15th December | 2018 | Saturday | 10:09:52 PM

बलात्कार : विकृत यौन मनोविज्ञान

भूपेन्द्र पाण्डे   POSTED ON : Tuesday, 09 October, 2018 (2:28:43 PM)

बलात्कार : विकृत यौन मनोविज्ञान

सामान्यतया बलात्कार महिलामा हुने ठम्याइ छ । समाजमा सबैभन्दा बढी हुने घटना पनि यस्तै खालका छन् । तर, यदाकदा पुरुषमा पनि महिलाबाट बलात्कार प्रयास भएका छन् । निर्मला पन्तलाई बलात्कार गरी हत्या गरिएपछि बलात्कार भन्ने शब्द धेरै प्रयोगमा आएको छ । 

कसैको इच्छा विपरीत दबाबमा वा ललाईफकाई गरिएको यौनसम्बन्ध बलात्कार हो । बलात्कार खराब यौनमानसिकता र यौन आवेग नियन्त्रण गर्न नसकी हुने एक समस्या हो । यसलाई प्रश्रय दिने काम समाजका केही संयन्त्रले गरेको देखिन्छ । यसरी हेर्दा बलात्कारलाई सामाजिक मुद्दा र मानसिक समस्या भनेर व्याख्या गर्न सकिन्छ ।

बलात्कारका कारण धेरै हुन्छन् । व्यक्ति विशेष फरक कारण पाइएलान् तर समग्रमा यौन आवेग, मानसिक असन्तुलन, सामाजिक, सांस्कृतिक र आर्थिक पक्ष नै यसका कारण हुन् । किशोर किशोरीमा बढ्दो उमेरको प्रभावसँगै शारीरिक र मानसिक परिवर्तनले यस्ता प्रकारका घटना हुने गर्छन् । यस्ता प्राकृतिक कारणले बलात्कारका लागि त्यति ठूलो भूमिका खेल्दैनन् । 

व्यक्तिले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरेका कारणबाट आवेग नियन्त्रण गर्ननसकी हुने बलात्कार तुलनात्मकरूपमा बढी घातक हुन्छ र यस्तो अवस्थामा ती हत्यामा पनि परिणत हुन सक्छन् । सिनेमाका हट सिन, पोर्न मुभी, उत्तेजक पहिरनजस्ता कुरा यसका कारक बन्न सक्छन् । मानिसले यी विभिन्न कारणबाट हुने उत्तेजना नियन्त्रण गर्न कसैलाई कसैको इच्छा विपरीत जाई लाग्छ भने त्यसलाई बलात्कार भनिन्छ ।

कोही मनोरोगी हुनसक्छ । रचनात्मक कार्य गर्ने, साहित्य सिर्जना गर्ने, पुस्तक पढ्ने, खेल खेल्ने, आफूलाई मनपर्ने काम गर्ने, सकारात्मक सोच राख्ने, ध्यान, योग गर्नेजस्ता मानिसबाट यस्ता काम हुन्छन् । असामान्यवस्तुको सेवन, कसैलाई आफ्नो बनाउने प्रयास, आधिपत्य जमाउने मनासय, दुस्मनी, बदलाको भावना, एकोहोरो प्रेमजस्ता कुरा मानसिक समस्या हुन् र यिनले मानिसमा नकारात्मक सोच पैदा गराउँछ र ऊ यही कारणले नराम्रा कार्यतर्फ उद्यत हुन्छ । बलात्कार एउटा यस्तै परिणति हो ।

सामाजिक, सांस्कृतिक र आर्थिक पक्ष यसको एउटा कारण हुनसक्छ । यसले व्यक्ति कस्तो समाज कस्तो संस्कार र वातावरणमा हुर्किएको छ । उसले के कुरा सिकेको छ र कस्तो व्यवहार जानेको छ भन्ने कुरामा जोड दिन्छ । विशेषगरी समाजका ठूलाबडाले गरेको गल्ती लुकाउने, आर्थिकरूपले विपन्नलाई दबाई उनीहरूको शोषण गर्ने चाहना राख्ने कुरा उसको समुदाय र संस्कारले सिकाइरहेको हुन्छ र उसले यो व्यवहार आफ्नै समाजमा गरेर देखाउँछ । प्रायः समाजमा दोषी महिलालाई मानिन्छ । पद र शक्तिमा भएका व्यक्तिले सीमान्तकृत वर्गमा गर्ने यौन दमनजस्ता अनेक कारणले बलात्कारलाई प्रश्रय दिएको पाइन्छ । यस्ता कारणले बलात्कारमा वृद्धि भएको कुरा नकार्न मिल्दैन ।

