19th October | 2018 | Friday | 4:56:17 AM

समृद्धिका लागि प्रविधि

डा. रविन्द्रप्रसाद ढकाल   POSTED ON : Tuesday, 25 September, 2018 (3:02:13 PM)

समृद्धिका लागि प्रविधि

भित्तामा झुन्ड्याइएको विश्वमानचित्र या भूगोल शिक्षकले विद्यार्थीलाई देखाउने गोलाकार विश्वजस्तै संसार दिन प्रतिदिन सानो, झन् सानो हुँदैछ । अफ्रिका र दक्षिण अमेरिकाका खेलाडी युरोपियन देशबाट फुटबल खेलेर विश्वकप जिताएजस्तै संसारभरिका वैज्ञानिकहरू पनि सानो भूगोल या आफ्नै देश भन्दै खुम्चिएर बसेका छैनन् । जहाँ अवसर भेटिन्छ, जहाँ आफ्नो सोच मिल्छ, त्यतै दौडिएको देखिन्छ, जसलाई हामीले स्वाभाविक मान्नुपर्छ । वैज्ञानिक र प्राविधिकहरू साँच्चै सीमाविनाका जनशक्ति हुन् र हुनु पनि पर्छ । हाम्रा पुरोहितहरूले हाम्रा वेद र पुराणहरूलाई जसरी क्लिष्ट बनाए अनि आफ्नो मुठ्ठीमा राख्नका जाति विशेषको एकल स्वामित्वमा राखेका थिए, त्यसैगरी समाजले पनि विज्ञानलाई यस्तो विधा मानिदिएको छ, ‘जो असजिलो छ, तिक्ष्ण दिमागले मात्र गर्न सक्छ र ठूलो लगानी चाहिन्छ’ भन्ने धाराणा स्थापित गराइदिएको छ । 

ब्राहृमणको पेशा सुरक्षित राख्न गरिएका प्रयासजस्तै अज्ञानतावस विज्ञान र प्रविधिलाई देशका राजनीतिज्ञ, योजनाविद, प्रशासक सबैले ‘केही दिमागीय करामत गर्नसक्ने जमात या झुण्डहरूको बुद्धीविलास या गहनाका निम्ति गरिएका प्रयास हुन्, हामीजस्ता अल्पविकसित राष्ट्रले यो विधामा खर्च गर्न सक्दैन या गर्न हुँदैन’ भन्ने मोटामोटी निष्कर्षमा पु¥याएको देखिन्छ । समाजको चाहना र आवश्यकता असिमित छ, जो न्यून लागतमा परिपूर्ति हुँदैन । स्कुल जान तुइन तर्नु परेको छ, हामी विद्यालयमा माइक्रोस्कोप किन्न भन्छौं । बाटो भत्किएर पिच गर्नुपर्ने छ, हामी पदार्थ विज्ञानको प्रयोगशाला बनाउन भन्छौं । बजारमा डिजेलको माग बढेको बढ्यै छ, हामी सजिवन या अडिर रोपेर परिपूरण गर्ने कुरा गर्छौं । त्यसैले यही सन्दर्भमा केन्द्रित भएर यो आलेख तयार पारिएको छ । 

हाम्रा विद्यालयमा या विश्वविद्यालयहरूमा हाम्रा प्राकृतिक सम्पदाको समुचित सदुपयोग र राष्ट्रिय समस्या केन्द्रित समाधानसम्बन्धी सिकाइ हुने गरेको भए, शायद यो याचना पनि आवश्यक पर्ने थिएन र हाम्रो सूचकांक धेरै माथि उचालिइसकेको हुने थियो । जापानमा कुनै बालबालिका ६ वर्षको उमेरमा १ कक्षाको प्रारम्भिक शिक्षा सुरु गर्छ । स्कुल गएको पहिलो दिन प्राकृतिक विपत्ति र आपराधिक गतिविधिबाट जोगिने केही प्रारम्भिक सिकाइका साथै मेसमा खाना खाने तरिका सिकेर फूलको बिउ बोकेर घर फर्किन्छ । दुई कक्षामा जाँदैगर्दा त्यसको बिउ विद्यालयलाई फर्काउन गरिएको निर्देशन अक्षरशः पालना गरेको हुन्छ । आलुखेती, सखरखण्ड खेती सिकाउंदै धान रोप्ने र भिœयाउने काम सिकाउँदै प्राथमिक विद्यालयले दीक्षित गराउँछ । 

नेपालमा भने ठिक उल्टो फर्सी फल्ने रूख कति ठूलो होला भन्ने कौतुहलकै बीचमा उच्च माध्यमिक विद्यालय दीक्षित गर्ने स्थितिमा हामी छौं । यसरी हामी हाम्रा कर्णधारहरूलाई जीवन जिउन सिकाउनेभन्दा पनि नम्बरधारी नागरिक बन्न उत्प्रेरित गर्दैछौं । हाम्रा छोराछोरीहरू बाटो काट्ने तरिका नसिकी, ट्राफिक नियम नजानी, देशमा के कुरा कहाँ छ भन्ने कुरा थाहा नपाई संसारभर छरपस्ट भएका देख्छौं । 

