17th October | 2018 | Wednesday | 10:21:01 PM

प्रकृति र नदी

मुना दाहाल   POSTED ON : Sunday, 07 October, 2018 (3:20:29 PM)

प्रकृति र नदी

रारा हाँस्दछिन् लजालु बनेर,फेवा गजक्क हुँदा ।

कञ्चन टल्की टलक्क रहँदा,अपि देखाउँछ गिजा ।।

हिऊँबाट जन्म हुँदै समुन्द्र तिरको लम्काइमा बग्दछ ।

प्रवासी रूपमा, सिन्धू र गंगा एकै साथ संगम छ ।।


प्रतिस्पर्धा गरांै भनिकन, उछिन्दै दौडे जलप्रवाह ।

सिन्धू पौडीखेलि शुक्लजल, मिलन हुने एक सागर ।

पर्वत प्रान्तमा तरंगिगणी हुँदै,बग्छ समुन्द्री जल ।

श्वेत सरिता धुनमा उर्ली छड़छड़ बग्यो छहरे छाल ।।


देखिन्छ गिरी प्रताप भवन, सुन्दर स्वच्छ निर्झर ।

दिव्य क्षीर सागर झै लाग्छन् श्वेत सफा मनोहर ।।

गंगा कौशिका भेरी कोशी आफ्नै आकृतिले भरिदिँदा ।

हिडाइयो आफैं बाटो पहिल्याई टिष्टा ऐरावती बिदा ।


अरुणभ्याली सुन्दर नगरी आई बसेका चरा ।

वनका बुट्यान भित्र लुकेका सौन्दर्यताले भरा ।।

जुम्ली हुम्ली नगरवासी पनिछन् प्रकृति औं धनी ।

अन्तु आफैँमा अलौकिन बनेको सूर्य उदाउँछ भनी ।।


हिमालपारी बसिकन सब देख्ने हरियो फाँट अझै ।

दाप्चा काप्चा मिलेर बसेका दार्चुलाका ति काँठ बज्यै ।।

भो जन्म हिऊँमा बगेर जाँदा आखिर पुग्नेछिन् गंगा त्यही ।

सेता दन्त धोई पखाली सफा भैकन पुग्ने आखिर उँही ।।


कालीछन् गण्डकी झनै तीर पनि शालिग्रामकै धनी ।

कर्णाली अहो नबोलौ यसको डल्फिन पौडिन्छ मुनी ।।

रारा सुन्दर छ मुगु हुनाले नै प्रकृतिको छ खानी।

घुम्दै पाखा पखेरू मुनिका बग्दै पुगेछन् गंगा नी ।।


Views: 191