26th June | 2019 | Wednesday | 10:02:14 PM

भारोत्तोलनका सारथि : मिठ्ठु गुरु

रमा लुइँटेल   POSTED ON : पुष २८, २०७५ (१०:५५ AM)

भारोत्तोलनका सारथि : मिठ्ठु गुरु

पार्थ सारथि सेन गुप्ता अर्थात मिठ्ठु गुरु । पार्थको अर्थ कृष्ण र सारथिको भनेको अर्जुन । नातिलाई बोलाउँदा कृष्ण र अर्जुनको नाम एकैपटक उच्चारण होस् भनेर उनका हजुरबाले यस्तो नाम राखिदिए । सेन उनको उपनाम रहेछ, टाइटल हो भन्छन् । उनलाई सानैदेखि सबैले मिठ्ठु नै भन्थे । गुरु अर्को टाइटल थपियो, जुन उनको कर्मले दिएको थियो । यसरी उनले आफ्ना नामको अर्थ खुलाए । भारोत्तोलन खेलको प्रशिक्षक भएर काम गर्न थालेपछि मिठ्ठु सबैका ‘गुरु’ भए, खास गरी खेलाडीका । 

पूर्वी तराईको विराटनगरमा ६४ वर्षअघि जन्मिएका मिठ्ठु त्यसो त विज्ञानका विद्यार्थी थिए । जीवनका केही शिशिर–वसन्त उनले विज्ञान शिक्षक भएर बिताए । एसएलसीपछि उनलाई धेरैले विज्ञान नपढ्न सुझाव दिएका थिए । उनीहरूले मिठ्ठुमा पढ्ने क्षमता देखेका थिएनन् कि रुचि, त्यो थाहा भएन । मिठ्ठु भने विज्ञान नै पढ्न चाहन्थे र नपढ भनेर सल्लाह दिनेलाई पढेरै जवाफ दिन चाहन्थे । उनले विज्ञान नै पढ्ने निर्णय गरे । साँच्चै उनको समयमा विज्ञान पढ्न सजिलो थिएन । पाठ्यक्रम अनुसारको किताब पाइँदैन थियो । नोट पाइँदैन थियो । लेक्चरको भरमा पढ्नुपथ्र्यो । इन्टरनेटको जमाना थिएन । आवश्यकताअनुसारको पुस्तकालय थिएन । तैपनि मिठ्ठुलाई साइन्स पढ्न उनी आफैँ र अरूले सोचेजस्तो गाह्रो भएन । शिक्षकहरू चाहिँ राम्रा थिए । 

खेलमा मिठ्ठु गहिरो रुचि थिथो । विज्ञानको पढाइ र खेलकुदलाई एकसाथ अघि बढाउन उनले अलिक कडा मिहिनेत गर्नुप¥यो । विद्यालय तहको विद्यार्थी हुँदादेखि नै खेलकुदमा रुचि राख्थे । फुटबल राम्रो खोल्थे । शरीर बलियो बनाउने रहर थियो । रेस्लरहरूको शारीरिक सुगठन हेरेर त्यस्तै बनाउन पाए हुन्थ्यो भन्ने कल्पनामा डुबुल्की मार्थे । दारासिंहको बलिष्ठ शरीरबाट उनी प्रभावित थिए । अनेकौँ बलिष्ठ शरीर हेर्नकै लागि उनी फिल्म हल धाउँथे । म्यागेजिनहरू खोजी खोजी हेर्थे, पढ्थे । खेलमा जति रुचि थियो, उनका लागि त्यति सहज अवस्था भने थिएन । खेल भन्ने बित्तिकै धेरैजसो मानिस नाक खुम्च्याउँथे । सामाजिक मान्यता कम थियो । पढाइमै जोड दिनुपर्छ, खेलेर केही हुँदैन भन्ने धेरैको धारणा हुन्थ्यो । खेलकुदमा लागेपछि पढ्दैनन् भन्ने ठानिथ्यो । खेल्नु भनेको पढाइ बिगार्नु हो भन्ने धारणा थियो । नपढ्ने र बिग्रेकाहरू मात्रै खेलकुदमा लाग्छन् भन्ने धारणा थियो । उनी यस्तो घारणा गलत मान्थे र तोड्न चाहन्थे । 

त्यसो त यस्तो मान्यता तोड्नुमात्रै त उनको उद्देश्य थिएन । उनी आफ्नो शरीरका लागि खेल्न चाहन्थे र अरूलाई पनि खेलाउन । उनी खेललाई संस्थागतरूपमा अघि बढाउन पनि चाहन्थे । रुचि मिल्ने र मनमिल्ने साथीसँग मिलेर मिठ्ठुले खेलको विकास लागि काम गरे । उनको यो यात्राको सहयात्री थिए, नायक शिव श्रेष्ठ । 

