27th May | 2019 | Monday | 4:57:05 AM

कविता– म पर्खि रहेँ

पार्वती निरौला   POSTED ON : फाल्गुन ९, २०७५ (१:०१ PM)

कविता– म पर्खि रहेँ

तिमीले पर्खनु भन्न छोडेनौं, मैले पर्खन छोडिन

आश्वासनका पहाड चुल्यायौ, म चुलिदै गए

अनगिन्ति अनमोल भावना साट्न 

पोख्त रहेछौ तिमी,

कति गुलिया शब्द यसै फ्याकेको रहेछौ 

यस्तो कसरी सोचौ कि 

म,

कल्पनामा नआउने कुरा हुन्छन भनेर

यति अग्लो पहाड यत्तिकै चुल्याउँछौ भनेर,

सपनाको सागर बनाउने तिम्रो क्षमतालाई सलाम 

र डुब्दै जाँदा फर्कन नसकिने, कस्तो अचम्म न साँगु न ढुङ्गा 

तिम्रो सपनाको महासागरलाई 

फेरि पनि सलाम ।


नजानु भन्यौ पर्खि बसे तर, 

तर तिमी त फर्किएर आएनौ,के थाहा 

नसोचेको कुरा पनि त हुँदो रहेछ ,

साच्चिकै तिमी त आउँदै आएनौ 

तर पर्खनु भनेथ्यौ म पर्खिनै रहे ।

के थाहा मिठाइ भित्र विष हुन्छ भनेर 

मुस्कानमा रिस हुन्छ भनेर 

तर तिम्रो भाषा फरक रहेछ मैले कसरी बुझौ

त्यसैले त आज सम्म पर्खि बसे

आउँछौ कि भनेर ।


Views: 205

सम्बन्धित सामग्री:

मातृ महिमा !

सीता भण्डारी कँडेल : बैशाख २२, २०७६ (३:०८ AM)