21st October | 2018 | Sunday | 7:22:21 AM

क्रेन र ब्रेनका कुरा

राजन कार्की   POSTED ON : Thursday, 09 August, 2018 (3:52:09 PM)

क्रेन र ब्रेनका कुरा

अन्टार्कटिकामा क्षमताले पुग्ने पहिलो नेपाली थिए भुवनसिंह विश्वकर्मा । सिंहदरवारमा क्रेनले तानिएर उक्लने र प्रधानमन्त्री बन्ने व्यक्ति थिए मरिचमान सिंह । प्रधानमन्त्री भएपछि उनले आफ्नो नामको पछाडि श्रेष्ठ जोडेर नेवार पनि प्रधानमन्त्री भएको समावेशी झल्को दिएका थिए । अथवा उनलाई दिन लगाइयो । पछि यिनै मरिचमान सिंह आफूलाई देशभक्त साबित गर्न सफल भए ।

क्रेनले तानिएका सबै मरिचमान हु“दैनन् । सत्ताका खेलाडी पार्टी होस् कि नेता, हाकिम होस् कि प्रधानमन्त्री, आयुक्त होस् कि राजदूत, उसले आफ्ना सहायकदेखि राज्यका हरेक पदमा क्रेनले तानेर फिट गर्ने परम्परा छ । त्यस्ता अधिकांश व्यक्ति असफल हुने गरेका छन् । देश असफल पार्ने कारण र कारक ब्रेन मिल्काएर क्रेनले तान्ने प्रवृत्ति हो । योग्यता, क्षमता र प्रतिभा कस्तो हुन्छ भने जर्मनको पोलिटेक्निकको परीक्षामा अलबर्ट आइन्सटाइन फेल भए । तर, तिनै आइन्सटाइन महान वैज्ञानिक बने । नेपाल विकासशीलसम्म बन्न सकेन, किनभने योग्यता, क्षमता र प्रतिभा खोज्नुपर्छ भन्ने इच्छाशक्ति आजसम्म कसैमा देखिएन ।

डाइनामाइटजस्तो विष्फोटक आविष्कारकले नोबेल पुरस्कार स्थापित गरेको इतिहास छ । सबै श्रीजंग शाह पनि हु“दैनन्, जसले एक अर्बको घरजग्गा आ“खा अस्पताललाई दान गरे । यहा“ त मानवीय मूल्य र मन्यतामा टेकेर शासनमा पुग्ने, सम्पत्ति बटुल्ने, बादशाही बन्ने सपना देख्ने, सपना साकार पार्नेहरू छन् । जो झापा विद्रोह, जनयुद्ध, जनआन्दोलनबाट आए तीसमेत नम्बरी सुन बन्न सकेनन्, तथापि रातो घाम झुल्केर हिमालमा पहेलपुर टल्केको छ । 

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि जवाहरलाल नेहरू प्रधानमन्त्री भए । सबैलाई ‘तु’ भन्ने बानी भएका नेहरू एकदिन बिहानै उठेर अंग्रेज सरकारका भायसरायका सल्लाहकार रहेका सर गिरिजाशंकर बाजपेयीको ढोका ढक्ढक्याउन पुगे । बाजपेयीले प्रधानमन्त्री नेहरू आफ्नो ढोकामा आएको देखेपछि उनलाई सम्मानका साथ बैठकमा लगेर हार्दिकताका साथ आग्रह गरे ‘प्रधानमन्त्रीज्यू, कति कामले आउनुभयो ?’  नेहरूले भने, ‘गिरिजाशंकर तुमने अंगे्रजोंका बहुत सेवा किया, अब हिन्तुस्तानकी सेवा करो । आजसे, अभिसे तुम मेरा सल्लाहकार बनों ।’ गिरिजाशंकरले नेहरूको प्रस्ताव स्वीकार गरे र भारतको सेवामा जुटे । अर्थात् राजनेताले ब्रेन खोज्छ । 

पञ्चायत गयो, बहुदलले पञ्चायतका राम्रा कुरा अनुकरण गरेन । बहुदल गयो, लोकतन्त्रले पञ्चायतदेखि बहुदलसम्मका राम्रा कुरा अनुकरण गर्न सकेन । पञ्चायत कालका विकासमा पढ्ने, बढ्ने, त्यही पूर्वाधारमा टेकेर उभिनेले राम्रा काम कुरा, नीतिको अनुशरण गर्न नसक्दा बन्नेभन्दा भत्किने, अड्नेभन्दा पहिरो लस्किने क्रम जारी छ ।

