10th April | 2020 | Friday | 2:38:18 PM

रामायण र बुद्ध सर्किट

श्रीमननारायण   POSTED ON : श्रावण ११, २०७५ (११:३५ AM)

रामायण र बुद्ध सर्किट

नेपाल र भारतबीच परम्परागत र बहुआयामिक सम्बन्ध रहिआएको छ । दुई देशबीचको परस्पर सम्बन्धलाई सुदृढ एवं प्रगाढ बनाउनमा सामाजिक एवं साँस्कृतिक सम्बन्धको उच्च महŒव रहेको छ । दुई देशबीचको सामाजिक एवं सांस्कृतिक सम्बन्धलाई अद्वितीय एवं अटुट पनि रहिआएको छ । संविधानतः नेपाल र भारत धर्मनिरपेक्ष देश नै हुन् तर यी दुवै देशका जीवन पद्धतिमा हिन्दु धर्म संस्कृतिको गहिरो एवं व्यापक प्रभाव छ । दुवै देशका बहुसंख्यक जनता सनातन धर्ममाथि नै विश्वास राख्दछन् । दुई देशबीचको सम्बन्ध राजनीति र कूटनीतिको सीमामा मात्रै रहँदैन । 

केही वर्ष यतादेखि नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बढी प्रगाढ, व्यावहारिक एवं पर्यटकीय दृष्टिकोणले पनि महŒवपूर्ण बनाउन हिन्दु, बौद्ध, जैन एवं शिख धर्मसित जोडिएका महŒवपूर्ण तीर्थस्थलहरूलाई बढी महŒव दिई आकर्षणको केन्द्र बनाउने प्रयासहरू थालिएका छन् । नेपाल र भारतले संयुक्तरूपमा रामायण तथा बुद्ध सर्किटको निर्माण गरी यसको पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ धार्मिक पर्यटनलाई मुख्य प्राथमिकतामा राखेका छन् । 

गत महिना दुवै देशबीच गठित संयुक्त कार्यदलको बैठकपपछि दुई देशबीच पर्यटन प्रवद्र्धन सम्बन्धी विभिन्न १४ बुँदामा हस्ताक्षरसमेत भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वैशाखको अन्त्यतिर गरेको नेपाल भ्रमणका क्रममा रामायण सर्किटको महŒवबारे प्रकाश पार्नुभएको थियो । नेपालका प्रधानमन्त्री केपी ओली र उहाँका भारतीय सममकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा रामायण सर्किटको बस सेवा सञ्चालनको समेत शुभारम्भ गर्नु भएको थियो । रामायणकालीन धार्मिक स्थललाई जोड्ने सडक अवधारणालाई रामायण परिपथको नाम दिइएको छ । त्यसमा भारतले आफ्ना १५ धार्मिक स्थललाई जोड्न तयार पारेको रामायण सर्किटमा नेपालको जनकपुर पनि समेटिएको छ । 

रामायण सर्किटमा त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थलहरूलाई एउटै मार्गले जोडिनेछ । त्यसमा नेपालको जनकपुर, भारतको अयोध्या, चित्रकुट, शृंवेरपुर, सीतामढी, बक्सर, दरभंगा, चित्रकुट, नन्दीग्राम, महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, हम्पी, नासिक, नागपुर र रामेश्वरम रहेका छन् । सो परिपथमा सीताको माइती जनकपुरधामलाई समेत जोडिएकाले नेपालको निम्ति पनि यो महŒवपूर्ण हुन पुगेको छ । यसले जनकपुरको पर्यटन प्रवद्र्धनमा महŒवपूर्ण भूमिकाको निर्वाह गर्न सक्छ । हाल श्रीलंकालाई यस सर्किटमा नजोडिए पनि निकट भविष्यमै यसलाई पनि रामायण सर्किटमा जोडिनेछ ।

त्यसैगरी बुद्ध धर्म, संस्कृति नेपाल एवं भारतको निम्ति अमूल्य धरोहर हो । गौतम बुद्धको जन्मभूमि नेपाल तथा ज्ञानप्राप्तिभूिम भारत रहेको छ । उनले निर्वाण प्राप्ति पनि भारतमै गरे । उनको जन्मभूमि नेपाल भएको कारण विश्वमै बुद्धको देश भनेर नेपाललाई चिनिन्छ । नेपाल एवं भारतले यस धरोहरलाई सुरक्षित राख्न सक्नु पर्छ । यसको संरक्षण, सम्बद्र्धन एवं विकासबाट पर्यटन क्षेत्रको विकासमा ठूलो उपलब्धि हासिल हुन सक्छ । बुद्ध सर्किटको प्रस्तावको हामीले स्वागत एवं समर्थन गर्नु पर्छ । 

