21st February | 2020 | Friday | 1:00:54 PM

सुन्दरीजलको प्रवेश शिवपुरीको निकास

जसध्वज गुरुङ   POSTED ON : श्रावण १२, २०७५ (१:४६ PM)

सुन्दरीजलको प्रवेश शिवपुरीको निकास

२०७३ पुस १ गते पहिलो शुक्रबार पुरानो बसपार्क पुग्यौं । बिहानको ७.१५ बजे सार्वजनिक बस चढ्यौं । सुन्दरीजलका लागि पर्यटनबोर्ड, पुतलीसडक, ज्ञानेश्वर, गौशाला, बौद्ध, जोरपाटी हुँदै अगाडि बढ्यौं । मंसिरको पहिलो शुक्रबार लाँकुरी भञ्ज्याङ जानेक्रममा स्रष्टा पदयात्री आपसमा परिचय भइसकेको थियो ।

स्रष्टा पदयात्राको नामले चिनिने यो समूहमा साहित्यिक क्षेत्रलाई माया गर्ने नयाँ पुराना स्रष्टाहरूकै जमात रहेको थियो । उपत्यकामा हुने विभिन्न साहित्यिक कार्यक्रमा सहभागिता जनाउने तथा साहित्यिक संस्थाहरूमा आबद्ध व्यक्तिहरूबीच भएको भेटघाट तथा छलफल र सल्लाहले जन्माएको संस्था हो यो । स्रष्टाहरूको स्वस्थ शारीरिक तन्दुरुस्ती, मानसिक रूपमा स्वच्छ पवित्र भावना तथा मस्तिष्कले मात्र नयाँ ऊर्जा दिन सक्ने मान्यता अनुरूप सर्वस्वीकार्य स्रष्टा पदयात्राले महŒवपूर्ण निर्णय लिन पुगेको थियो । हाललाई काठमाडौं उपत्यकास्थित ऐतिहासिक पुराताŒिवक महŒवका धार्मिक सांस्कृतिक धरोहर, पर्यटकीय क्षेत्र, सामाजिक महŒवका स्थानहरू जहाँ एकैदिनमा घुमेर बेलुका घरमा बास बस्न पुगियोस् भन्ने मूल उद्देश्य रहेको तत्कालीक कार्यक्रम हो यो भनेर चिन्दा पनि हुन्छ यसलाई ।

स्रष्टाहरू शीतलजीका फेसबुक म्यासेजको आधारमा गन्तव्य समातेका थियौं हामीले । राजधानीको सडक जाम, यात्रुको खचाखच अनि थोत्रो बसको हुइँक्याई । अव्यवस्थित शहर मापदण्ड मिचेर बनाइएका बिल्डिङहरू । उकुसमुकुसमा कहाँ पुगियो भनेर पनि थाहा हुँदैन । गोकर्णेश्वर महादेवको साइनबोर्ड देखियो । भक्तजनको दर्शनभेटबाट अलग्गै थिए गोकर्णेश्वर । घल्ट्याक घुल्टुक गर्दै बस बढ्दै गर्दा दायाँपट्टि बीपी संग्रहालय लेखिएको सडक तन्किएको देखेँ । काठमाडौंबाट १२ किमि दूरीमा रहेको सुन्दरीजलको जेलको क्षेत्रफल चौतीस रोपनी तीन आना भनेर कहाँ पढेथेँ । बीपी संग्रहालय २०७२ को भूकम्पले तहसनहस पारेको कुरा सञ्चारमाध्यममा हेरियो, पढियो ।

२०१७ सालमा राजा महेन्द्रले निर्दलीय पञ्चायती शासन व्यवस्था लागू गरी लोकतन्त्रको हिमायती प्रधानमन्त्री बीपी कोइरालालगायतका कैयौं नेताहरूलाई बन्दी जीवन बिताउन बाध्य पारिएको उही सुन्दरीजल भएर हाम्रो यात्रा बढ्दै थियो । बीपीले जेलजीवनमै चर्चित पुस्तकहरू लेखेर साहित्यमार्फत आफूलाई सधैं अग्रपंक्तिमा उभ्याएको कुरा मेरो मस्तिष्कमा खेल्दै गर्दा बस ध्याच्च रोकियो । सुन्दरीजल बसपार्क पुगिएछ । यात्रुहरूसँगै हामी पनि ओल्र्यौं ।