हाम्रो उच्च कोटिको जनशक्ति हामीसँग नभएपछि अनुसन्धान गर्न आवश्यक पूर्वाधारको अभाव, कमजोर भौतिक र आर्थिक स्थिति अनि अनुसन्धान गर्ने संस्कृतिको राम्रो विकास नभएको वर्तमान परिवेशमा विज्ञान र प्रविधिको प्रयोगबाट समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न फरक ढंगबाट अघि बढ्न आवश्यक छ । एक दिन पनि ढिलो नगरी गहन छलफल गर्नपर्ने भएको छ । हामीले बुझ्नुपर्ने कुरा के हो भने विरह र विग्रहका गीत गएर न हाम्रो देश उकालो लाग्छ न हाम्रो चेहरामा खुसी छाउँछ । हामीले गर्नुपर्ने जे छ त्यहीबाट, जहाँ छौं त्यहीँबाट, जे गर्न सक्छौं, त्यही गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । यसै प्रसंगमा यो लेखक आबद्ध संस्थाले गरेका केही प्रविधि विकास वा प्रविधि हस्तान्तरणका प्रयासहरूका अनुभवहरू सम्प्रेषण गर्न चाहन्छु । 

देशमा धेरै पुल पुलेसा बनेका थिएनन् । चालीसको दशकमा राजमार्ग नै कति पो थिए र ¤ पुल बनाउन धेरै खर्च लाग्ने हुँदा शुन्यऊर्जा लागतमा चल्ने डुंगा बनाउन सकिने गरी जापानी सहयोगमा नास्टले त्रिशुलीमा परीक्षणसहित प्रविधि भिœयाउने काम ग¥यो । त्यस्ता डुंगा बनाउने साँचो हालसम्म पनि नास्टमै प्रयोगविहीन अवस्थामा छ । यो प्रविधि अद्यावधिक गरेको भए उही सिद्धान्तबाट प्रतिपादित तर अर्को प्रयोग गरी यो वर्ष युएनको महासभामा समानान्तर हिसाबले चल्ने ‘युएन–एनजिएलएस’ द्वारा आयोजित ग्लोबल सोलुसनमा छानिएको एक प्रविधिजस्तै विश्वव्यापीकरण भएको हुन सक्थ्यो । 

त्यस्तै, जमिनमुनिको पानी सौर्य ऊर्जाद्वारा तानेर सफल परीक्षण गरी यदाकदा प्रयोगमा आउन थालेको जस्तै कर्णालीको पानी तानेर मुगु, हुम्ला, बाजुरा, अछाम, दैलेख, डोटी, सुर्खेतजस्ता जिल्लाहरूमा कोही उद्यमीहरूबाटै पानी वितरण उद्योग चलाउने हो भने पनि सधैँ खाद्यान्नको संकट पर्ने कर्णाली प्रदेशको मुहार फेरिने थियो ।  

