22nd August | 2018 | Wednesday | 1:32:16 AM

कविता – सुस्ता सर्दै वर आयो

मुना दाहाल   POSTED ON : Tuesday, 07 August, 2018 (3:37:39 PM)

कविता – सुस्ता सर्दै वर आयो

भोलापनको फाइदा उठाई डस्न खोज्दैछौ किन ? 

माली बन्दै भँमरा झैँ चुस्न खोज्दैछौ किन ?

 मधेशबाट सुस्ता सर्दै यतै आउँदैछन् रे 

 पहाडका जडिबुटी ऊतै सर्दैछन् रे  

सियो दिन्छौ फाली लिन्छौ आफ्नै हो भन्दै 

 हिसाब किताब राख्या छैन आफ्नै भाइ ठान्दै  

बरोबर मेरो मनलाई जापक बनाउँदैछौ । 

किन तिम्रै अविदितको पुजारी ठान्दैछौ ?


 पुतली र भँमरा झैं सधैं डुलिरहे 

 मीठा मीठा उन्का बातमा भूलिमात्र रहे ।

 आफ्ना खातिर भन्दा धेरै उन्का लागि लडे  

दरिद्रता देखाएरै हिरा मोती हरेऊ ।।  


भिखारी र साधुसन्त यतै पठाऊँछौं । 

आखिर किन रवाफिलो मगजले चोटै पुर्याऊछौं ? 

 प्रकृतिको सुन्दर जल आफू समाऊँछौं 

 वर्षातको भेललाई तिमी बन्दै गराऊछौ ।।


 थाहै नपाई सिमानाका किल्लै हराऊछन् 

टोली लिई खोज्दै जाँदा जिल्लै हराउँछ ।

 बल, छल, जाल, झेल, नियतिमै छ खोट 

 अप्ठारोमा साथभन्दा दिदै जान्छौ चोट ।।