24th March | 2019 | Sunday | 8:09:59 AM

घोचपेच – नेता र जनता

कृष्णप्रसाद सुवेदी   POSTED ON : पुष २०, २०७५ (७:२८ AM)

घोचपेच – नेता र जनता

पात्रः  नेतात्रय 

स्थानः चिया पसल

तीन नेता एकआपसमा गफ गरिरहेका थिए । पहिलो,दोस्रो र तेस्रो ।

म जती बाठो कोही छैन नेपालमा । चार–चार चोटी देशको प्रम भए । आफ्नो दल नै फुटाएँ । घाटा हुने भयो अनि जोडे । अनि त्यही दलको सभापति भए । भन्दे खिलाइ सबै भन्दा पुरानो दलको । सभापति बने ।

तपाईँको कुरा घाममा सुकाउनुहोस् । गणतन्त्र ल्याउनु र बयल गाडामा अमेरिका जानु उस्तै हो भन्ने मै हुँ । तर गणतन्त्र नेपाल कै प्रम भएँ । फेरी एक पल्ट मात्रै हो र ? ! दुइ–दुइ पटक । अर्का दौतरीले भने ।

तपाईँको कुरा बतासले उडाएर लगेस् । नेपालमा जनयुद्ध रोपे । सत्रहजार ले ज्यान गुमाए । राजालाई धपाए । ठूलो दल बनाए र मै राजाश्री ठाँटमा बसें । सकिन लागेको आफ्नो दललाई अर्को दलमा मिलाए ।  सबै भन्दा ठूलो दलको ठूलो नेता बने । उनीहरुको पार्टीका दुई ठूला नेतालाई मने एउटै थाङ्नामा सुताए । कूभलो चिताएको हैन है । इश्वर दाहिना भए चाँडै पहिलो नेता बन्दैछु । अर्का बढे नेताले सगौरव भने । 

पहिलो नेतालाई सहि नसक्नु भयो । आफू माथि पर्ने उपाय सुल्झाउँदै थिए । एउटा किसान घोडामा बसेर खसी डोराउँदै गरेको देखे । उ त्यो किसानको खसी जसले झ्याप पार्न सक्दछ उही सबै भन्दा बाठो ! उनले भने । अनि हत्तपत्त खसि ल्याउन दौडिए । खसीको घाँटीमा बाँधेको घण्टी निकाले । घोडाको पुच्छरमा बाँधे । गदगद हुँदै उनले खसी लिएर आए ।

दोस्रो पनि के कम । त्यस्तो जाबो खसी । उ त्यो किसान चढेको घोडा ल्याउन सक्ने पो नेता । भन्दै दोस्रो नेता दौडिए । किसान नजिक पुगे । घोडाको पुच्छरमा घण्टी बाँध्ने कस्तो जमना हो यो ? भन्दै उनी हाँसे । किसान पछाडी फर्के र हेरे । खसी त छैन। हत्त न पत्त घोडाबाट हामफाल्दै खसी खोज्न गए । घोडामा सवार हुँदै दोस्रो नेता मुस्कुराउँदै चिया पसलमा आए ।

तेस्रो नेता पनि के कम ? त्यस्तो जाबो घोडा । भन्दै दो बाटो तिर दौडिए । चिच्याउँदे रुन लागे । खसी, घोडा हराएका किसान पनि रुँदै आइपुगे । ह्वाँ कि ह्वाँ रुँदै गरेको मनुवा देखेर किसानलाइ दया आयो । पक्कै पनि मलाई भन्दा बढी पिर परेको हुनु पर्दछ, उनले सोचे । किन यसरी रोएको ? के भयो भनि सोधे । 

झोलामा १ किलो सुन बोकेको थिएँ । साह्रै प्यास लाग्यो । बाल्टिनले पानी उघाउँदा सुन इनारमा खस्यो । झिक्न सकिन । कसैले झिकेमा बरु आधा उसलाइनै दिने थिएँ । सुकसुकाउँदे तेस्रो नेताले भने । 

किसानलाई दया आयो । खसी र घोडा हराए र के भो र ! बरु सुन झिक्छु । उसको पनि हित । मेरो पनि । मौका यही हो भन्ने सोचे किसानले । हत्त न पत्त लुगा खोल्दै सुन निकाल्न इनारमा पसे । तेस्रो नेताले किसानको लुगा लिएर बाटो लागे । कुन नेता धूर्त ?

छुट्याउनले जिम्मा तपाईँको ।


Views: 669

सम्बन्धित सामग्री: