27th May | 2019 | Monday | 2:43:41 PM

ए ! प्रणय दिवश

मुना दाहाल   POSTED ON : फाल्गुन २, २०७५ (१०:५० AM)

ए ! प्रणय दिवश



एकदिन मनाउनेको भिड छ, प्रणय दिवश ।

अरूदिन कसैको नि नबनोस,रणमय विवश ।

सबका जोडी बनुन् सधै, ढुकुर चखेवाका जस्तै ।

नदेखिउन आधाबाटोमा, साथ छोडिएका कतै।


कसिरहुन एक अर्कालाई  नखोजुन छुट्ने बहाना ।

मिलनका साथ रोजुन प्रणयमै भेट बाँच्ने चहाना ।।

ऋतु उहि आएकोछ एकअर्कालाई मिलाउनलाई।

नधाउनु कोहि कहिलै पारपाचुके गराउनलाई।।


वर्षैभरि कुरिदिन्छौ यहि एकदिन भेटौँला भनि।

दिन हप्ता महिना कहिले गई आउँछ आज गनि।

बसेकाछौ कतिदिन तिमी हामी एक हौला भनि।

रोजेकाछौ खुसी साट्ने प्रणय दिवसको दिन गनि।।


रोमका एक महान पादरीको नाममा मनाइएको दिवश हो ।

प्रणयका जोडीहरु छुट्याएर मृत्युदण्ड दिएको विवश हो।

शासकले शासन देखाएको चौध फेब्रुअरी परेको दिन हो।

आफ्नी प्रेमिकालाई सम्झनामा ल्याउँदा मर्नु परेको दिन हो।


Views: 197

सम्बन्धित सामग्री:

मातृ महिमा !

सीता भण्डारी कँडेल : बैशाख २२, २०७६ (३:०८ AM)