22nd August | 2018 | Wednesday | 1:32:49 AM

स्तनपान र मातृशिशु स्वास्थ्य

राजेशमान के.सी.   POSTED ON : Thursday, 09 August, 2018 (3:56:29 PM)

स्तनपान र मातृशिशु स्वास्थ्य

प्रत्येक नवजात शिशुका लागि आमाको दूध एक सर्वोत्तम प्राकृतिक आहार मानिन्छ । कारण यसमा बच्चाको शारीरिक मानसिक विकासका लागि चाहिने सम्पूर्ण तŒवहरू हुन्छन् । विश्व स्वास्थ्य संगठनसँग सम्बद्ध विशेषज्ञहरूका अनुसार एक स्वस्थ आमाको स्तनबाट प्रतिदिन ५० मिलिलिटरसम्म दूध निस्कने गर्छ । जसमा ७८ प्रतिशत पानी, १०.१ प्रतिशत प्रोटिन,३.८ प्रतिशत चिल्लो पदार्थ र ०.२ प्रतिशत खनिजतŒव रहेको हुन्छ । 

आमाको दूधमा पानी पर्याप्त मात्रामा पाइने भएकाले शिशुका लागि अतिरिक्त पानीको पनि आवश्यकता पर्दैन । अर्थात् शिशुको शरीरमा आवश्यक पर्ने अतिरिक्त पानीको मात्रामा कमी हुन पाउँदैन । आमाको दूधमा पाइने प्रोटिन तीन प्रकारका हुन्छन् । ती हुन् कोसिजन, लैक्टो एलबोमिन तथा लैक्टो ग्लोबुलिन । यी सबै प्रकारका प्रोटिनमा बच्चाको शारीरलाई आवश्यकताअनुरूप एमिनो एसीड पर्याप्त मात्रामा पाइने पाइन्छ । जुन शिशुको स्वास्थ्यका लागि अत्यन्त हितकर मानिन्छ । 

यसका साथै आमाको दूध स्वच्छ र सुपाच्य हुन्छ । शिशुले आमाबाट प्रत्यक्षरूपमा दूध ग्रहण गर्ने भएकाले यसमा हानिकारक कीटाणुले पनि प्रवेश गर्न पाउँदैनन् । जसले गर्दा रोगको संक्रमण हुने सम्भावना रहँदैन । खासगरी आमाको स्तनबाट सुरुमा निस्कने दूधमा पाइने एक किसिमको पहँेलो पदार्थ (जसलाई कोलेष्टम पनि भनिन्छ) मा प्रोटिन, भिटामिन, खनिज, लवण आदि प्रचुर मात्रामा पाइने भएको हुँदा यसले शिशुलाई विभिन्न संक्रामक रोगबाट बचाउने प्रतिरोधात्मक कार्य गर्छ । यसका अतिरिक्त आमाको दूधमा केही यस्ता प्राकृतिक तŒव पनि निहित हुन्छन् जसले बच्चालाई घाँटीको संक्रमण, पोलियो भाइरस, इन्प्mलुएन्जा, श्वासप्रश्वासजस्ता रोगबाट बचाउने गर्छ ।

यसैले स्तनपानलाई स्वास्थ्य विज्ञले पहिलो खोप भनेर उल्लेख गर्ने गरेको पाइन्छ । यिनै कारणले गर्दा स्तनपान गर्ने शिशुको मृत्युदर पनि कम हुने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित एक प्रतिवेदनअनुसार स्तनपान गर्ने बच्चाहरूको तुलनामा अन्य बट्टाको दूध सेवन गर्ने बच्चाको मृत्युदर पाँचदेखि दश प्रतिशतसम्म बढी हुने गरेको पाइएको छ । त्यसैगरी पेडियाट्रिक्सनामक एक अर्को अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसम्बन्धी पत्रिकामा प्रकाशित एक अनुसन्धानात्मक लेखमा जनाइएअनुसार आठ महिनाभन्दा बढी समयसम्म आमाले दूध चुसाएका ८ र ९ वर्षका केटाकेटीहरू बढी तीक्ष्ण बुद्धिका रहेको पाइएको छ । 

