22nd August | 2018 | Wednesday | 1:32:26 AM

आकाशे पुल माथी यौनकर्मीको मोलमोलाइ

  POSTED ON : Monday, 06 August, 2018 (6:22:24 PM)

आकाशे पुल माथी यौनकर्मीको मोलमोलाइ

बेलुकाको करिव ६ बज्न लागेको थियो । गोँगबुको आकाशे पुल माथि मानिसहरुको  ओहोर दोहोर भइरहेको थियो । आकाशे पुल तल गाडी मोटरहरु ओहोर दोहोर गरिरहेका थिए । म पनि त्यहि आकाशे पुल माथि चढे् । पुल माथिबाट गाडी मोटर र मानिसहरुको आवत जावत भएको राम्रो संग देख्न सकिन्थो । त्यहि पुलमा म उभिराखे । मेरो वरपर बालिका तथा किशोरीहरु मेकअप गरेर चिट्क्कि परेर, हातमा मोबाइल फोन समायर उभिरहेका थिए । ति किशोरीहरु कुनै आफ्न्तको परखाइमा बसेको जस्तो देखिन्थो । किशोरीहरु उभिएको ठाउँ नजिक  युवक आएर कुरा गर्दै थिए । उनिहरुले कुरा गरेको देख्दा आफ्न्त आयो होला भन्ने ठाने । ति किशोरीले परिचित व्यक्ति जस्तै बोलीरहेका थिए । एक पछि अर्को गर्दै उनीहरु धेरै युवकहरु संग कुरा गर्दै थिए । किशोरी उभीएकै ठाउँमा एक– एक गर्दै धेरै युवकहरु आएको देख्दा मेरो मनमा विभिन्न किसिमका प्रश्नहरु उठ्न थाल्यो । 

किशोरीहरुले के– के कुरा गरिरहेका होलान भनेर मेरो मनमा अनेकौ कुराहरु खेल्न थाल्यो । पुल माथि यौन व्यावसायको मोल मोलाइ हुन्छ भन्ने सुन्न र पढ्न पाएको  थिए तर आफ्नो आँखाले देख्न भने पाएको थिएन् । यहि पो होकी आकाशे पुल माथी यौनका विषयमा हुने मोल मोलाइ भन्ने लाग्यो । म पनि ति यौन व्यवसायी किशोरीहरु उभिएकै ठाउँ नजिक पुगे र उनिहरुले कसैलाइ कुरेको जस्तो गरेर म पनि कुरीरहे । मेरो मनमा कता –कता डर थियो । कसैले मलाइ पनि यौन कर्मी महिला भन्ने ठान्छन् कि । तर ति डरहरु मनबाट हटाइदिए ।  

पुलमा उभिरहेकी एक जना किशोरी नजिकै गएर उभिए । उ म भन्दा कम उमेरकी जस्ती देखिन्थीन् । मैले सोधे, तपाइले कसलाइ कुरेर बस्नु भएको ? तर ति किशोरीलाइ म संग बोल्न मन नभएर होला उनी नसुनेको जस्तो गरिन । मैलै दोहोराएर प्रश्न गर्दा मात्र उनी रिसायर भनिन, मैले मेरो दाइलाइ कुरेको । फेरी मैले प्रश्न गरे, तपाइको दाइ कहाँबाट आउदै हुनुहुन्छ  ? उनको जबाफ थियो गाउँबाट । ति किशोरीले दाइलाइ भने पछि मलाइ झ्न मनमा विभिन्न किसिमको खुल्दुली हुन थाल्यो र मलाइ उ नै हो यौन व्यवसाय गर्ने किशोरी भन्नेमा कुनै दुइ मत भएन । आफ्नो दाइलाइ कुरेको भए त उसले विभिन्न किसिमका युवक संग कुरा गर्दै बस्ने थिइन् भन्ने लाग्यो । म ढुक्क भइ सकेको थिए उ नै हो भनेर । 

मलाइ सत्य कुराको पत्ता जसरी भए पनी लगाउनु पर्ने थियो । मैले मेरो परिचिय गोप्य राखे ।  म पनि उनी जस्तै हु भन्नको लागि उनीहरु उभिएको जस्तै गरेर उभिए । म उभिएको ठाउँमा एउटा युवक आएर तिम्रो रेट कति हो भन्यो ? म झसंग भए, म तपाइले सोचेको जस्तो होइन भने त्यो युवक अकी किशोरी उभिएको ठाउँमा गयो । अनि म ति किशोरीको अझै नजिक गएर विस्तारै भने बैनी, म गाउँबाट र्भखर्रै काठमान्डौं आएको मेरो काठमान्डौंमा कोहि पनि छैन् । मलाइ काठमान्डौंमा बस्नु छ । मैले सुनेको थिए गोँगबुको आकाशे पुल माथि काम पाइन्छ भनेर । ति किशोरीले मेरो दुःखको कुरा सुनेपछि उनको मनमा दया पलाएर आयो उनले दिदी म तपाइलाइ काममा लगाइ दिन्छु भनिन् । 