१५ वर्ष निःशुल्क जिमखाना 

मिठ्ठुको घर विराटनगर बजारमा थियो । घरको एउटा कोठामा साथी जम्मा पारेर उनी शारीरिक सुगठन र अन्य खेलका बारेमा छलफल चलाउँथे । एक दिन उनी यस्तो निष्कर्षमा पुगे–अब छलफल र कुरा गरेरमात्रै हुँदैन, एउटा जिमखाना नै खोल्नुपर्छ । साँच्चै उनले युवाहरूलाई शारीरिक सुगठनमा आकर्षित गर्न ‘एन एक्स’ नामको जिमखाना खोले । यसपछि सुरु भयो उद्देश्यतिरको यात्रा । उनले १५ वर्ष जति त जिमखाना निःशुल्क सञ्चालन गरे । पैसा तिर्नु नपर्ने भएपछि खेल्न आउनको कमी भएन । उनको जिमखानाले युवाहरूमा शारीरिक सुगठनको रुचि बढायो । विभिन्न तौलका फ्रिवेट चक्का कलकत्ताबाट किनेर ल्याउँथे, जो जिमखानाका लागि अत्यावश्यक हुन्थ्यो । चक्कामा हाल्ने फलाम घरनजिकैको फलाम कारखानामा तयार गराउँथे । फिवेटका चक्का ल्याउनुअघि फलामको डण्डाले जाँतो उचालेर पनि काम चलाए । आज ती दिन सम्झिँदा उनलाई आफैँदेखि हाँसो पनि लाग्छ । 

युवाहरूलाई क्षेत्रमा आकर्षित गराउनु चानचुने कुरा थिएन । हेर्दा शारीरिक रूपमा सुगठित देखिने युवाहरू उनको छनोटमा पर्थे । त्यसैले आफैँ आयोजक, आफैँ सहभागी भएर उनले शारीरिक सुगठनका प्रदर्शनहरू पनि आयोजना गरे । यस्ता कार्यक्रमको आयोजनाले खेलप्रतिको दृष्टिकोण सकारात्मक बनाउन सहयोग गथ्र्यो । उनले पहिलोपटक २०३० सालमा यस्तो कार्यक्रम आयोजना गर्दा पूर्वाधारका नाममा केही पनि थिएन । जे गर्दा पनि नयाँ हुन्थ्यो र काम गर्दा धेरै अप्ठ्यारो खेप्नु पथ्र्यो । ती दिन सम्झिँदै भन्छन्, ‘खेलकुदप्रतिको गलत धारणा चिर्न चाहन्थ्यौँ, तर हामीसँग पूर्वाधार केही थिएन, कठिन थियो तैपनि हामी विस्तारै सफल हुँदै गयौँ ।’ िठ्ठुले जीवनका ३५ वर्ष भारोत्तोलन खेलको प्रशिक्षक भएर काम गरे । खेलकुदमा लागेको ४५ वर्ष भयो । 

भारोत्तोलको भार

मिठ्ठु फुटबल राम्रो खेल्थे । कबर्दीका पनि पहिलो राष्ट्रिय खेलाडी थिए । उनी एउटा खेलमा आफ्नो दख्खल देखाउन चाहन्थे । धेरैतिर हात हाल्नु उचित थिएन । त्यो समय राष्ट्रिय खेलकुद परिषद्मा सदस्यसचिव थिए शरदचन्द्र शाह । एकपटक मिठ्ठुका समूह काठमाडौं आयो र शाहलाई भेट्यो । उनको समूहले शारीरिक सुगठनलाई खेलको मान्यता दिन आग्रह ग¥यो । शरदचन्द्रले ओलम्पिक अम्रेलाभित्रको खेललाई मात्रै मान्यता दिन सक्ने भन्दै भारोत्तोलनलाई मान्यता दिने आश्वासन दिए । शारीरिक सुगठनले मान्यता पाउने भएन । भारोत्तोलन र शारीरिक सुगठन एकै नभए पनि आपसमा सम्बन्धित थिए । मान्यता नपाए पनि उनीहरूले आफ्नो शरीर बलियो र सुगठित बनाएका थिए । तौल उठाउने तरिका सिकेका थिए । यसरी मिठ्ठु भारोत्तोलन खेलमा होमिए । 