साथीहरू जय छाङ्छा, श्रीओम श्रेष्ठ ‘रोदन’, डा.भक्त राई, लीलाराज दाहाल, डिल्लीरमण सुवेदी, शीतल गिरी, डिल्लीराज अर्याल र म (कलमी) भेट भयौं । आपसी औपचारिकतापछि चिया नास्ता त्यहाँको एउटा होटलमा ग¥यौं । डिल्लीराज अर्यालजीले आमाको आशौच बारेकाले केही खाएनन् । आफैं ल्याएका केही खाएजस्तो लाग्यो । 

मान्छे खेद्नु अघि लागेर उखान बक्दै बाटो लाग्यौं । बागमती वारिपारिको प्राकृतिक सौन्दर्यको रसास्वादन लिँदै गर्दा अर्कातिर फलामे पाइपलाई दुईहातको अँगालो हाल्दा करिब आधा फुट खाम नपुगेको अनुमान गरेँ । धेरैको धेरै मापनले पनि काम गरेन । चन्द्रशमशेर राणाको पालामा काठमाडौंवासीलाई खाने पानीको व्यवस्था गरिएको थियो । ती ठूलाठूला पाइपहरू तत्कालीन इष्ट इण्डिया कम्पनी ब्रिटिसकालीन भारतको सौजन्य सहयोग हुनुपर्छ भन्ने ठम्याइ रहृयो ।

यतिकैमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुन्दरीजलको गेटैमा पुगियो । निकुञ्ज प्रवेशका लागि करसहित ५६ रुपैयाँ ५० पैसा जनही ति¥यौं । तीनजना पत्रकारहरूको शुल्क परेन । काउन्टरका कर्मचारीसँग केही जिज्ञासा राख्यौं, अपेक्षाकृत उत्तर मिलेन । ‘सुन्दरी जलको प्रवेश शिवपुरीको निकास’ ले औपचारिकता पाइसकेको थियो । सानातिना गमलामा फुलाएका लालुपाते तथा अन्य फूलहरूको फक्राइमा दृष्टि बिसाउँदै अगाडि बढ्यौं । बागमती नदीको बढेमाको ढुंगाबीचबाट झरना हामफालिरहेको थियो । जंगलकै मुखबाट स्यालमती पनि म के कम भन्दै ढुंगे झरनाबाट फालहान्दै बागमती छुन तम्सिरहेकी थिइन् । दायाँ बागमती बायाँ स्यालमती बीचका बाटै छेउमा झरनालाई साइड दिँदै पोज पोजका स्न्यापहरू लिइयो । 

जंगल प्रवेशसँगै श्रीओमजी र शीतलजीलाई भर अभरमा टेक्ने लाठी निकुञ्जको नियमको परिधिमा रहेर बनाई दिएँ । बाटो उकालो र चुड्के गफले आर्मी ब्यारेकमा पुगेको पत्तै भएन । लीलाजीलाई एकजना परिचित सिपाही (बागमती मावि सर्लाहीमा पढाउँदाताकाको विद्यार्थी) ले चिया, चाउचाउको प्रस्तावले स्वागत गरे । धन्यवादले मेटो मारे उनले । कोही टुसुक्क बसे भने कोही फोटो खिच्न थाले । यत्तिकैमा पछिका साथीहरू पनि उकालो हेर्दै आइपुगे । जय छाङ्छाजी नियात्राका लागि चाहिँने मसला टिप्दै अघि बढे । ब्यारेकले तेस्रो बाटो देखायो । फाट्टफुट्ट मान्छेको छनक र बोलीचालीले गाउँ नजिकै पुगेको संकेत दिन्थ्यो ।

अलि टाढा पुगेका साथीले पात बजाएर वा सुसेलेर अवस्थाको जानकारी दिन्थे । नत्र जंगलै थर्किने आवाज दिनु पनि पाच्य लाग्थ्यो । पशुपक्षी रहे भएको संकेत पटक्कै मिलेन यो यात्रामा । उहिले गोठालो गएको स्मरण पातको भाकाले हाल्दै आनन्दित मन गरेर एक अर्कालाई अघि बढ्ने हौसला प्रदानलाई पनि एक अर्थमा ठीक लागेको थियो । कहाँ कहाँ जन्मेर यो ठाउँमा भेट हुनुले छुट्टै संसारमा पुगेजस्तो लाग्दै थियो । उत्तर पूर्वपट्टि खुला देखियो । 