यसका साथै आमाको दूधमा अर्को एउटा विशेषता के पनि रहेको हुन्छ भने शिशुको बढ्दो उमेरको आवश्यकताअनुरूप दूधको संरचनामा पनि परिवर्तन हुने गर्छ । जबकि बट्टाको कृत्रिम दूधमा यो सम्भव हुँदैन । बरु यसको सट्टा बट्टाको दूध चुस्ने शिशुमा झाडापखालाजस्ता रोगको समस्या देखिने गरेको पाइएको छ । यसै कुरालाई मनन गरी छिमेकी मुलुक चीनमा त शिशुलाई बट्टाको दूध सेवनमा कानुनीरूपमै रोक लगाइएको छ । 

यसरी शिशुका लागि आमाको दूध नै सर्वोत्तम हुने भएको हुँदा स्तनपान गराउने महिलाहरूले पनि सन्तुलित पौष्टिक आहार लिनु भने अति नै आवश्यक हुन्छ । सन्तुलित आहारका लागि आर्थिकरूपमै सम्पन्न हुनुपर्छ भन्ने छैन । अर्थात् सन्तुलित आहारको लागि माछामासु, दूध, दही, घ्यू आदि नै सेवन गर्नुपर्छ भन्ने छैन । सामान्य गेडागुडी, सागसब्जी, दाल, भटमास तथा मौसमअनुसारका केही फलपूmल सेवन गरेर पनि सन्तुलित आहारको आवश्यकता परिपूर्ति गर्न सकिन्छ । 

तर, विडम्बनाको कुरा के छ भने आपूmलाई आधुनिक भन्न रुचाउने केही शिक्षित महिला आप्mनो शिशुलाई स्तनपान गराउन चाहँदैनन् । कारण स्तनपान गराएमा आप्mनो शारीरिक आकर्षण घट्छ अथवा आप्mनो स्तनको आकार बिग्रन्छ भन्ने उनीहरूमा एक किसिमको गलत धारणा रहेको पाइन्छ । जबकि स्तनपान गराउनु शिशुका लागि मात्र नभएर आमाको स्वास्थ्यका लागि समेत हितकर हुन्छ । 

मुख्य कुरा त स्तनपान गराउँदा आमालाई एक किसिमको भावनात्मक सुखानुभूति हुन्छ । यसबाट उनको मानसिक स्वास्थ्यमा अत्यन्त सकारात्मक प्रभाव पर्न जान्छ । यसका साथै स्तनपान गराउने महिलाको गर्भावस्थामा सञ्चित बोसोको मात्रा पनि कम हुने कुरा विभिन्न अध्ययनबाट थाहा हुन आएको छ । यसले गर्दा मोटोपनबाट उत्पन्न हुनसक्ने सम्भावित रोगबाट धेरै हदसम्म बच्न सकिन्छ भने शारीरिक आकृतिमा पनि सुधार आउछ । 

त्यसैगरी, स्तनपान गराउनाले महिलाको प्रसवपछि गर्भाशयलाई आप्mनो निर्धारित ठाउँमा आउन मद्दत पुग्ने भएकाले यसबाट गर्भाशयसम्बन्धी रोग लाग्ने सम्भावना पनि अत्यन्त कम रहन्छ । अझ महŒवपूर्ण कुरा त के छ भने बच्चालाई प्रतिदिन नियमितरूपमा स्तनपान गराउनाले पुनः शीघ्र गर्भघारण हुने सम्भावना अत्यन्त कम हुन्छ । त्यसैगरी, एक अर्को अध्ययनबाट थाहा भएअनुसार आप्mनो शिशुलाई नियमितरूपमा गराउने स्तनपानमा पचास प्रतिशत कमी गर्नाले प्रजनन दरमा १७ देखि ३७ प्रतिशतसम्म वृद्धि हुने गर्छ । 

यसबाट स्तनपान परिवार नियोजनका दृष्टिले पनि एक उपयोगी माध्यम हुनसक्छ भन्ने कुरा पुष्टि हुन्छ । विशेषज्ञहरूका अनुसार स्तनपानको सन्दर्भमा ख्याल राख्नुपर्ने कुरा के छ भने एनिमिया, हिस्टेरिया, हृदयरोग आदि लागेका र स्तनमा घाउ भएका महिलाले भने आप्mनो शिशुलाई स्तनपान गराउनु हुँदैन । 

यसरी नवजात शिशु र आमा दुवैको स्वास्थ्यका दृष्टिले स्तनपानको भूमिका महŒवपूर्ण रहेको पाइन्छ । आमाको दूधको यही महŒवलाई ध्यानमा राखी विश्व स्वास्थ्य संगठनको आवाहृनमा प्रत्येक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म नेपाललगायत विश्वभरि नै ‘विश्व स्तनपान सप्ताह’ मनाउने गरिएको छ ।