25th April | 2019 | Thursday | 2:12:22 PM

आफ्नै परिश्रमले भाग्य कोर्न सफल रेखा

भिम चौधरी   POSTED ON : माघ १६, २०७५ (१२:१४ PM)

आफ्नै परिश्रमले भाग्य कोर्न सफल रेखा

धनगढी  । भनिन्छ, खाने मुखलाई जुङ्गाले छेक्दैनन् भनेर । वास्तवमै खाने मुखलाई जुङ्गाले नछेक्दो रहेछ भनेर थुप्रै उदाहरण भेटिएका छन् । 

माटोमा त जुनसुकै बोटबिरुवा फल्न, फुल्न र हुर्कन सक्छन् तर, ढुङ्गाको कापबाट निस्केर  बाँच्न सफल भएको पिपलको बोटलाई हेरेर बुझ्न सकिन्छ संसारमा जन्म लिन कति गाहे छ भनेर । तर, जसले त्यसरी नै संघर्षबाट आकाशको चुली छुन्छ त्यसलाई सबैले सलाम गर्ने गर्छन् ।

अहिले पनि हामी धेरैले भन्ने गर्छाै सफल हुँदा र असफल हुँदा भाग्यको खेल हो भनेर । हुन पनि सक्छ तर, सफल र असफल हुनु कडा परिश्रमले निर्धारण गरेको हुन्छ । ढुङ्गाको कापबाट निस्किएर कडा परिश्रम गरेर धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँकी रेखाकुमारी चौधरीले आफ्नो भाग्यको रेखा आफै कोर्न सफल भएकी छिन् र आकाश चुम्ने प्रयास गरेकी छिन् । 

कमैया परिवारमा बुबा भरथरी डगौंरा थारु र आमा जोखनी देवी चौधरीको कोखबाट पाँचौ सन्तानको रुपमा जन्मिएकी रेखा स्नातक उतीर्ण गर्न सफल भएकी छिन् भने सफल महिला व्यवसायी भएर सम्मान लिन सफल भएकी छिन् । स्नाकोत्तर प्रथम वर्षमा अध्ययन गरिरहेकी रेखाले धन टेक कम्प्यूटर प्रशिक्षण केन्द्र खोलेर कम्प्यूटर हार्डवेयर र सफ्टवेयरको प्रशिक्षण दिई रहेकी छिन् । 

कैलाली रेष्ट अल्मुनाको निमिक्त अध्यक्ष, घरेलु तथा साना उद्योग महासंघको सुदूरपश्चिम प्रदेश सदस्य लगायत थुप्रै संघ संस्थामा आवद्ध रहेकी रेखाको यहाँसम्मको बाटो भने अत्यन्त दुखद र कष्टपूर्ण छ ।

एकदम कमजोर आर्थिक अवस्था रहेको कमैया परिवारमा जन्मिएकी रेखाले धर्तीमा २५ वसन्तसम्म पुग्न कष्टपूर्ण संघर्ष गर्नुपरेको छ । न त जग्गा जमिन न त पैसा नै थियो रेखाको परिवारसंग । दुई छाक टार्न पनि अर्कैको घरमा काम गर्नुपर्ने । घरमा आठ जना स–साना छोराछोरी कमाउने बाबा र काका मात्र आमा भाडा माझ्न अरुको घरमा जानुपर्ने बाध्यता त्यो पनि दुई छाक जोहो गर्नका लागि । दिदी सानैमा विवाह गरे, दाईहरु अरुकोमा मजदुरी गरेर जिविका चलाउँथे । दादाहरु प्रौढ मात्र पढेका छन् म ठूलो भएपछि पढ्न चाहन्थे । घरको अवस्था अत्यन्त नाजुक, छोरीलाई विद्यालय पढ्न पठायो बिग्रन्छन् भन्ने मान्यताले मलाई पढाउँन चाहदैनथे परिवारले । भगवान पास देर छ तर अधेर छैन भनेजस्तै ६ वर्षको उमेरमा रेखाले पहिलो पटक पढ्न पाईन् त्यो पनि ६ महिनाको लागि । धनगढी नगरपालिकाले विद्यालयमा पढ्न नपाएका बाललिकाहरुलाई पढ्नको लागि साक्षरता शिक्षा अन्तर्गत नवजीवन किताब पढाउँने व्यवस्था ग¥यो र रेखा पनि सोही किताव पढ्न घरको काम सकेर भाउजुसंगै पढ्न थालिन ।

