17th October | 2018 | Wednesday | 10:27:40 PM

छोरीले धिक्कार्लिन

ज्योति दाहाल   POSTED ON : Sunday, 30 September, 2018 (11:28:59 PM)

छोरीले धिक्कार्लिन

  

सृष्टिकर्ता छोरीलाई सधै, यसैगरि मार्छौ भने

झुक्याइ फसाइ त्यही छोरी ,बेसाहारा पार्छौ भने

भ्रुण हत्त्या सहि हो, न्याय तिनलाई मिल्छ बरु।

अन्यायमै पर्छन आधा,मौनताले निल्छ अरु।


हिजो एउटी आज अर्कि ,पालैसित यहि मर्छन् ।

हेर्छ समाज ट्वाल्ल परि , मनलाग्दी अरु गर्छन् ।

कस्लाई भन्छौ मेरी प्यारी दिदी, बहिनी, भाउजू पनि।

भुलेउ कसरी जन्मेकै हुन आमा पनि छोरी बनी।


धिक्कार्ला यहि माटोले,जस्लाई आमा भनी पुज्छौ।

अबेर होला अति धेरै, जब छोरीको भाव बुझ्छौ।

नजन्मेलिन् भोलि छोरी तिम्रो घरमा कुनै जुनि।

लेख्देउ अब बनाउ कानुन नबस अझै मुख थुनी।


सम्झनु तिमी छोरी बिना लक्ष्मि घर बस्ने छैनन्

नारीको इज्जत नहुने ठाँउ ,नयाँ सृष्टि पस्ने छैनन् 


Views: 222