19th February | 2019 | Tuesday | 2:53:02 PM

विभिन्न क्षेत्रका आठ प्रतिभा सम्मानित हुने

हिमालय टाइम्स   POSTED ON : Thursday, 06 September, 2018 (9:37:48 PM)

विभिन्न क्षेत्रका आठ प्रतिभा सम्मानित हुने


 काठमाडौं । पन्त स्मृति प्रतिष्ठानले २०७४ सालको सम्मान आठ प्रतिभालाई अर्पण गर्ने भएको छ । 

‘जनमत मासिक’ प्रकाशनका लागि प्रधान सम्पादक मोहन दुवाललाई ‘बन्धु पन्त स्मृति सम्मान पुरस्कार’ ले, हास्यव्यङ्ग्य लेखनका लागि नरेन्द्रराज पौडेललाई ‘गोपालराज पन्त स्मृति सम्मान’ ले र समालोचना लेखनका लागि डा. शैलेन्दुप्रकाश नेपाललाई नगदसहित  ‘टीका–मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार’ अर्पण गर्न लागेको हो ।

  

यसैगरी नृत्यकला, चित्रकला, उपन्यास, संस्कृति क्षेत्रका र शारीरिक अशक्ततामा पनि क्रमशः लक्ष्मी महरा, सुरेश बस्नेत, कल्पना श्रेष्ठ, मीन श्रीस मगर र मातृका देवकोटालाई सम्मान पुरस्कार प्रदान गर्न लागेको बताइएको छ । 

उक्त सम्मान साहित्यिक समारोहका बीच यही असोज ५ गते शुक्रबारका दिन काठमाडौंमा हुने बताइएको छ ।   


Views: 34

सम्बन्धित सामग्री:

ए ! प्रणय दिवश

मुना दाहाल : Thursday, 14 February, 2019 (5:52:10 PM)

गजल...

राजेन्द्र ढुंगेल : Tuesday, 05 February, 2019 (8:45:35 PM)