कोईलाले भुईमा लेखेर पढ्न सिकाईन्थ्यो मैले त्यसरी कखरा सिकिन् रेखाले । छोटो समयमै नेपालीमा पढ्न र लेख्न सक्ने भएकी रेखाले घर नजिक रहेकी साथीबाट अंग्रेजीमा लेख्न र पढ्न सिकिन् । कक्षामा पढ्नमा अब्बल निस्किएकी रेखालाई पढाउँने शिक्षिकाले कक्षा तीनमा भर्ना गरिदिने भनिन् तर, घरबाट जन्मदर्ता नबनाईदिदा र घरको आर्थिक अवस्था कमजोरको कारण पढ्ने इच्छा मनभित्र दबाएर दुई बर्ष नपढेरै बस्न बाध्य भईन । सबै जना विद्यालय जान्थे म भने घरमै बसेर अरु विद्यालय गएको हेरेर बस्थे रेखाले आफ्नो अतितका पानाहरु पल्टाउँदै भनिन् । सबै निरक्षर भनेर जिस्क्याउँथे मनमा खिन्नता बोध हुन्थ्यो धेरै कर गरे अन्तःमा बाबालाई भर्ना गर्न राजि गराए रेखाले भनिन्, बाबाले धनगढी माध्यमिक विद्यालयमा भर्ना गर्न जानुभयो तर विद्यालयले जन्म दर्ता मागेपछि त्यतिकै फर्कन बाध्य भए । बाबाले जन्म दर्ता बनाउन मान्नुभएन रेखाले भनिन् तीन दिनसम्म खाना नखाएपछि बाबाले जन्म दर्ता बनाउँनुभयो । जन्म दर्ता बनेपछि पढ्ने इच्छा पूरा हुनेभयो भनेर औधी खुशी भएको थिए तर विद्यालयले सिट छैन भनेर फर्काएपछि आशा निराशामा परिणत भयो रेखाले भनिन्, यतिका समय कुरी हालिस अब एक वर्ष कुरु भनेपछि दिन गन्दे समय बिताए । 

बि.स. २०५७ सालमा कमैया मुक्ति घोषणासंगै रेखाको परिवारले धनगढीको मनेहरा शिविरमा सानो टहरो बनाएर बसीसकेका थिए । ठूलो हावाहुरी चलेको थियो विहान दाउँरा टिप्न जंगल गएकी थिए, त्यहाँ विद्यालय देखे बाबासंग सोधखोज गरे रेखाले भनिन्, बाबाले सो विद्यालयमा कमैयाका छोराछोरीलाई सस्तोमा पढाउँने भनेपछि त्यही भर्ना गर्न आग्रह गरे । कक्षा दुईमा भर्ना भए बाबाले मसंगै साथी बिनालाई पनि भर्ना गरिदिनुभएको थियो रेखाले थपिन्, आर्थिक अवस्था नाजुक भएकाले भाद्रसम्म पोशाकसम्म किन्न सकिएको थिएन । पहिलो त्रैमासिक परिक्षामा राम्रो नतिजा आउँदा अत्यन्त हौसिएको थिए ।

जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै सोही वर्ष महिला विकास समाज रेष्टको एस.जि.टि. अन्तर्गत बालिका शैक्षिक कार्यक्रम लागुभयो विद्यालयमा । शालीभान ऐर सरलाई सम्झदै रेखाले भनिन् उहाँले नै हाम्रो नाम लेखिदिएपछि रेष्टको छात्रबृति पाएर पहिलो पटक विद्यालय पोशाक लगाउँन पाएकी थिए ।

घर नजिकै विद्यालय थियो, पैसा तिरेर पढ्ने हैसियत थिएन टाढा हिडेर पढ्न जान्थे रेखाले थपिन्, गाउँलेहरु धेरै जिस्क्याउँथे नजिकको विद्यालय छोडेर टाढा पढ्न जान्छ त्यतैबाट भागेभने घरपरिवारले पनि थाहा पाउँदैन भने तर बाध्यता थियो हिडेर टाढाको विद्यालयमा पढ्न जाँदा पैसा लाग्दैनथ्यो । कक्षा चार सम्मको अध्ययन त्यही पूरा गरे कक्षामा जहिले पनि म प्रथम हुन्थे रेखाले भनिन् साथी दृतिय हुन्थिन् । रेखाका तिनै सर जसले छात्रबृति दिएर पहिलो पटक विद्यालय पोशाक लगाउँन अहोभाग्य दिलाएका थिए सालीभान ऐरले पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ५ मा भर्ना गरिदिए । एक दम मेहेनत गरेर पढ्ने गर्थे कक्षामा अब्बल विद्यार्थीमा गनिन्थे तर कक्षा सातमा पुग्दा बिरामीले थला परे । घर भरकै सदस्य बिरामी परे, खाईला दादा बिरामीले बित्नुभयो रेखाले भनिन्, पाँच वर्षसम्म बिरामीले परिवारलाई सताईरह्यो । शारिरीक समस्याबारे महिला विकास समाजकी अध्यक्ष शान्ति शर्मालाई भने रेखाले भनिन्, सरलाई भन रेष्टले गरीबलाई निशुल्क औषधी उपचार गराउन सहयोग गर्दै आएको छ, अमेरिकन हिमालयन फाउण्डेशनका म्यानेजिङ्ग डाईरेक्टर ब्रसमोरलाई सबै दुखान्त बताए उहाँ राजी हुनुभयो र सबै उपचार गराउँनुभयो त्यसबेला कक्षा ९ मा पढ्दै गरेकी थिए । 

कक्षा ८ पढ्दा कमलहरी बसेर अरुको घरमा काम गर्दै पढ्थे ज्यादै दुख पाए बासी भात खान दिईन्थ्यो बिरामीले शरिर बमजोर नै थियो, त्यहाबाट दशै मनाउँन घर आएपछि फर्कदै फर्किन रेखाले भनिन्, पकेट खर्च जोहो गर्न दादाहरुसंगै लेबरी गर्न जान्थिन् । बिरामीले थला परेकै अवस्थामा एसएलसी दिएकी रेखाले एक महिने निशुल्क बेत, बाँसको कुर्सी टेवल बनाउँने तालिम लिने शौभाग्य पाईन् । तालिम पश्चात डडेल्धुरा पुगेर काम गरेकी रेखाले रिजल्ट आएपछि घर फर्किईन् र कक्षा ११ मा भर्ना भईन् । त्यसै त बिरामीले थला परेकी रेखाको जिवनमा फेरी बज्रपात भयो, कक्षा १२ को अन्तिम परिक्षा आउँन केही दिन बाकी हुँदा दुर्घटनामा परिन् । आफ्नो दाईहरु र कमला अधिकारीको सहयोगमा उपचार भएर निको भईन । 

कक्षा १० मा अध्ययनरत हुँदा रेष्ट अल्मुना समुहमा आवद्ध भएकी रेखाले कक्षा ११ मा अध्ययनरत हुँदा रेष्ट अल्मुना कोषको आर्थिक सहयोगमा कम्प्यूटर बेसीक कोर्षको तालिम लिईन । कक्षा १२ मा अध्ययनरत हुँदा महिला विकास समाजको कार्यालयमा एक वर्ष शुक्रबारे कक्षा चलाउँने काम पाएकी रेखाले एक वर्षे डिप्लोमा कम्प्यूटर कक्षा समेत लिईन । स्नातक प्रथम वर्षमा अध्ययन गर्दै महिला विकास कार्यालयमा अल्मुना समुहका सदस्यले सुचारु गरेको कम्प्यूटर प्रशिक्षण केन्द्रमा तीन वर्ष प्रशिक्षक भएर काम समेत गरिन् रेखाले । 

महिला विकास समाज, ए.एच.एफ र बि.पी. डब्लु नेपाल/ बि.ए.सी. बिच भएको सम्झौता अनुरुप व्यवसाय तथा रोजगार मुलक कार्यक्रम मार्फत कम्प्यूटर हार्डवेयर तालिम लिने अवसर पाएकी रेखाले संगै तालिम लिएकी सेमकुमारी चौधरीसंग मिलेर स्थापना गरेको धन टेक कम्प्यूटर प्रशिक्षण केन्द्रमा कम्प्यूटर हार्डवयर र सफ्टवयर तालिम चलाई रहेकी छिन् । सुदूरपश्चिम महोत्सवमा सफल महिला व्यवसायीको ताज समेत पहेरीसकेकी रेखाले ६ लाख रुपैया ऋण लिएर सुरु गरेको व्यवसायबाट धेरै ऋण चुक्ता गर्न सफल भएकी छिन् भने धेरै युवा युवतीलाई कम्प्यूटर सम्वन्धी ज्ञान दिन सफल भएकी छिन् ।   

   

  

   


Views: 116

सम्बन्धित सामग्री:

कविता : म रोएकी छैन

मुना दाहाल : बैशाख ७, २०७६ (७:१८ AM)