23rd July | 2018 | Monday | 6:20:11 AM

अन्तर्राष्ट्रिय विमानस्थलको चहलपहल

कृष्णप्रसाद सिग्देल   POSTED ON : Friday, 13 July, 2018 (2:37:21 PM)

अन्तर्राष्ट्रिय विमानस्थलको चहलपहल

गौतम बुद्ध विमानस्थल राजधानी काठमाडौंबाट २९० किमी टाढा सिदार्थनगरमा रहेको छ । नेपालको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा धेरै पहिलेदेखि भइरहेको भए पनि चहलपहल भने भर्खरै सुरु भएको छ । यो बुद्धको जन्मस्थल बुद्ध जन्मस्थल लुम्बिनीबाट सबैभन्दा नजिकको विमानस्थल हो । विश्वका एक अर्बभन्दा बढी बौद्ध धर्मावलम्बीको आस्था र विश्वासका प्रतिमूर्ति गौतम बुद्धको जन्म थलो रहेकाले नेपालको महŒव संसारभर छ । शान्तिका अग्रदूत, बौद्ध धर्मका प्रणेता गौतम बुद्धको यही जन्मथलो पछिल्लो २५ सय ५८ वर्षदेखि अर्थात् इशापूर्व ६२४ देखि आजसम्म विश्व शान्तिको मूहानको रूपमा परिचित छ । त्यसैले विचार, दर्शन, इतिहास, पुरातŒव, आध्यात्म र ज्ञान सबैका लागि पवित्र तीर्थस्थल र आस्थाको धरोहर बनेको छ लुम्बिनी । 

लुम्बिनीले समग्रमा रूपन्देही, कपिलवस्तु र नवलपरासी गरी तीनवटा जिल्लालाई समेटेको छ । बुद्ध महिमा, बौद्ध दर्शन, बुद्धवाद र विश्व शान्तिको अभियानमा लुम्बिनीमा सन् १९८६ नोभेम्बर १ तारिखमा प्रज्ज्वलन गरिएको अखण्ड शान्तिदीपको आफ्नै महिमा छ । आजभन्दा झण्डै २८ वर्षअघि प्राणप्रतिष्ठा गरिएको त्यो शान्तिदीप लुम्बिनीको महŒवपूर्ण आकर्षणमात्र होइन विश्व शान्ति, विश्व बन्धुŒव र विश्व भाइचाराको प्रतिविम्ब पनि हो ।

सन् १९८० को दशकमा जापानी प्राध्यापक केन्जो टांगेले तयार पारेको लुम्बिनी विकास गुरुयोजनामा त्यहाँ रहेको करिब तीन वर्गमाइल क्षेत्रफलमा फैलिएको संरक्षित क्षेत्रको समेत परिकल्पना गरिएको छ । हालको गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरेर गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्न लागिएको छ । यसले समग्रमा नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा झनै बढ्ने देखिन्छ । विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि यहाँ आउने पर्यटकको संख्यामा उल्लेख्य सुधार आउँने आशा लिइएको छ । विमानस्थल निर्माणका लागि कार्यान्वयन गरिएको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाले पर्यटन प्रवद्र्धनका लागि भावी रणनीति तथा कार्यक्रम तर्जुमा गरेको छ । विमानस्थलको लहरसँगै यहाँकोे वरपरका क्षेत्रलाई पनि पर्यटन प्रवद्र्धनसँगै जोड्ने सरकारको योजना छ । 