हामीलाई थाहा छ, नेपालभर फोहोर व्यवस्थापन गर्ने गरी कुनै पनि स्थानीय तहले नयाँ प्रविधि प्रयोगमा ल्याएको छैन । नेपाल सरकारले प्लास्टिकका झोलामा प्रतिबन्ध लगाएपछि सबै समस्या छु मन्तर हुन्छ भनेझैं ग¥यो । समाधानका खातिर नाष्टले पाइरोलाइसिस उपकरण भिœयाई प्रविधिगत अनुकूलन अनुसन्धान सम्पन्न गरी देशव्यापी प्रचार गर्न सफल भयो । स्कुले बालबालिकालाई प्लास्टिक मेसिनमा राख्न लगाई डिजेल बनाएर त्यही डिजेलबाट बिजुली निकाली म्युजिक प्रणालीसहित नृत्य प्रतियोगिता गर्दा आमप्रचार भएको थियो । तेस्रो चरणमा देशभरका केही प्रतिनिधि नगरपालिकासँगको सहकार्यमा गरिएको कार्यशालामा सबै उत्साही हुनु तर काम सुरु नहुनुले हामी एक गज्जब संस्कृतिका मानव हौँ भन्ने कुरा इंगित गर्छ । एक नेपालीले प्रतिदिन करीब ४० ग्राम प्लास्टि फोहोर उत्सर्जन गर्छ । सबै नेपालीले निकालेको प्लास्टिक फोहोर प्रतिदिन करिब ११६० टन हुन्छ । हाम्रो अनुसन्धानले देखाएको आँकडाअनुसार एक केजीबाट अधिकतम एक लिटर जति नै इन्धन बनाउन सकिन्छ । सरदार ६०–७० प्रतिशत इन्धन उत्पादन गर्दा पनि दैनिक ७५४ टन उत्पादन गर्न सकिन्छ जुन हाल खपत भएको पेट्रोलियम उत्पादनको १८ प्रतिशत हुन आउँछ । त्यसमा हुन आउने ऊर्जाको खपत घटाउँदा पनि १० प्रतिशत जति ऊर्जा फालेको प्लास्टिकबाट उत्पादन गर्न सकिन्छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले स्वचालित डुंगा, सौर्य ऊर्जाद्वारा पानी तान्ने पम्प, ब्रिकेट, प्लास्टिकबाट डिजेलजस्ता थुप्रै प्रविधिमा काम गर्दै हाल नेपाललाई भूउपग्रह युगमा प्रवेश गराउने गरी पनि काम थालेको छ । नेपालका प्राविधिकहरू आफैँले बनाउँदै गरेको स्याटेलाइट अर्को साल प्रक्षेपण गर्ने गरी नेपाल सरकारको आफ्नै बजेटमा काम हुँदैछ । यसले नेपालको प्राविधिक क्षमता र दक्षता बढाउनेछ भने आउने दिनमा आफ्नै भूमिमा पनि हामी उक्त स्याटेलाइट बनाएर निरन्तरता दिन चाहन्छौं । उक्त भूउपग्रहले दिने संकेत नाष्टबाट प्राप्त गर्नेगरी पूर्वाधार र जनशक्ति निर्माणमा हामी लागिरहेका छौं । यसले भोलि एउटा अन्तरीक्ष उद्योगमा समेत टेवा पु¥याउन सक्छ । जो पनि नेपाली उद्यमी बन्न सक्छ । त्यसको लागि लामो प्रतीक्षाको घडी तय गर्नुपर्नेछ । 

थुप्रै समस्या समाधानका लागि थुप्रै आन्तरिक समस्यासँग जुझ्दै अल्प बजेटमा पनि नास्टले अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गर्दै अघि बढिरहँदा नास्टले के ग¥यो भन्ने जमात पनि उत्तिकै छ । यो स्वाभाविक पनि छ । यो नास्टले केही गर्न सक्छ भन्ने विश्वास पनि हो । 

उल्लिखित केही प्रतिनिधि प्रविधिहरू हुन् जसलाई स्थापित गर्दा समृद्धिमा सहयोग पुग्नेछ । हाम्रो जनशक्ति नेपालमा बसेर नेपालका लागि काम गर्ने पृष्ठभूमि नबन्ने परिवेशमा ३५ वर्षमा नास्टको समुच्च बजेट जम्मा ३ अरब पुगेको छ । अनि हामी कसरी छलाङ मार्न सक्छौं ¤ काम भएको छ, त्यसलाई क्षमता विकासको रूपमा पनि हेरिएको छ तर सहकार्य नभई आउने दिनमा हामी कुनै पनि टुंगोमा पुग्न सक्दैनौं । सहकार्य प्राज्ञिक संस्थाहरूका बीचमा मात्र भएर पुग्दैन, उद्यमी र प्राज्ञिक संस्थाबीचको सहकार्य जरुरी छ, जसले प्रविधिको विकास गर्ने, पहिचान गर्ने, हस्तान्तरण गर्ने र निरन्तर अनुसन्धान गर्दै परिमार्जनमा जाने मोडेल निर्माण गर्छ । यहीँनेर समस्या के छ भने हामीले उपकरणलाई प्रविधि सम्झिएका छौं । एकपटक उपकरण ल्याएपछि प्रविधि भिœयायौँ भन्दै गर्दा त्यसमा आवश्यक पर्ने जनशक्ति विकास, प्रविधि आत्मसात गर्दै काम गर्ने दक्षता, समस्या समाधान गर्नसक्ने क्षमताको विकास हुनु नै साँचो अर्थमा प्रविधि स्थापित हुनु हो । यसका लागि निरन्तर अनुसन्धान आवश्यक पर्छ । निरन्तर अनुसन्धानको बीचमा हुने अनुसन्धानले नवप्रर्वतनात्मक प्रगति हुने देखिन्छ । 

दक्षिण कोरिया र चीनको विज्ञान प्रविधिको विकासको मोडेल नेपालले पनि अनुशरण गर्ने हो भने छलाङ मार्न सकिन्छ । विज्ञानले मात्र होइन, देशले पनि छलाङ मार्नेछ । उपकरण किनेपछि अरू लगानी गर्नु पर्दैन भन्ने धारणा उद्यमी, राजनीतिज्ञ र प्रशासकहरूबीच जबर्जस्त स्थापित छ । यसबाट मुक्त हुने हो भने प्रविधिको साँच्चै विकास हुनेछ । 


Views: 33