नेपालमा ब्रेन खोज्ने परम्परा छैन । आफ्नो मान्छे भनेपछि क्रेन लगाएर माथि उठाइहाल्ने गरिन्छ । सत्ता सञ्चालन गर्ने र सत्ताको करिडोरमा शक्तिकेन्द्र बन्नेको यही बानीले नेपालमा ब्रेनको इज्जत र सम्मान हुन सकेन । असक्षम सधैँ सक्षम बनाइए, सक्षमको कदर हुन सकेन । एमबिबिएसको डाक्टरलाई हर्टिकल्चरमा पोष्टिङ गर्नु, डाक्टरलाई राष्ट्रपति, राजदूत बनाउनु यसका उदाहरण हुन् । प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाइयो । हिजो माओवादीले खिलराजलाई प्रधानमन्त्री तोक्यो, आज दुईतिहाइको सरकार प्रधानन्यायाधीशको बाघचाल खेलिरहेको छ । अझ ताजा उदाहरण राजधानीको, महानगरको मेयर जसले सय दिनमा एकसय एक काम गर्छु भन्यो, भुटी भाङ पोले पिडालु, माखो मरेन । राष्ट्र क्रेनवादको प्रयोगशाला पो बन्यो ।

प्रश्न हो थिंक ट्यांक हुन् कि शक्ति ट्यांक, तिनको दिमागमा बसेको छ क्रेन कुनै ब्राण्डको । क्रेन पद्धति पञ्चायतमा थियो, बहुदलीय शासनमा पनि रहृयो, लोकतन्त्रमा त बिगबिगी नै छ । मात्रा ज्यादा हु“दा दीर्घ रोग बन्यो । लोकतन्त्रको अर्को नाम क्रेन पद्धति भन्दा हुन्छ । लोकतन्त्रलाई योग्यतातन्त्र, विधितन्त्र, समानतातन्त्र भनिन्छ तर हाम्रोमा यो क्रेनतन्त्र पो बन्यो । भनसुन ‘कु’ पद्धति हो, खिया हो । अन्ततोगत्वा यस्ता ‘कु’ पद्धतिले राष्ट्रलाई नै नोक्सान हुन्छ, भविष्य अन्धकार पार्छ ।

२०६३ सालमा जनआन्दोलन सफल भएपछि क्रेनतन्त्र हामारी झैँ फैलिएको छ । लोकमत, लोकअपेक्षा, लोकाधार व्यवहारमा बदरमात्र भएको छ । समयानुसार उत्पादन भएका होनहार युवालाई निस्तेज पार्ने, निरुत्साहित गर्ने र आफन्त तथा कार्यकर्तालाई क्रेन पद्धतिमा उफार्ने, उकास्ने, सम्मानित गर्ने प्रचलन झन् बढेको छ । राज्य सञ्चालकले परम्परागतरूपमा स्थापित गरेको यो दुर्गुणले युवा जमातलाई राज्यविरोधी बनाउ“दै लगेको छ । स्थिति यतिसम्म चर्को बनिसकेको छ कि हरेक निर्णय सिन्डिकेट र सेटिङमा हुन थालेका छन् । नेताबीचको भागबण्डाले निराश बनेका ६० लाखभन्दा बढी युवाशक्ति, युवा ब्रेन विदेशिएका छन् । प्रत्येक दिन दुई हजारसम्म संख्यामा युवायुवती वैदेशिक रोजगारीमा हुत्तिरहेका छन् । विश्व बैंकको रिपोर्ट भन्छ– २० वर्षपछि नेपाल बूढाबूढीको देश हुनेछ । यो कुरा हाम्रा समाजशास्त्री, राजनीतिज्ञ अथवा देशभक्त कसैलाई पनि चसक्क बिझेको छैन । कस्तो परिवर्तन आयो ? कस्तो नया“ नेपाल हो यो ?

ब्रेन ड्रेनको विकराल समस्याको जड क्रेन ब्राण्डको बिगबिगी हो । श्रम र बुद्धि धमाधम विदेश पलायन हु“दैछन् । स्वदेशी ठूलो लगानीले तयार भएका बुद्धिलाई रोक्ने कुनै तत्परता, कुनै योजना, कुनै हौसला र आकर्षण सिर्जना गर्न सकिएन । जनयुद्धको त्रासदी कुनै न कुनै रूपमा आज पनि छ । श्रम र बुद्धि शक्तिले आफ्नै देशमा किन भविष्य देखेन ? किन युवा जमात लोकतन्त्रमा रत्तिन सकेन ? यो प्रश्नमा संसद्, सरकार, सडक कतै पनि बहस नै भएको छैन । लोकतन्त्रको हाटबजार, रमाइलो मेला चलाउन सकिन्छ भन्नु सस्तो सोच हो । 

चङ्ख फौबञ्जार शैलीका राजनीतिक पसलेहरू क्रेन ड्राइभर हुन्, जो राजनीतिलाई माफिया व्यवसाय बनाइरहेका छन् । बाहुबलीको बिगबिगी छ, गल्लीमा बुद्धिले काम पाएन, उनीहरू निरास भएर विदेश पलायन भइरहेका छन् । स्वाइन फ्लूभन्दा खतरनाक यो रोगले राष्ट्र मारिरहेको छ । राष्ट्रिय जीवन सुक्दै गएको छ । राष्ट्रलाई जीवन्त राख्नसक्ने बुद्धिजीवी खेमा पातलिएको छ । 

