21st July | 2019 | Sunday | 5:06:48 PM

गजल...

राजेन्द्र ढुंगेल   POSTED ON : माघ २२, २०७५ (१:४३ PM)

गजल...


देखाइ गएथ्यौ सितारा मलाई,

भयो बुझ्न गाह्रो ईशारा मलाई ।।


बढेको छ धड्कन् यहाँ त्रासादिले,

लगायौ तिमीले नजारा मलाई ।।


बगे चाह जस्तै बनेरै सुसाएँ,

छ मिल्न सकेन किनारा मलाई ।।


जलौ या त रहौं म कतै पग्लिएर,

यहाँ भन्छ कस्ले बिचारा मलाई ।।


कहाँ हुन्छ माया यो बढ्ने कहाँ हो,

न सुनाऊ पीडा ती सारा मलाई ।।


सधैं शुस्कतामा म ज्युँने म मर्ने,

भो त्यसैले नदेउ यो रारा मलाई ।।





Views: 245

सम्बन्धित सामग्री:

कथा–उपहार

राजेश अधिकारी : असार २३, २०७६ (४:५७ AM)