डाइटका लागि होटेलमा काम 

मिठ्ठुका लागि मातृवात्सल्य कल्पिने कुरामात्र थियो । आमाले सदाका लागि छाड्ेर जाँदा उनी डेढ वर्षका थिए । परिवारमा अभाव थियो । त्यो समय सम्झिँदा अहिले पनि मिठ्ठुको मन अमिलो हुन्छ । खेल्नलाई तागतिलो खानेकुरा चाहिन्थ्यो । त्यो समयको चेतनामा खेल प्राथमिकताको कुरा थिएन । घरमा दालभात, तरकारी पाक्थ्यो । शारीरिक सुगठनको खेलका लागि त्यो पर्याप्त थिएन । गतिलो डाइट चाहिन्थ्यो । उनी डाइटकै लागि होटलको कामदार बने । भन्छन्, ‘म विराटनगरको नाम चलेको होटेलमा काम गर्न थालेँ, मलाई तलबको मतलब थिएन, डाइट पुग्नेगरी खानपाए हुन्थ्यो ।’ साँच्चै उनले भनेअनुसारै भयो । 

फलफूलको आवश्यकता भने होटलबाट पूरा भएन । बजारमा सस्तो स्याउ र अरू फलफूल खोज्दै हिँड्थे । 

खेलाडी, शिक्षक, प्रशिक्षक 

मिठ्ठु विद्यालयमा विज्ञान शिक्षक भए २०३४ सालमा । खेलाडी त भइसकेका थिए । एकातिर शिक्षक, अर्कोतिर खेलाडी । दुवैतिर भ्याउँथे । खेल रुचिको विषय थियो भने शिक्षण रोजगारीको मेलो । उनका लागि दुवै जरुरी थियो । भन्छन्, ‘अहिले सम्झिँदा त्यो सबै काम गर्ने मान्छे मै हुँ र जस्तो लाग्छ ।’ तालिम, शिक्षण, खेल प्रशिक्षण र खेलका कार्यक्रमहरू एकसाथ चल्थे, चाउनु पथ्र्यो । सोहीअनुसार समय मिलाउनु पथ्र्यो । विद्यार्थीलाई न्यूटनका सिद्धान्त र गुरुत्वाकषर्णका नियमहरू पढाउँदा पढाउँदै उनले भारोत्तोलनका दुईवटा नेशनल च्याम्पियन अवार्ड जिते । 

भारोत्तोलन चुनौतीपूर्ण खेल हो, नियम पु¥याएर शरीरको तौल अनुसारको भार उचाल्नुपर्ने खेल । उनी भारोत्तोलन खेलाडी भएर आफैँमा रमाउँदै थिए । एक दिन अचानक राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षक बन्न प्रस्ताव राख्यो । सुरुमा उनको मन प्रशिक्षक बन्न मानेको थिएन । खेलाडी हुनु नै रमाइलो लागेको थियो । विद्यालयको शिक्षक भइसकेका मिठ्ठुले सिकाउनुको महŒव बुझेका थिए । केही दिन सोचेर उनले खेलकुद परिषद्को प्रस्ताव स्वीकार गरे । परिषद्मा प्रवेश गरेपछि दश महिनाको प्रशिक्षक तालिम लिन उनी भारत गए । उनीसँग उनका अरू केही साथी पनि थिए । भारतबाट उनी भारोत्तोेलन खेलाडीका प्रशिक्षक भएर आए । 

मिठ्ठु जीवनका साढे तीन दशक भारोत्तोलन खेलका प्रशिक्षक भए । खेलाडी हुनु सजिलो काम होइन । खेल प्रशिक्षक हुनु त झन् कठिन काम, आफैँमा जिम्मेवारीपूर्ण । प्रशिक्षक हुँदाको सन्तुष्टि भने उनका लागि अतुलनीय छ । उनी आफ्ना अरू कुनै उपलब्धिसँग तुलना गर्दैनन्, सबैभन्दा माथि । अरूलाई सिकाएर नतिजा दिनुपर्ने काम प्रशिक्षकका लागि ठूलो चुनौती हो । सबै खेलाडीको मनोविज्ञान बुझ्नुपर्छ । शारीरिक अवस्था बुझ्नुपर्छ । उनीहरूको क्षमता बुझ्नुपर्छ । खेलाडी हुँदा आफ्नो बारेमा मात्रै चिन्ता र चिन्तन गरे पुग्छ । प्रशिक्षण त्यसरी हुँदैन । प्रत्येक खेलाडीको बानी, व्यवहार बुझ्नुपर्छ । कति खान्छ, कसरी खान्छ भन्ने पनि प्रशिक्षकको थाहा पाउनुपर्छ । भन्छन्, ‘प्रशिक्षक हुनु चुनौतीपूर्ण जिम्मेवारी हो, काम जति चुनौतीपूर्ण हुन्छ, सफलता त्यतिकै आनन्दायी हुन्छ ।’

