17th October | 2018 | Wednesday | 10:17:11 PM

घाम ! सत्य बोलिदेऊ

सिता आस्था ढुंगेल   POSTED ON : Friday, 28 September, 2018 (5:00:42 PM)

 घाम ! सत्य बोलिदेऊ

ए घाम !

अब तिमी पनि बोल !

अन्याय–अपराध कस्ले गर्यो ?

प्राणी जगतमा न्यानो भर्ने

बिशुद्ध तिमी !


आकाशबाट हेरिरहेछौ 

अन्याय छोपेर न्याय हुँदैन 

यहाँ कोहि सत्य बोल्दैन

अपराध आफैं  पनि बोल्दैन 

अपराधी खुलेआम सडकमा छ,

ऊ बोल्दैन !


तिमी हौ प्रत्यक्ष दर्शी

तिमी माथिबाटै भन   

अपराध कस्ले गर्यो?

उज्यालोमा अपराध हुन्छ भने 

सक्छौ तिमी बोल 

हुन्न भने तिमीले उज्यालो भरेको

जूनलाई सोध !

न्याय हराउनु हुँदैन,

न्याय मर्नु हुँदैन ।


हो घाम !

तिमी अनाथलाई न्यानोपन देऊ

बोली विहिनको आवाज बोलिदेऊ

म आकाश हेरेर भन्छु !


सत्य बोल्न तिमी बाहेक कस्ले सक्छ र ?

यहाँ अपराध दिनाँनुदिन बढ्दै छ,

कतै तिमी पनि मतियार भएका त छैर्नौ

होइन भने तिमीले सत्य बोल्नु पर्छ ।

अब त केवल तिम्रो मात्र आशा छ, घाम !

तिमी सत्य बोलिदेऊ ।


Views: 257