27th May | 2019 | Monday | 2:47:54 PM

आएन दशैं जडौरी लाउनेलाई

मुना दाहाल   POSTED ON : आश्विन २३, २०७५ (१०:२० AM)

आएन दशैं जडौरी लाउनेलाई

वल्लोघर पल्लो घर दशैं रन्की आयो।

आफूहरूले खाको भाँडा माझ्न कान्छीलाई बोलायो ।


तिन्का भने छोराछोरी  जुठ्याल्नालाई हेर्छन् ।

साहेवले खाइ रको पखालेरै जान्छन् ।


यो दशैँ नि हुने र खानेलाई।

 आको छैन घरको काम गर्नेलाई।।


आमा भाँडा माझीकन मध्यरातमा आउँछिन् ।

जुठो मासु पोको पारी बालबच्चालाई ल्याउँछिन ।


अँधेरीमा आँखा चिप्रा कोट्याएरै खाने ।

कस्तो होला दशैं पर्व ठुलाठालु माने ।।


आको छैन गरिवको झुप्रोमा

 आड़मा छैन एकसरो झुम्रो त्यहाँ ।।


पखालेको त्यो खल्लो मासुभात

 लगाउँदैछन् आ–आफ्नो पेटलाई भाग।।


जडौरीलाई कुरेरै बस्दछन् ।

घरको सफाइ गर्दिदा केहि पाउँछन्।


यो दशंै नि हुने र खानेलाई ।

छैन आको जडौरी लाउनेलाई ।।


Views: 448

सम्बन्धित सामग्री:

मातृ महिमा !

सीता भण्डारी कँडेल : बैशाख २२, २०७६ (३:०८ AM)