सबैभन्दा बढी बलात्कारको सिकार हुने समूह आश्रित समूह हो । यो उमेर १५ वर्षसम्मको मानिन्छ । पछिल्लो दुई महिनाका बलात्कारका घटना हेर्दा यसमा सबैभन्दा बढी बालिका र ६०ं वर्ष कटेका वृद्धा देखिन्छन् । किशोर र यौवन अवस्थामा सामूहिक बलात्कारका कारण युवती बलात्कृत भएका हुन्छन् । 

आश्रित समूहका बालिका सजिलै प्रतिकार गर्न नसक्ने भएका कारण बढी बलात्कारमा पर्ने गरेका छन् । यो उमेर समूहलाई फकाउन र मनाउन सजिलो हुन्छ । धम्की देखाउँदा छिट्टै डराउँछन् । यो उमेर समूहले सजिलै समाजमा, अभिभावक, आफन्तसँग कुरा खोल्दैनन् उनीहरू आफूमाथि भइरहेको व्यवहार राम्रो हो या नराम्रो छुट्टाउन सक्दैनन् । त्यो किसिमको भाव विकास भइसकेको हुँदैन । र, उनीहरूमा प्रतिकार गर्नसक्ने क्षमता पनि कम हुन्छ । जसका कारण यिनीहरू आफ्नै कमजोरीका कारण वा बल्याकमेलिङको सिकार बनी बलात्कृत भइरहेका हुन्छन् । 

बलात्कार नियन्त्रण गर्नका लागि कुनै एक पक्ष लागेर हँुदैन । यसका लागि व्यक्ति, परिवार, समाज र सरकार एकजुट भएर लाग्नुपर्छ । जसका लागि व्यक्तिबाट यो अभियान सुरु गरिनुपर्छ र यसैबाट परिवार समाज र देशका बलात्कार नियन्त्रण गर्न सकिन्छ । जसका लागि यौन शिक्षालाई जोड दिइनुपर्छ । बालबालिकादेखि परिवारका सबैलाई बालबालिकामाथि हुने यौन अपराधका बारेमा जानकारी लिई सजक हुन सिकाउनुपर्छ । नचिनेका मानिसबाट बच्ने सल्लाह दिनुपर्छ । बालबालिकालाई उमेरअनुसार आउने परिवर्तनका बारेमा बताइ सजग बनाउनुपर्छ । यौन हिंसा, यौन दुव्र्यवहार, बलात्कारले समाजमा पार्ने असरबारे सबैलाई बताउनुपर्छ ।

सरकारले यौन दुव्र्यवहार गर्नेलाई कारबाहीको दायरमा ल्याउन कानुनी तयार पार्नुपर्छ । साथै, यस्ता कार्य गर्नेलाई उन्मुक्ति दिनु हँुदैन । निर्दोष व्यक्ति फस्ला कि भनेर सजग हुनु आवश्यक छ । बलात्कारीलाई सामाजिक बहिष्कार गर्नुपर्छ । समाजमै भित्रभित्रै यस्ता घटना मिलाउँनतिर लाग्नु उचित होइन । 

यौन दुव्र्यवहार र यौनहिंसा गर्नेलाई कारबाहीको दायरामा ल्याइनुपर्छ । जसका लागि समाजले समाजमा हुने गरेका यस्ता घटना सरकार वा कानुनका दायरामा ल्याउनुपर्छ । यसो हुनसकेमा बलात्कारका घटना कम भई बालिका वा किशोरीले बलात्कारको सिकार भएर अनाहकमा ज्यान गुमाउनुपर्दैन ।

 


Views: 71