चाकरी नगर्ने र आ“खा चिम्लेर नेता र पार्टीको जय जयकार नगर्ने व्यक्तिलाई देशभक्त नै नदेख्ने, अयोग्य ठान्ने र त्यसको काम छैन भन्ने धारणा बनाउने मनोवृत्ति नेता, प्रशासकदेखि पार्टीका झोले प्रबुद्ध वर्गसम्म व्यापक छ । जति पनि शक्तिमा पुग्नसके, संवैधानिक ओहदा, सचिव, मुख्य सचिव, राजदूत, न्यायाधीश, आयुक्त बने अथवा जो पनि खाइलाग्दा कमाउ पदमा छन्, तिनमा बिरालाकोटीबाहेक सबै चाकरी गरेर, घूस कबुलेर, पार्टीको भागबण्डे कोटाको भ¥याङ चढेर पुगेका हुन् । 

क्षमता र दक्षताका आधारमा, जनसेवा, राष्ट्रसेवा गरेका गुणस्तरका आधारमा वृत्ति विकास हुने, सम्मानित हुने अवसर नहुने राष्ट्रमा भ्रष्टाचार कसरी कम हुनसक्छ ? सुशासन र समृद्धि कसरी सम्भव छ ? हरेक वर्ष उत्पादित सिर्जनशील युवाहरू रोजगारी पाइरहेका छैनन् । अनि कसरी राष्ट्रप्रेम जागृत हुनसक्छ ? जापानमा कम्युटरले शासन गर्न थालिसकेको छ, अमेरिका चालकविहीन ड्रोन युगबाट संसार तर्साउन थालिसक्यो, हाम्रो पुरातनवादी मनोवृत्तिमा कुनै सुधार छैन । 

खरदार, सुब्बा, शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिवदेखि मन्त्री, क्याबिनेटसम्म पाश्र्वशक्तिको निर्देशन, टिप्पणी र आदेशमै रुमल्लिएका छौँ हामी । गल्ती भयो भने मन्त्रीदेखि खरदारसम्मले पियनलाई हपार्ने र पटक्कै जिम्मेवारी बहन नगर्ने शैलीले राष्ट्र विकासको रूपरेखा कसरी कोर्न सकिन्छ ? यो सबै बढ्दो गैरजिम्मेवारीको फल हो । जिम्मेवार बनाउन नसक्ने जनताको कमजोरीले हो ।

ब्रेनको तागतको उपयोग भइदिएको भए, राष्ट्र यसरी असहाय भएर रोइरहनुपर्ने थिएन । क्रेन स्वदेशी छन्, क्रेन विदेशी छन् । पार्टीभित्रका क्रेनवाला, राज्य संयन्त्रका क्रेनवाला, मानवाधिकारका नाममा उठाइएका क्रेनवाला, कथित नागरिक समाज भनेर उभिएका क्रेनवाला सबै सञ्चालित छन्, स्वचालित कोही छैनन् । सञ्चालितहरूलाई नियन्त्रण गर्न र स्वाधीनताको रक्षा गर्न स्वचालित ब्रेनवाला हुनैपर्छ । त्यसैले ब्रेनवाला चाहिन्छ भनेको हो । क्रेनवालाले गर्दा राष्ट्र संकटको चक्रब्यूहमा फस्न पुगेको छ । जनआग्रहले काम गरिरहेको छैन, पूर्वाग्रह व्यापक बनेको छ । बे्रनलाई स्थान नदिने हो भने भोलि झन ठूलठूला संकट सिर्जना हु“दै जानेछन् ।

हाम्रो मान्छे जतिसुकै नालायक भए पनि राम्रो ठान्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ । देशका लागि ब्रेन ब्राण्डको विकल्पै छैन । राष्ट्रिय नीतिको अभाव र विवेकको कमीले राष्ट्र क्षयरोगी झैँ टाक्सिँदै, सुक्दै गएको छ । बोकाले दाइ हु“दैन, थाङ्नाहरूले राष्ट्र चल्दैन । समयको प्रवाहमा बग्नसक्ने, समयलाई चिनेका, समयलाई पक्रनसक्ने, समयानुसार निर्णय गर्नसक्ने आधुनिक खुबीको खोज राज्यको आवश्यकता हो । राजनीतिक दलभित्रको क्रेनवाद अथवा नेताहरूको भीरबाट हाम फाल्ने सोचलाई रामराम मात्र भन्न सकिन्छ, का“ध थाप्न सकिँदैन । क्रेन ब्राण्डमा विश्वास राख्नेलाई दया मात्र गर्न सकिन्छ । 


Views: 6