22nd September | 2018 | Saturday | 4:55:08 PM

जैविक प्रविधिको विकास

राजेशमान केसी   POSTED ON : Friday, 07 September, 2018 (3:26:01 PM)

जैविक प्रविधिको विकास

जैविक प्रविधि (बायाटेक्नोलोजी) ले जीव विज्ञानसँग सम्बन्धित प्रायः सबै क्षेत्रलाई समेटेको हुन्छ । जैविक रसायन, परमाणु, जीव विज्ञान, आनुवांशिक विज्ञान, कृषि तथा बाली प्रजनन् आदि जैविक प्रविधिका प्रमुख क्षेत्र हुन् र यी क्षेत्रमा जैविक प्रविधिले अत्यन्त महŒवपूर्ण योगदान पु¥याएको हुन्छ । जैविक प्रविधिअन्तर्गत सूक्ष्म जीवहरू, कोषांग तथा इन्जाइम आदिलाई कुनै वस्तु तथा सेवाको निर्माण, संश्लेषण, परिवर्तन तथा परिमार्जन गर्न प्रयोग गरिन्छ । जैविक प्रविधिका उत्पादन र सेवाभित्र खाद्यपदार्थ, इन्धन आदिदेखि लिएर फोहोरमैला व्यवस्थापन र औषधि विज्ञानसम्म समेटिएका हुन्छन् । 

जैविक प्रविधिको अर्को महŒवपूर्ण पद्धति हो जेनेटिक वा आनुवांशिक इन्जिनियरिङ । यसको प्रयोग मानवीय सेवा, सुविधा प्राप्तिका लागि, जीवाणु तथा जीवकोषहरूको आनुवांशिक संरचना नै परिवर्तन र परिमार्जन गर्ने प्रविधिका रूपमा स्थापित भइसकेको छ र यसको विकासले जैविक प्रविधिमा नयाँ आयाम नै थपेको छ । यी प्रविधि सूक्ष्म जीवहरू तथा बहुकोषीय जीवहरू सबैका लागि उपयोगी सिद्ध भएका छन् । खासगरी सस्ता र कमसल खालका कच्चापदार्थलाई अति महŒवपूर्ण वस्तु तथा सेवाहरूमा परिवर्तन गर्न जैविक प्रविधि निकै महŒवपूर्ण सिद्ध हुन पुगेको छ । यसका साथै स्वास्थ्य क्षेत्रमा भएका नयाँनयाँ प्रतिजैविक औषधिहरूको खोज, उच्चकोटिका महŒवपूर्ण प्रोटिनहरूको अन्वेषण तथा उत्पादन, कृषि तथा बाली विज्ञान, वन पैदावर आदि क्षेत्रहरूमा अनुवंश परिवर्तीत बिरुवाको उत्पादन गर्न जैविक प्रविधिले महŒवपूर्ण योगदान पु¥याएको हुन्छ । 

त्यतिमात्र नभई जैविक प्रविधिले स्वास्थ्य, वातावरण, उद्योग, कृषि आदि क्षेत्रहरूमा नवीन सम्भावनाहरू पनि देखाएको छ । जसले गर्दा जीवहरूको विकासक्रम, संरचनादेखि लिएर तिनीहरूको व्यवस्थित उपयोगमा मद्दत पुगेको छ । यद्यपि जैविक प्रविधिको पूर्ण उपयोग अझै पनि वाञ्छितरूपमा हुन सकेको छैन तर विगतका नवीन उत्पादन तथा प्रविधिले केही हदसम्म जैविक प्रविधिको महŒव र उपयोगिता प्रष्ट पारिसकेका छन् । वास्तवमा जैविक प्रविधिको उपयोग सही ढंगबाट हुन सकेमा यसले हाम्रो मुलुकमा विद्यमान धेरै किसिमका सामाजिक तथा आर्थिक समस्याहरू समाधान गर्न मद्दत पु¥याउन सक्दछ । नेपालमा सामाजिक आर्थिक समस्याका रूपमा अनियन्त्रित जनसंख्या वृद्धि प्रमुख समस्या बनेर देखा पर्छ ।

पछिल्लो जनगणना, २०६८ को तथ्यांकअनुसार नेपालको कूल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ । जसअनुसार हालको जनसंख्या वृद्धिदर कायमै रहेमा आगामी ३०–३२ वर्षभित्र नेपालको जनसंख्या हालको भन्दा दोब्बर हुन पुग्ने अनुमान विशेषज्ञले गरेका छन् । यसरी द्रूत गतिमा वृद्धि भइरहेको जनसंख्याको ठूलो हिस्सा निरपेक्ष गरिबीको रेखामुनि छ । तसर्थ बढ्दो जनसंख्याको चापलाई ध्यानमा राखी कृषि उत्पादन वृद्धितर्फ जोड दिनुपर्ने टड्कारो खाँचो देखिएको छ । यसको लागि जैविक प्रविधि महŒवपूर्ण माध्यम बन्न सक्छ । 

