24th March | 2019 | Sunday | 8:54:12 AM

कुहिरो चिर्दै आइदेऊ रवि

मुना दाहाल   POSTED ON : पुष ६, २०७५ (१२:११ PM)

कुहिरो चिर्दै आइदेऊ रवि

आऊ तिमी कुहिरोको धब्बा फाक्दै ज्योति उज्यालो लिइ।

काँपेका शरीर थाकेका पाखुरी ऊर्जा सबैमा भरदिई।

झुल्किदेऊ लालीओठ भरी हाँसी बसेकी सुन्दरी। 

 गम्की गजक्क गुमेर किन पाउँथ्यो सुख तिमीले रवि।।


हेमन्त तिमीसंग झुल्किएको घामै नजाओस् लाग्छ।

अँधेरीसंगै आएका शितलहर सखाप पारी भाग्छ ।

बन्यौ यति प्रिय झै मायालु सखी तिमी मनमा आइ।

नछुटोस् कतै साथ तिम्रो झुटो प्रितीले प्यार लगाई। 


माया गर्दै न्यानो छर्छौ तिमी यति प्यारो लाग्दछ।

निष्ठुरी भै छाडी गयौँ भने पक्कै झ्यारो लाग्दछ।

रुँदै शितका लहर बोकी आफै अँधेरी पनि ल्याउँछ। 

चिर्दै कुहिरो बिहानीको सूर्य ज्योति धर्तीमा खन्याउँछ ।।


सन्ध्या साँझ सदा एकै समयमा लौ जान मागे बिदा।

बृद्ध, बालक, प्रौढ सबजनालाई पार्दै आनन्द फिदा।

कामकाजीहरु नि बनेका छन् यहाँ तिम्रै नजिकका प्रिय।

यसै मौसममा बनिदिने गर्छौ कहिले त साह्यै निर्दय।।


रोगीवृद्ध अशक्त बालकहरू छन् तिम्रै प्रकाशमा निर्भर

छैन यहाँ सबका घरमा, न छानो न छ वस्त्र आङभर । 

अहिले कसैका छानाभित्र छिर्दैनन् प्रकाशका किरण

 फेरी वर्षातमा भरिदिन्छ जलमग्न बनाइदिन्छौ आँगन। 


भोलीको ज्योति छरोस् आङमा भिज्ने आउने पसिना

लगलग काँपेका हरिया ओठमा छरि सुमधुर बासना।

सबको लाग्नु प्यारो मायालु भै बन्नु दयालु पनि

 इष्र्या नगरुन न्यानोस्पर्शमा आनन्द मानुन जो पनि ।


न्यास्रो मान्दै हेरिरहुन टाढा हुँदै पर तिमी जाँदाको।

शितल छहारीले पनि बोकी ल्याउँछ ठिही जाडाको। 

बन्नु बहुमूल्य रत्नजडित बस्नु मन मुटुमा प्यारो भै।

नपर्खाई रहनु चारैतिरका ति सम्पूर्ण सृष्टि जगतमै।।


Views: 140

सम्बन्धित सामग्री: