22nd January | 2019 | Tuesday | 9:48:56 AM

कविता : कुहिरो चिर्दै आइदेऊ रवि

मुना दाहाल   POSTED ON : Saturday, 22 December, 2018 (5:00:16 PM)

कविता : कुहिरो चिर्दै आइदेऊ रवि

आऊ तिमी कुहिरोको धब्बा फाक्दै ज्योति उज्यालो लिई 

काँपेका शरीर थाकेका पाखुरी ऊर्जा सबैमा भरदिई ।

झुल्किदेऊ लालिओठभरि हाँसी बसेकी सुन्दरी । 

गम्की गजक्क गुमेर किन पाउँथ्यो सुख तिमीले रवि ।

हेमन्त तिमीसँग झुल्किएको घामै नजाओस् लाग्छ ।

अँधेरीसँगै आएका शितलहर सखाप पारी भाग्छ ।

बन्यौ यति प्रियझँै मायालु सखी तिमी मनमा आई 

नछुटोस् कतै साथ तिम्रो झुटो प्रीतिले प्यार लगाई ।

 माया गर्दै न्यानो छर्छौ तिमी यति प्यारो लाग्दछ 

निष्ठुरी भै छाडी गयौं भने पक्कै नराम्रो लाग्दछ 

रुँदै शितका लहर बोकी आफैँ अँधेरी पनि ल्याउँछ 

चिर्दै कुहिरो बिहानीको सूर्य ज्योति धर्तीमा खन्याउँछ ।

सन्ध्या साँझ सदा एकै समयमा लौ जान मागे बिदा

बृद्ध, बालक, प्रौढ सबजनालाई पार्दै आनन्द लिँदा ।

कामकाजीहरू नि बनेका छन् यहाँ तिम्रै नजिकका प्रिय

यसै मौसममा बनिदिने गर्छौ कहिले त साह्रै निर्दय ।

रोगी, वृद्ध, अशक्त, बालकहरू छन् तिम्रै प्रकाशमा निर्भर

छैन यहाँ सबका घरमा, न छानो न छ वस्त्र आङभर । 

अहिले कसैका छानाभित्र छिर्दैनन् प्रकाशका किरण

फेरि वर्षात्मा भरिदिन्छ जलमग्न बनाइदिन्छौं आँगन । 

भोलिको ज्योति छरोस् आङमा भिज्ने आउने पसिना

लगलग काँपेका हरिया ओठमा छरी सुमधुर बासना

सबको लाग्नु प्यारो मायालु भै बन्नु दयालु पनि

इष्र्या नगरून् न्यानोस्पर्शमा आनन्द मानून् जो पनि ।

न्यास्रो मान्दै हेरिरहून् टाढा हुँदै पर तिमी जाँदाको

शितल छहारीले पनि बोकी ल्याउँछ ठिही जाडाको 

बन्नु बहुमूल्य रत्नजडित बस्नु मन मुटुमा प्यारो भै

नपर्खाइ रहनु चारैतिरका ती सम्पूर्ण सृष्टि जगतमै ।


Views: 73