विज्ञान पढेर सजिलो 

‘पढ्न सक्दैनौ’ भन्दा भन्दै आफ्नै आँटले विज्ञापन पढ्न कस्सिएका मिठ्ठुलाई भारोत्तोलन प्रशिक्षणका लागि भारत गएपछि विज्ञान विषय छान्ने निर्णय जीवनकै महŒवपूर्ण भएको अनुभव भयो । विज्ञानको विद्यार्थी भएकाले प्रशिक्षणका बेला भारको सन्तुलन बुझ्न धेरै सजिलो भयो । नेपालबाट जाँदा उनले सोचेका थिए, ‘खेलाउँछ, केही तालिम गराउँछ र अरूलाई खेलाउन सिकाउँछ ।’ त्यहाँ त स्पोर्ट साइन्स, स्पोर्ट साइकलोजी र बायोमेकानिक्स पो पढ्न पर्नेरहेछ । यी सबै विषय विज्ञानसँग सम्बन्धित थिए । विज्ञानको पढाइले प्रशिक्षक प्रशिक्षणमा सजिलो भयो । आखिर प्रशिक्षमा मिठ्ठु अब्बल सावित भए । 

भारतबाट प्रशिक्षकको लाइसेन्स लिएर आएपछि राष्ट्रिय लेखकुद परिषद्ले मिठ्ठुलाई प्रशिक्षक पदमा नियुक्ति दियो । यो नियुक्तिपछि उनी विद्यालयको विज्ञान शिक्षणबाट बिदा भए । भारोत्तोलनको खेल विज्ञानका शिक्षक भए । 

भारोत्तोलनलाई उचाइमा पु¥याउन त्यसैलाई जीवन ठानेर लागेका मिठ्ठुहरू जस्ताका कारण पहिलो दक्षिण एशियाली खेलदेखि अहिलेसम्म नेपालले सबैभन्दा बढी पदक ल्याएको खेल भारोत्तोलन हो । मिठ्ठु यसै भन्छन् । 

मिठ्ठु भारोत्तोलनको प्रशिक्षणमा मात्रै उनी सीमित भएनन् । प्रशिक्षणको केही वर्षपछि २०४० सालदेखि खेल विज्ञानका शिक्षक भए । उनका अनुसार खेल विज्ञानको कक्षा भारोत्तोलनका लागि मात्रै होइन सबै खेलका लागि उत्तिकै आवश्यक छ । खेल विज्ञानले शरीर र खेल व्यवस्थित गर्न सहयोग गर्छ । भन्छन्, ‘खेल बलले मात्रै खेलिँदैन, विज्ञान पनि चाहिन्छ । मुढे बलले खेल्न सकिँदैन ।’ उनले भारोत्तोलनको मुख्य प्रशिक्षक भएर पाँच हजारजति सहायक कोच उत्पादन गरेका छन् । 

मिठ्ठुले मस्कोबाट प्रशिक्षणको ‘एडभान्स कोर्स’ पनि गरेका छन् । भारोत्तोलन संघको महासचिव रहेका उनी अन्तर्राष्ट्रिय संघसंस्थामा समेत आबद्ध छन् । मिठ्ठुले दुई साताअघि नेपालको पहिलो अन्तर्राष्ट्रिय खेलाडी गजराजको नाममा स्थापित गजराज स्मृति आदर्श व्यक्तित्व पुरस्कार पाए । उमेरले साढे ६ दशकतिर छन् । स्वास्थ्यमा खुवै ध्यान दिन्छन् । भन्छन्, ‘जीवनमा अनुशासनको महŒव हुन्छ, म अनुशासनमा बस्छु, अनुशासनमा नबस्ने शिक्षकले विद्यार्थीलाई केही सिकाउन नसक्दैन ।’ 

खेलमैदान बुनाऊ 

खेलकुद राष्ट्रको गौरवसँग जोडिएको छ । व्यक्तिको स्वास्थ्यसँग जोजिएको छ । नेपाललाई विश्वभर चिनाउने क्षेत्र खेलकुदलाई सरकारले अलिक बढी महŒव दिनुपर्ने उनको सुझाव छ । मिठ्ठुका अनुसार खेलमा राज्यको लगानी कम छ । भन्छन्, ‘जति लगानी छ, त्योभन्दा धेरै काम खेलकुद क्षेत्रले गरेको छ, खेलाडीले अरू कुनै कुराको चिन्ता नगरी खेल्ने वातावरण बनाउन आवश्यक छ, त्यो काम सरकारको हो ।’ उनी नीति निर्मातालाई सकेसम्म धेरै खेलमैदान बनाउन सुझाव दिन्छन् । उनको बुझाइमा धेरै अस्पताल बनाउने देश विकसित देश होइन । जुन देशमा धेरै खेलमैदान छन् त्यो देश वास्तवमा विकसित देश हो । भन्छन्, ‘खेल मैदान बनाउन लगानी गरौँ । खेल र खेलाडीको सम्मान गरौँ । खेलेरमात्रै बाँच्न सक्ने वातावरण सिर्जना गरौँ ।’ 


Views: 122

सम्बन्धित सामग्री:

बाको मनै चिराई

मुना दाहाल : असार ७, २०७६ (७:०६ AM)