निलो पानी परसम्म जमेको दहले खानेपानीको ड्याममा आइपुगियो भन्ने भयो । ड्यामको पुलमा साथीहरू भेला भयौं र सामूहिक फोटो खिच्यौं । क्रमशः अघि बढ्दै जाँदा स्कुले केटाकेटीहरू तल झर्दै थिए । एक दुईवटा घर देखिए । तेर्सोबाटो काटेर भुँइतले घरतिर लाग्यौं । घरवाला तामाङ रहेछन् । अघिको बाटोमा फक्र्यौं र बायाँपट्टि तेर्सो बाटो समात्यौँ ।

विस्तारै बाटो जंगल भित्रियो । मार्ग माथि तल भएकाले असमञ्जसमा पुगियो । डा.भक्तजी, जय छाङ्छाले सैनिक ब्यारेकमा जानकारी लिएका थिए । तल्लो बाटो समातेर सानो खोल्सी पारिबाट दम्स्याइलो उकालो लागियो । सडक मोटरेबल थियो । डोजरले ठाउँठाउँ कोट्याएजस्तो गरी सम्याएको देखियो, एकजना मान्छे पनि हिँडेजस्तो लाग्दैनथ्यो । वर्षको एकपटक डोजरायनमः बजेट झ्वाम्म नगद नारायणनमः चाहिँ पक्कै हो भन्ने लाग्थ्यो । कतै कतै बँदेलले गड्यौला खोजी उधिनेको भेटियो ।

साथीहरूसँगको दूरी लामो नराख्ने भन्ने आपसी सहमति थियो । डिल्ली अर्यालजी र म कवि भारविको कविता र जीवनका उतारचढावको पुरानो कथा सुनाउने सुन्ने क्रमले बाटो छोट्याउँदै जाँदै थियौं । बेलाबेला एकान्तपनलाई आवाजको लोलीले चिर्दै साथीहरूलाई आफू पुगेको स्थानको जानकारी दिन्थ्यौं । रूखको छायाँभित्र सूर्यको किरणले मध्याहृन भएको जनाउन देखा परे झैं लाग्थ्यो । दुई–तीन टुकुडीमा विभाजित स्रष्टाहरू अनुभव र हनुभूतिको अन्तक्र्रियामा लागेर बाटोलाई भुलाउँदै थाकेको शरीरमा पेन किलरको हाल्दै थिए । तेस्रो बाटाले जंगल छोड्न लाग्दा बाइकमा आएका युवायुवतीले बाटोको स्थिति सोधेर औपचारिकता निभाए झैं लाग्यो ।

कलकल बग्दै बाटोलाई नाघेर झरेको संलो पानी पछाडि छोडियो । जंगलको मुख काटेपछि उपत्यकाको अव्यवस्थित शहरतर्फ दृष्टि दौडियो । खुला आकाशले स्वतन्त्रताको पखेटा खोलेको अन्तरमनभित्र महसुस भयो । पछिका साथीहरू पनि अघिपछि गर्दै भेला भयौं । सहज स्थानमा लन्च गर्ने भइयो । यात्राको निरन्तरतासँगै पाखा पखेरामा टाँसिएका ससाना घर देखिन्थेँ । विकासले आँखा देख्न नपाएको काठमाडौंका अंशियार क्षेत्र यो । तामाङ जातिको बाहुल्य रहेको क्षेत्र जहाँ मकै, कोदो पाखेबाली र आफूलाई चाहिँने थोरै सागसब्जीको खेती र अधिकांश जग्गा खेतीविहीन देखिन्थे ।

उपयुक्त चहुर भेटिएकोले लन्च लिने भयौं । त्यो तारेभीर गाउँमा पर्दो रहेछ । चहुरमुनि पातलो घर थियो । दाउरा घाँस गर्ने दुई महिला नाम्लो र हँसिया हातमा हल्लाउँदै आए । 

यता साथीहरू आफू–आफूले ल्याएको ड्राइफुड निकालेर बाँड्न लागे । रोटी, परौठा, चना, आलु, भुजिया, फ्राइराइस, अचार, स्याउ, केरा, फ्रुटी तथा चकलेटसँगै खाइयो । ती महिलाहरू नातामा नन्दभाउजू र जातमा नेवार रहेछन् । उनीहरूलाई पनि फलफूल र खाजा दिन लाग्दा अस्वीकार गर्न खोजे त्यो लाजले थियो । 