दुवै देश मिलेर निर्माण गर्न लागेको बुद्ध सर्किटमा नेपालतर्फ लुम्बिनीलाई केन्द्रमा राखेर तिलौराकोट, रामग्राम, गोटीहवा, निग्लिहवा, नमोबुद्ध, हलेसी, बौद्धनाथ, स्वयम्भू आदि क्षेत्र समावेश हुनेछन् । भारतले बोधगयालाई केन्द्रमा राखेर सारनाथ, कुसीनगर, श्रावस्ती लगायतका स्थानलाई जोडेर सात सय किलोमिटरको क्षेत्रमा बुद्ध सर्किट सञ्चालन गरिरहेको छ । दुई देशको सहमतिपछि दुवै देशको सर्किट एक आपसमा जोडिनेछ । गौतम बुद्धका सम्पूर्ण अवशेषहरू, उनका पदचिहृनहरू, उनका भिक्षुद्वारा निर्मित स्तुपहरू, अजन्ता, एलोरा जस्ता अवर्णनीय शिल्प यहीँ छन् तर पनि नेपाल र भारतमा बौद्ध धर्मको विस्तार जति सम्भावना थियो त्यति हुन सकेन । 

यहाँ बौद्ध धर्मावलम्बीहरूको संख्या साह«ै कम छ । कतिपयले धर्म परिवर्तनसमेत गरिसकेका छन् । बुद्धको जन्मभूमि, कर्मभूमि एवं निर्वाणभूमिसँग सम्बन्धित ऐतिहासिक तथा पुराताŒिवक महŒवका वस्तुहरू पूरै विश्वको निम्ति आकर्षणका सामग्री तथा केन्द्र सावित हुन सक्दछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस दिशामा चालेका कदम र गरेको प्रयासको प्रशंसा हुनु पर्छ ।

पर्यटन क्षेत्रको सूचना, भौतिक पूर्वाधारको विकास तथा सडक विस्तारमा सहकार्य गर्दै दुवै देशका धेरै नागरिकको आस्थासँग जोडिएको क्षेत्रमा पर्यटनसँग सम्बन्धित कार्यक्रम गतिविधि अगाडि बढाउन लागिएको हो । दुई देशबीच भएका १४ बुँदे सहमतिमा पनि उपर्युक्त विषयहरूलाई नै समावेश गरिएको छ । सहमतिमा पर्यटन प्रवद्र्धनका लागि दीर्घकालीन लक्ष्यका साथ योजनावद्ध तवरले अगाडि बढ्ने कुरा उल्लेख गरिएको छ ।

नेपाल सरकारको मागअनुसार भारतीय पक्षले भारतका सरकारी कर्मचारीलाई उपलब्ध गराउने विशेष सुविधामा नेपालका पर्यटकीय क्षेत्रको भ्रमणलाई भ्रमण प्याकेजमा राख्ने सहमति भएको छ । त्यसैगरी नेपाल आउने भारतीय सवारी साधनले प्राप्त गर्ने सुविधासरह भारततर्फ जाने नेपाली सवारी साधनले पनि सहज रूपमा अनुमति प्राप्त गर्ने विषयमा पनि सहमति भएको छ । नेपालको यो पुरानो माग हो । दुई देशबीच विभिन्न नाका जोड्ने सडक तथा पुलको निर्माण कार्यमा शीघ्रता ल्याउने, दुई देशका निजी क्षेत्रले संयुक्त रूपमा रामायण सर्किट, बुद्धिष्ट सर्किट, साहसिक पर्यटनको प्रवद्र्धन र बजारीकरण गर्ने निर्णय पनि भएको छ ।

नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रबद्र्धनका लागि जनकपुरमा मिथिला सङ्ग्रहालय स्थापना गर्नमा भारतले सहयोग गर्ने भएको छ । यस्तै नेपालको पर्यटन प्रवद्र्धनका लागि भारतीय पक्षले प्राविधिक सहायता उपलब्ध गराउने विषयमा पनि सकारात्मक छलफल भएको छ । नेपालको मागअनुसार भारतीय हिमाल आरोहण गर्ने नेपाली नागरिकलाई सहजरूपमा आरोहण प्रमाणपत्र उपलब्ध हुनेछ । 

नेपालमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने कार्य अघि बढिरहेको सन्दर्भमा दुई देशबीच गुणस्तरीय पर्यटन जनशक्ति विकासका लागि शैक्षिक कार्यक्रम एवं विद्यार्थीका लागि प्रयोगात्मक कक्षाका लागि आपसी सहयोग आदानप्रदान गर्ने निर्णयसमेत भएको छ । दुई देशबीचको पर्यटनको सम्भाव्यता प्रवद्र्धन र बजारीकरणमा सहकार्यका विभिन्न काम अगाडि बढाउन दुवै देशका निजी क्षेत्रको सहभागितामा ‘इण्डो नेपाल टुरिजम फोरम’ गठन गरिने भएको छ । बैठकमा नेपाल पक्षले बुद्ध दर्शनसँग सम्बन्धित प्रबद्र्धनात्मक कार्यद्वारा सुनौली, बेलहिया स्थित नेपाल भारतका सीमामा संयुक्तरूपमा संरचना निर्माण गर्ने प्रस्तावसमेत राखेको थियो । 

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको अवस्थामा नेपालको प्रमुख पर्यटन स्रोत बजारका रूपमा रहेको भारतसँग भएको उक्त सहमतिले सरकारी तथा निजीस्तरमा पर्यटन प्रबद्र्धन गरी गुणस्तरीय पर्यटन आगमनमा योगदान पुग्ने अपेक्षा नेपालको रहेको छ । बैठकमा लुम्बिनी र भारतका विभिन्न सहरबीच हवाई सम्पर्क विस्तार गर्ने विषयमा समेत छलफल हुनुलाई पनि सकारात्मक रूपमा नै लिनु पर्छ । नेपाल र भारतबीचको सुमधुर सम्बन्धबाट यस क्षेत्रको पर्यटन विकासमा ठूलो सहयोग मिल्नेछ ।

नेपालभारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तŒवहरू छन्, जसमध्ये सांस्कृतिक समानतालाई प्रमुख तŒवका रूपमा लिन सकिन्छ । यी दुई देशले सरकारको सञ्चालन आआप्mनै तरिका र परिस्थितिहरूको बाध्यतात्मक अवस्थाबाट गरिरहेका हुन्छन् तर यी दुई देशबीच सांस्कृतिक समानताका कारण जनस्तरमा स्थापित सम्बन्ध र बन्धुत्व कहिल्यै कमजोर भएन । नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध यति प्रगाढ एवं अद्वितीय छ कि यससँग विश्वका अन्य कुनै पनि दुई देशबीचको सम्बन्ध तुलना हुन सक्दैन । यी दुई देशबीचको सांस्कृतिक सम्बन्ध शाताब्दियौँ पुरानो हो । नेपाल र भारत एक अर्कासित आध्यात्मिक, धार्मिक एवं सांस्कृतिक रूपमा अनन्य भावले जोडिएका छन् ।

नेपाल एवं भारतबीचको सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिभित्र बाँध्न सक्दैनौँ किनभने वैदिक ज्ञानको दृष्टिले हामीले आँखा खोलेदेखि नै नेपाल भारत सांस्कृतिक सम्बन्धको अस्तित्वलाई हामीले आपूmसँगै सुन्दै र बुझ्दै आएका छौँ । धर्म, अध्यात्म र संस्कृतिको एकताले भारतलाई नेपालसित आन्तरिक रूपमा यसरी बाँधिदिएको छ कि दुवै देश भौगोलिक रूपमा पृथक भएर पनि भावनात्मक रूपमा अभिन्न छन् । नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ जति प्राचीन उसको सांस्कृतिक चेतना छ । नेपाल, भारत दुवै देश एउटै सांस्कृतिक चेतनाका साझेदार संवाहक हुन् । हिमालय हामी दुवैको निम्ति आत्मसाधनाको स्थल रहिआएको छ । 

अज्ञात समयदेखि नै हिमालयका महान् शिखरहरूले हामी दुवैलाई आध्यात्मिक शक्ति प्रदान गर्दैआएको छ । यो रामायण र बुद्ध सर्किटको अवधारणा तथा निर्माणले हाम्रो सांस्कृतिक सम्बन्धलाई अझै प्रगाढ बनाउनको साथै हाम्रो पर्यटनको विकास प्रबद्र्धनमा समेत सोचे अनुसारको सहयोग प्राप्त हुने अपेक्षा गर्न सकिन्छ ।


Views: 137

सम्बन्धित सामग्री:

साइनोको पीडा

राजेश अधिकारी : चैत्र २७, २०७६ (२:०० PM)

सरकार मानवता खै ?

सन्दिप लुईटेल : चैत्र २३, २०७६ (३:३३ PM)