19th November | 2018 | Monday | 2:52:20 AM

खाली निधार, रित्तो हात

मुना दाहाल   POSTED ON : Sunday, 04 November, 2018 (3:20:41 PM)

खाली निधार, रित्तो हात

पोहोर सालको माला त्यसै वैलाएर गयो।

यसपाली नि आउने छाट हराएरै आयो।


फूलबारीमा फूलहरूले जिस्क्याएरै भन्छन्।

विरानो त्यो मुलुकमा दाजुभाइ रुन्छन्।


सेल रोटीको पिठो कुट्न आमा एक्लै जान्छिन्।

छोराछोरी डिपार्टमेन्टको प्याकेट पुरी ल्याउँछन्।


दाउन हुन्थ्यो घिऊ र छाली मिसाई बनाएको।

प्याकेटका सेलमा डाल्डा सोडा मिलाएको।


आमा रुन्छिन सेल रोटी र बागको फूल हेरी।

बाबा रुन्छन लिड़्गे पिंगमा आफ्ना नदेखी।।


घरभित्र लक्ष्मी सोध्छिन पाऊ बनाऊने खै तरु 

काग कुकुर गाई र गोरू पुज्ने अब को त गुरु


ओखर कटुस फुटाएर यमराजलाई सार्ने।

खुशियाली हुँदै चेली दाजुभाइलाई ढाक्ने।


सप्तरंगी निधारमा काँधमा मखमली।

ढल्काएर ढाका टोपी सयपत्रीको सोली।।


हिजोको त्यो तिहारको रन्को कस्तो हुन्थ्यो

यसपाली नि खाली निधार रित्तो हात बन्यो।।


Views: 148