लन्चपछिको फोहोर सबै उठाएर प्लाष्टिकको झोलामा राखी तह लगायौं । अब पालो स्रष्टाका सिर्जना सुन्ने थियो । पालैपालो कविता, मुक्तक तथा गीत सुनायौं, सुन्यौं । गड्गडाहट तालीले हौसला बढाउँदै कार्यक्रम समाप्त भएको घोषणा शीतल गिरीले गरे अनि फोटो सेसन चल्यो ।

बेलुकी ५ बजेतिर शिवपुरी ब्यारेक पुग्ने योजनाअनुरूप त्यहाँबाट पाइला अघि बढायौं । देश विदेश भ्रमण र आफ्नो जन्मस्थलको धर्म जातीय संस्कारबारे एकपछि अर्को जानकारी मिल्थ्यो । व्यक्तिगत भनाइ सामूहिक अन्तक्र्रियाले चेतनाको स्तर स्वतः बढेको अनुभूति भयो ।

उता तारेभीरले २०७२ को भूकम्पपछि त्राहीमाम बनाएको थियो, स्थानीय जनतालाई । वर्षाको समयमा ढुंगा लडेर संकट निम्तिँदै गरेको अखबारमा उल्लेख भएको थियो । गाउँ नै अन्त सार्नुपर्ने चर्चा पनि नभएको होइन । मैले ताप्लेजुङ दोखु ८ खोप्रै पहाड घरमाथिको रमिते भीरलाई सम्झेँ । त्यो भीरको इतिहासमा भूकम्पले गाउँवासीको क्षति पु¥याएको छैन । अघि बढ्ने क्रममा आर्मीको चेकपोष्ट भेटियो । अनीहरूले टिकट खोजे । शीतलजीसँग टिकट थियो । हामीले परिचय दिएपछि अघि बढ्ने अनुमति मिल्यो । अलिक पर पुगेपछि डा.भक्त र डिल्लीरमणजीबाटो मुनिको आनी गुम्बा दर्शन गर्न जाने भए । हामी सोझै अघि बढ्यौं । शिवपुरीको जंगल सैनिक ब्यारेक मूलसडक नगई चोरबाटो झर्ने भइयो । द्विविधा उत्पन्न भयो केही समय साथीहरूलाई पख्र्यौं । फेरि जे त होला भनेर अघि बढ्यौं । 

२०३५ सालमा रानी ऐश्वर्यको जन्मोत्सवको अवसरमा नेपाल प्रहरी सदर प्रहरी तालिम केन्द्रले भव्यरूपमा कार्यक्रमसहितको शुभजन्मोत्सव मनाउने गरेको थियो । गेट तथा कार्यक्रम स्थल सजाउन जुनियर प्रहरी अधिकृत छत्तीसौं टोलीका तालिमेहरू उही जंगलमा झ्याउ टिप्न आएको कुरा डिल्लीराज अर्यालजीलाई सुनाए । ठाडो बाटोले घुम्तीलाई छोट्यायो । हामी ब्यारेकमा पुगेर साथीहरूलाई पख्र्यौं । अरू आइपुगे, आनी गुम्बा जाने आइपुगेनन् । फोनमा कुरा गर्दा बागद्वार जाने बाटोको दायाँबाट हामी र बायाँबाट उनीहरू झरेकाले फरक परेछ । हामीभन्दा तल झरी सकेछन् उनीहरू । 

तत्पश्चात् बूढानीलकण्ठमा बस चढ्ने गरी बाटो लाग्यौं । पहिरोले ल्याएको लेदो हो कि बाटो छुट्याउन कठिन थियो । चिप्लिँदै ठोक्किँदै, नारायणथान आइपुगियो । पछिपछि डिल्लीराज अर्याल र अन्य साथीहरू पनि आइपुगे । सबैजना आआफ्नो दर्गदिशा लाग्यौं । सास्ती त शिवपुरी ब्यारेकदेखि नारायणथानसम्मले बढी दियो । अर्को पदयात्रामा भेट्ने संकल्पका साथ हामी छुट्टियौं । 


Views: 95

सम्बन्धित सामग्री: