19th December | 2018 | Wednesday | 12:52:24 AM

मेरो देश

मुना दाहाल   POSTED ON : Sunday, 25 November, 2018 (12:09:27 PM)

मेरो देश

अनगिन्ती श्रृङ्खला छन् देशकै गौरव शान।

आफ्नैसंग बोकी हिड्छन् देशकै स्वाभिमान ।

शिरमाथि टल्किरहन्छ अद्भूतको राज।

विश्वसामु चिनाउने छ सगरमाथाको ताज।।


नझुक्नेछ शिर उनको उँचाइमाथि रहने।

दुनियाँलाई पछि पार्दै आफु अघि बढ्ने।।

प्रथम उनको नामै काफि टाकुरामै बहिन्।

हिरा मोति शिरमा राखी सदा टल्कि रहिन् ।।


अद्भुतको रहस्यले भरिपूर्ण छ मेरो देश।

लुकेकाछन् प्रतिभाहरू अनौठो भाषा भेष।

जता जान्छन् उहि विजयको ध्वनी गुन्जियो ।

संसार सामु आफ्नो पहिचानलाई बाँधियो ।।


हिमाली श्रृंखला आफ्नै विचित्रको सुन्दर अन्त कहाँ ।

प्रकृतिको शान सौगातले पवित्र मन्दिरहरु छन् जहाँ ।।

उठाई राष्ट्रको नाम शिखर अझ प्रफुल्लित भो।

सक्दैनन् टिक्न अरू कुनै नेपाली  सामुन्ने जो ।।


छैनन् यति सुन्दर टाकुरा पर्वत श्रृंखलाको के कुरा।

राम्रा असाध्यै मनका सफा सुन्दर उधुम चम्किला ।

नेपाली भुमिको माटो सुगन्धित छन् अत्तर छर्केका।

कस्तुरी मृगका बथान उफ्रदै वन वन रम्दै भुलेका।


Views: 135