25th June | 2019 | Tuesday | 11:29:18 AM

मलाई माफ गर आमा !

बिनु लुइँटेल   POSTED ON : मंसिर २८, २०७५ (१:२४ PM)

मलाई माफ गर आमा !


हो आमा ! तिमीलाई

म ठूलो र असल  मान्छे बनेको  हेर्न रहर थियो 

म ठूलो बनेर पराक्रमी बनेको सुन्ने इच्छा थियो ।

 तर, 

मलाई माफ गर आमा! म ठूलो र असल

 बन्न सकिन ।


मलाई पनि तिमी चिन्तित भएको मन पर्दैनथ्यो 

यसैले सानो सानो  चोट सधै लुकाउने गर्थे 

तर, 

मलाई माफ गर आज तिमी रुँदै छौ रे

मैले चोट लुकाउनै सकिन आमा ! 


म जन्मिएको केही दिनमा ज्योतिषलाई मेरो भविष्य देखाउन

 तिम्रो सुत्केरी शरीर दौडाएकी थियौ रे

  म जन्मिदा तिमी हर्षको  आँशु झार्दै रोएकी थियौ रे आमा ! 

  साँच्चै भाग्यमानी छे भने रे ज्योतिषले 

त्यो बेला तिमी खुशिले  रातिपिरी भएकी थियौ रे 


तर, 

मलाई माफ गर आमा ! म भाग्यमानि हुनै सकिन ।

ती ज्योतिषको ज्योतिष विद्याले चुनौति सामना गर्दैछ, 

म त झनै अभागी बन्दै छु आमा !


म जब रुने गर्दथे अनि तिमी म सगंै रुन थाल्थेउ 

अनि जब खुशीले हाँस्थे सबैलाई हसाइ राख्ने छे यस्ले भन्थेउ 

त्यो बाल मानसपटलको कुरा अझै मलाई यादगार छ आमा ।

तर,

मलाई माफ गर आमा !  मैले कसैलाई हसाउन सकिन,

म त झनै एक्लै रुदै छु ।


Views: 326

सम्बन्धित सामग्री:

बाको मनै चिराई

मुना दाहाल : असार ७, २०७६ (७:०६ AM)