट सेवा र भिडियो कनफेरेन्सको आविष्कार भएपछि सूचना तथा सञ्चार प्रविधि अत्यन्त सहज र सुलभ हुन पुगेको छ । यति हुँदाहुँदै पनि हाम्रो मन मस्तिष्क ईष्र्या, डाहा, घृणा, क्रोध र अहंकारजस्ता मनोविकृृतिबाट ग्रसित हुन पुगेको छ । भौतिक प्रगतिबाट प्राप्त उपलब्धिसमेत मानव समुदायका लागि दुःखको मूल कारण हुन पुगेको छ, असन्तुष्टिका कारण बन्नेको छ ।

यसरी आज एकातिर विज्ञान प्रविधिको विकासबाट मानिसको दैनिक जीवनयापन सहज र सुविधाजनक बन्दै गइरहेको छ भने अर्कातर्फ मानवीय मूल्य र मान्यता भने क्रमिकरूपमा ह्रास हुँदै गइरहेका छन् । यसबाट के स्पष्ट हुन्छ भने हामीले भौतिक उपलब्धि र आध्यात्मिक उन्नयनलाई सामाञ्जस्य गरेर अघि बढ्न सकिरहेका छैनौँ । निश्चय पनि भौतिक विकास हुनु मानव समुदायका लागि खुशीको कुरा हो, सौभाग्यको कुरा हो । तर, भौतिक स्रोत र साधनलाई सही ढंगबाट उपयोग गर्न नसक्नु र आध्यात्मिक साधना नगरी केवल भौतिक विलाशिताको पछि लाग्ने प्रवृत्तिले गर्दा मानिसले आप्mनो मानवीय मूल्य र मान्यता गुमाइरहेको छ । तसर्थ मानव हृदयमा अन्तरनिहित सद्गुणहरूलाई आध्यात्मिक ज्ञान र साधनाको माध्यमबाट पुनः प्राप्त गरी मानव जीवनलाई सुखी, शान्त र सारपूर्ण बनाउन, जरुरी छ । यसका लागि प्रमुख आवश्यकता भनेको भौतिकवाद र अध्यात्मवादबीच समन्वय र सन्तुलन कायम राख्नु हो । 

समग्रमा भन्नुपर्दा मानव जीवन सही, सफल र व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि अध्यात्मवाद र भौतिकवादबीच उचित समन्वय र सामञ्जस्य हुनु आवश्यक छ । अर्थात् अध्यात्मवाद र भौतिकवाद दुवै मानव जीवनका परम लक्ष्य प्राप्तिका लागि आवश्यक मात्र होइन अपरिहार्य नै छन् ।