बनावटी रुपमा भए पनि म खुसी भएको देखाए । थाहा नभए जसरी मैले के काम हो बैनी ? भने, दिदी म तपाइलाइ सजिलो काममा लगाइदिन्छु कुनै पीर नर्गनु भनीन् । ति किशोरीले मलाइ एउटा प्रश्न गरिन, दिदी तपाइलाई गोँगबुको आकाशे पुलमाथी के काम पाइन्छ भनेर सुन्नु भएको थियो ? प्रश्न सुन्दा म आत्य लौ अब के पो भन्ने हो भनेर मैले भने, बैनी काम पाइन्छ भनेर सुनेको थिए तर के र कस्तो काम भन्ने मलाइ थाहा छैन् ।  

ति किशोरीले, म भन्छु दिदी तपाइ सुन्दै जानु भनिन् । म सुन्दै गरे । दिदी म पनि तपाइ जस्तै करिब ५ बर्ष पहिले गाउँबाट धेरै पैसा कमाउने, मिठो खाने र राम्रो लगाउने सपना बोकेर म काठमान्डौं आएकी थिए । दोलखाबाट काठमान्डौंको गाडी चढेर म कोटेश्वर ओर्लीय तर कता जाने के गर्ने मलाइ केहि थाहा थिएन, सुरुमा कोटेश्वरमा एउटा खाजा घरमा भाडा माझ्ने काम गरे । केहि महिना पछि संगै काम गर्ने साथिसंग म गोँगबुको बसपार्कको एउटा गेष्ट हाउसमा काम गर्न सुरु गरे । सुरु–सुरुमा भाडा माफ्ने काम गरे । तिन महिना पछि गेष्ट हाउसको साहुले पहिले गर्दै आएको मेरो काममा परिवर्तन परिदियो । मेरो काम थियो । गोँगबुको आकाशे पुल माथी बसेर आफ्नो शरीरको मोल मोलाइ गर्ने । आफुले भनेको मोल मिल्यो भने ग्राहकलाइ संगै गेष्ट हाउसमा लगेर जाने र ग्राहक संग बस्नु पर्ने काम थियो ।

सुरुमा त्यस्तो काम गर्न सहमत भएको थिइन तर गेष्ट हाउसको साहुले ग्राहकको लागि सबै काम गर्नु पर्ने भने । साहुले भनेको काम नगरांै भने काम  बाट हटाउने हो कि भन्ने डर र काम गरांै भन्दा आफ्नो शरिर कुनै सामान बिक्रि गरे जस्तै मोल मोलाइ गरेर बेच्नु पर्ने बाध्यता भएको ति यौन कर्मी किशोरी भन्छीन् । उनको कुरा सुन्दै र विच विचमा प्रशनहरु पनि गर्दै गए किशोरीलाइ मैले प्रश्न गरे तिमी दैनिक यो काम गदै आएकी छेउ तिमिलाइ यो काम गर्न कस्तो लाग्छ ? उनको जबाफ थियो, यो काम कहाँ सजिलो छ र राम्रो काम पनि होइन् तर के गर्नु नगरी खान पाइदैन । यो काम मेरो दैनिकी बनिसकेको छ र यही काम गरिरहेकि छु । भनिन् । मैले फेरी प्रश्न गरे दैनिक कति पैसा कमाइ हुन्छ ? ति किशोरीले भनिन्, दिउँसो र रातिको रेट फरक हुन्छ । दिउँसो मेरो चार्ज पाच सय र गेष्ट हाउसको चार्ज पाच सय हुन्छ । रातभरिको भने पाच हजार रुपौयाँ रेट हुन्छ भनिन् । 

उनीसंग मैले लामो समय लिइ सकेको थिए । ग्राहकहरु पनि अरु किशोरीले लगेर गइरहेका थिए । उनले मलाइ सहयोग गर्नका लागि सबै कुराको जानकारी दिइन । अब म कसरी उनीबाट टाढा हुने होला भनेर बहाना खोजी रहेकी थिए । बैनी म भोलीबाट काममा आउछु । अहिले म पहिले बसेकै ठाउँमा जान्छु भने । ति किशोरीले दिदी भोली यही पुलमा भेटउला भनिन् । रात पर्न लागेको थियो । उनी र म त्यहाँबाट छुट्यौ । उनी आफ्नो ग्राहक लिएर गेष्ट हाउस तिर लागीन । म पनि त्यहाँबाट आफ्नो गन्तब्य तिर लागे ।