नेपालका अधिकांश जनता खेतीपाती तथा स्थानीय प्राकृतिक स्रोतहरू विशेषगरी वनजंगल आदिमा निर्भर रहेका हुँदा सर्वप्रथम वनजंगलकै संरक्षण सम्बद्र्धनमा जोड दिनु अति जरुरी हुन्छ । त्यस्तै बहुसंख्यक ग्रामीण जनताको जीविका चलाउन तथा वातावरणीय सन्तुलन कायम राख्न भूक्षय नियन्त्रणमा जोड दिनु उत्ति नै आवश्यक हुन्छ । भूक्षय आज नेपालको मात्र नभएर विश्वकै एउटा प्रमुख प्राकृतिक समस्याको रूपमा देखापरिरहेको छ । भूक्षयबाट एक ठाउँको माटो प्राकृतिक वा मानवीय कारणले अर्को ठाउँमा गएर थुप्रिन्छ । जसले गर्दा सतहको खुकुलो, मलिलो माटो बगेर गई भूमिको उत्पादनशीलतामा कमी आउँछ । यसको सही कारण पत्ता लगाउन नसकी कृषकहरू रासायनिक मलको प्रयोग गर्नेतर्फ जोड दिन थाल्छन् र परिणामस्वरूप माटोमा अम्लीयपन बढ्दै जान्छ । यसबाट माटोको उर्वराशक्तिमा समेत क्रमिक रूपमा ह्रास आउन थाल्छ । भुक्षयकै कारण नेपालको भूमिबाट उर्वरा माटो हरेक वर्ष ठूलो परिमाणमा बगेर बंगालको खाडीमा जाने गरेको छ । 

नेपालको पहाडी क्षेत्रमा भूसंरक्षणको अभावमा जमिनको सतहबाट वार्षिक ४० देखि २ सय मेट्रिकटन प्रतिहेक्टरको हिसाबले माटो विनाश हुने गरेको बताइन्छ । यस्तो अवस्थामा समयमै देशमा उपलब्ध स्रोत र साधन प्रयोग गरी भूक्षय नियन्त्रण नगर्ने हो भने समस्याले विकराल स्थिति निम्त्याउने पक्का छ । त्यसकारण भूमिलाई भुक्षय, बाढीपहिरो आदिजस्ता प्राकृतिक प्रकोपहरूबाट जोगाउन जैविक प्रविधि अत्यन्त प्रभावकारी माध्यम देखिएको छ । किनकि, यस प्रविधिमा जैविक स्रोत तथा इन्जिनियरिङ विधिको प्रयोग गरिन्छ । 

विशेषगरी जैविक प्रविधिअन्तर्गत विभिन्न जातका वनस्पतिलाई अन्य भौतिक साधन जस्तै तारजाली, ढुंगा, सिमेन्ट, काठ आदि मिलाएर यान्त्रिक प्रविधिको सिद्धान्तअनुसार संरचना तयार गरिन्छ । यस किसिमबाट वनस्पतिको प्रयोग गर्नाले माटोको सतहलाई बचावट गर्नुका साथै गहिराइसम्म माटोलाई बलियो बनाउने काम गर्छ । यसका साथै माटोको चिस्यानलाई पनि जगेर्ना गर्न यसले मद्दत गर्दछ । यसका साथै वनस्पतिको प्रयोगले हरियाली बढ्न गई वातावरणीय प्रदूषणको स्थितिमा सुधार आउन थाल्छ । 

त्यतिमात्र नभई हामीले लगाएका वनस्पतिबाट अन्य कतिपय फाइदाहरू लिन सकिन्छ । घाँसपात, फलपूmल, काठ, दाउरा आदि पनि यीबाट प्राप्त गर्न सकिन्छ । घाँसमा विशेषगरी काँस, अम्रिसो, नेपिया आदि प्रयोग गर्न सकिन्छ । त्यस्तै झाडीका लामा हाँगा काटेर सार्न सकिने प्रजातिहरू जस्तै नीलकाँडा, पूmलकाँडा, असुरो, लालुपाते आदिजस्ता बिरुवाहरू लगाउन सकिन्छ । त्यसैगरी रूख प्रजातिमा छिटो बढ्ने रूखहरू जस्तै उत्तिस, बकाइनो, सिसौ, शिरिष, पिपल आदि विरुवा पनि यस प्रविधिअन्तर्गत लगाउन सकिन्छ । 

बायोटेक्नोलोजी पद्धति खासगरी कम उचाइयुक्त भौगोलिक बनावट भएको र छिटो भल बग्ने क्षेत्र (जहाँ भूक्षयका कारण गल्छी बन्ने सम्भावना रहन्छ) त्यस्तो ठाउँमा अति नै उपयोगी देखिएको कुरा विशेषज्ञ बताउँछन् । त्यस्तै सानातिना पहिरो नियन्त्रण गर्ने, खोल्सा किनार सुदृढीकरण गर्ने, गह्राका कान्लालाई स्थिरता प्रदान गर्ने आदि कार्यका लागि यो प्रविधि निकै प्रभावकारी देखिएको छ । 

यस प्रविधिमा प्रयोग हुने सामान स्थानीय स्रोतबाट सजिलै उपलब्ध हुन सक्ने भएको हुँदा स्थानीय जनता आफैं एकजुट भई कार्य गर्दा सरल तथा सुलभ ढंगले आप्mना समस्या समाधान गर्न सक्छन् । यसै कारणले गर्दा बायोटेक्नोलोजी प्रणाली नेपालको सन्दर्भमा अत्यन्त लोकप्रिय बन्दै गइरहेको छ । समष्टिमा भन्नुपर्दा यस प्रविधिले भूक्षय नियन्त्रण गर्न, ग्रामीण क्षेत्रमा हरियाली कायम गरी पर्यावरणीय सन्तुलन कायम राख्न एवं प्राकृतिक स्रोतसाधनको संरक्षण गर्ने कार्यमा उल्लेखनीय योगदान पु¥याउन सक्छ ।

त्यसैले नेपालजस्तो विकासोन्मुख मुलुकका लागि जैविक प्रविधिको विकास एवं विस्तार आवश्यकमात्र नभई अपरिहार्य देखिन्छ । यसका लागि सरकारले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थालगायत सम्बद्ध विज्ञहरूसँग आवश्यक छलफल र परामर्श गरी नेपालमा जैविक प्रविधि विकासका लागि प्रभावकारी कदम चाल्नुपर्ने खाँचो देखिएको छ ।

Views: 1