लुम्बिनी क्षेत्रका प्राकृतिक सम्पदाहरू र धार्मिक स्थलहरूको प्रचारप्रसार र उचित व्यवस्थापन गर्न सकिएको खण्डमा विश्व सम्पदा, लुम्बिनीले पर्यटनको विकासको अथाह सम्भावना बोकेको देखिन्छ । भगवान गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोट उनले बुद्धत्व प्राप्ति गरेपछि उनलाई भेट्न बाबु शुद्धोधनले बनाएको विहार रहेको कुदान, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, क्रकुच्छन्द, बुद्धको जन्मस्थल गोटिहवा, बुद्धको अस्थी धातु रहेको रामग्राम स्तूपा, मावली देवदह, हजारौं संख्यामा शाक्यहरूको हत्या गरिएको स्थान सागरहवा नै लुम्बिनी क्षेत्रका प्रमुख स्थल मानिन्छन् । हरेक बौद्धमार्गीहरू ती सबै स्थानमा पुग्न चाहन्छन् तर त्यहाँको पूर्वाधार अभावका कारण ती सबै स्थानमा सजिलै पुग्न सकिँदैन । तसर्थ ती सबै बुद्धस्थललाई समेटेर आन्तरिक सर्किट बनाउन सके बृहत्तर लुम्बिनी विकासको सपना साकार हुने देखिन्छ ।

बौद्ध धर्म विश्वको चौथो ठूलो धर्म मानिन्छ । विश्वमा बौद्ध धर्मावलम्बीको संख्या डेढ अर्बभन्दा बढी छ र बौद्धमार्गीको पवित्रस्थल लुम्बिनी नै हो । लुम्बिनीको मायादेवी मन्दिरमात्र नभई त्यस वरपर बुद्ध र उनको जीवनसँग सम्बन्धित १६० भन्दा बढी धार्मिक, पुराताŒिवक, ऐतिहासिक र सांस्कृतिक स्थलहरू रहेका छन् । रूपन्देही, कपिलवस्तु र नवलपरासीको बृहत्तर क्षेत्रमा छरिएर रहेका ती सबै सम्पदा र स्थलहरूलाई समेटेर बृहत्तर विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । संसारमा नेपाल भनेर चिनिने मुख्य सम्पदा पनि लुम्बिनी र सगरमाथा नै रहेका छन् । बुद्धको जन्मथलो लुम्बिनी, उनले ज्ञान प्राप्त गरेको बोधगया, पहिलोपटक शिष्य जम्मा गरेर ज्ञान बाँडेको सारनाथ र महापरिनिर्माण प्राप्त गरेको कुशीनगरलाई बौद्ध धर्मावलम्बीहरूले पवित्र मान्ने गरेका छन् । जीवनमा एकपटक मात्र भए पनि ती स्थलहरूमा पुग्न र तिनको भ्रमण गर्न उनीहरू चाहन्छन् । 

सरकारले भर्खरै बनाएको पर्यटनसम्बन्धी १० वर्षे रणनीति तथा योजना (सन् २०१६–२०२५) मा यसलाई बुद्धिष्ट सर्किट बनाउने कुरा उल्लेख गरिएको छ । हालसम्म लुम्बिनीमा लाखौं पर्यटकले भ्रमण गरिसकेका छन् । लुम्बिनीलाई केन्द्र मानी बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पूरा हुनुअगाडि नै लुम्बिनीको समग्र प्रचार, प्रसारको सबै क्षेत्रबाट समन्वयात्मक रूपमा कार्य गरिनु जरुरी छ । देशको सामाजिक, धार्मिक र आर्थिक रूपान्तरणको एक नमुना हुनसक्ने लुम्बिनीको विकासतर्फ समन्वयात्मक रूपमा अघि बढ्न जरुरी छ । विश्व सम्पदा सूचीकृत, लुम्बिनी क्षेत्रको उचित संरक्षणका साथै प्रचारप्रसार गर्नेतर्फ सबै पक्षबाट सहकार्य भएमा अतिथि देवो भवः को महान आदर्श साकार हुनेछ र भगवान गौतम बुद्धको पवित्र जन्मस्थल, लुम्बिनी क्षेत्र विश्व मानचित्रमा परिचित रहिरहनेछ । 

वास्तवमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने नेपालका केही महŒवपूर्ण सम्पदाहरू छन् जसमा यो लुम्बिनी क्षेत्र एउटा ऐतिहासिक तथा धार्मिक क्षेत्रका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । यो पवित्र पुराताŒिवकस्थलको संरक्षण हुनु अत्यन्त जरुरी छ । यो हामी नेपालीको अस्मितासँग जोडिएको स्थल हो ।