27th May | 2019 | Monday | 5:09:46 AM

ब्याईफ्रेन्डलाई बिहेको बधाई!

सरिशा अछामी   POSTED ON : फाल्गुन १२, २०७५ (१२:१५ PM)

ब्याईफ्रेन्डलाई बिहेको बधाई!

दिनहरु उदासमय वित्दै थिए । अफिस देखि घर र घरदेखि अफिसको काम मात्र चलिरहेको थियो । केही समय अघि देखि आफुलाई खुव व्यस्त राख्न खोजिरहेको थिए । मोवाईलमा फिल्म हेरेर हुन्छ कि फेसबुक चलाएर हुन्छ १  जसरी हुन्छ आफुलाई व्यस्त राख्ने काम भईरहेको थियो,त्यो समय ।

पटक पटक आउने उसको यादलाई बिर्सनलाई काम व्यस्त हुन खोज्नु मेरो प्रयास बन्दै थियो । तर पनि गाह्यो थियो ।  साथीहरुसंग उसको बारेमा केही कुरा नभन्न आग्रह गर्नु, एकान्तमा टोलाउनु मेरो दिनचर्या नै बनिरहेको थियो ।

नचाहँदा नचाहँदै उसको यादलाई भने कसैगरी पनि टार्न सकेको थिईन । ब्लक गरेको फेसबुक उसको पटक पटक साथीहरुकोबाट हेर्न मन लाग्थ्यो । टाढा भएको पनि महिनौं भएको थियो । तर, उसको याद भने एकथोपा पनि कम भएन । जति विर्सौं भन्छु उति गाडा बनेर उसको याद आइरहन्थो ।

एकदिन सधैं झै खाना खाएर बेडमा पल्टिएपछि  दिनभरीमा साथीहरु के के गरेका रहेछन् भनेर मोबाइल हातमा लिएर फेसबुक खोले । इन्बक्समा कोही साथीहरुको म्यासेस पनि थिएन । म दिनभर अनलाईन नहुँदा पनि कसैले कहाँ गइस किन अनलाईन छैनस भनेस सोधि खोजी पनि गरेनछन् ।  हुन त कसलाई फुसर्द छ र रु साथीहरुसंग बोल्न यस्तै कुराहरु सोच्दै फेसबुकको न्युज फिड तिर लागे । 

न्युज फिडमा साडी लगाएका तस्विर र बैवाहिक जीवनमा बाँधिएका जोडीलाई दिने शुभकामना बाहेक केही देखिन ।

 हैट ! विहेको लगन खतरा लाग्या रहेछ । फेसबुकमा भन्दै मनमनै सोचे । न्युज फिड पढ्ने क्रममा मंसिरमा बिहे हुन उमेर पुगेका आधा केटीहरुको बिहे भयो । बाँकी रहेका माघमा सकिने कुन पापीले फागुनमा भ्यालेमटाईम्स डे बनाए यो पोस्टले मेरो हाँसो रोकिएन । 

समय अनुसार र मैले भर्खर महशुस  गरेका कुराभएकाले होला खुव हाँसे ।  यतिकैमा आमाले भन्नुभयो । सपनामा हाँसेकी कि रु पागल जस्तो मोबाईल चलाउँदै छेस रु आजकालका केटाकेटीहरु चौबिसै घण्टा मोवाईल झुण्डिन्छन्  ।  बिहान ढिला सम्म सुत्यो । सुत अब ।  आमाको गालीलाई फिस्स हाँसोमा टारिदिए । 

ल ल म सुत्छु । हजुर सुत्नु न चुप लागेर । कानमा इयरफोन लगाए गीत बजाए । फेरी फेसबुक तिर तानिए । न्युज फिड हेरेपछि फोटो हेर्न थाले । म्याई डे का तस्विर हेर्दै जाने क्रममा बेहुला बेहुलीको लुगामा सजिएका  धेरै तस्विरहरु देखे । तस्विर हेर्दा हेर्दै  एउटा जोडीको तस्विरमा मेरा आँखा रोकिए । त्यो तस्विर हेर्ने वित्तिकै एक्सासी आँखा रसाए । आफुमाथि आकाश नै आएर थिकेको जस्तो, जमिन मुनि भास्सिएर सास फेर्न गाह्रो भएको जस्तो  ।  कता कता मृत्युसंग लडिरहेको जस्तो सास फेर्नको लागि धेरै गाह्रो भएको महशुस भयो ।  आफुलाई के भईरहेको छ । आफुले नै अन्दाज लगाउन सकिन । दुबै हातले टाउकोलाई सम्हाल्दै आँखाका आशुहरु बग्न दिए । रोक्न सक्ने तागत म मा दुबै थिएन ।  ठुलो स्वरमा रुन मन लाग्यो । आमा  सुतिरहनु भएको थियो चिच्चाएर रुन सक्ने अवस्था  मेरो थिएन । 

जुरुक उठेर बाहिर निस्किए । यस्तै साँढे नौ बजेको समय हुँदो हो । बाहिर सुनसान थियो । कता जाउँ कि र के गरौं ? भुईमा लडिबुडि गरुम कि के गरौं  ? जुन मेरो मनमा बलेको आगो कम हुन्थ्यो । चिच्चाएर रुनु बाहेक अरु विकल्प म मा थिएन । के गरौं, छटपटि साहै थियो । बाहिर रुँदा कसैले देख्ने हो कि रु डर थियो । आफुलाई सहाल्ने तर्फ ध्यान नै गएन ।

आफ्नो मन लाई सम्हाल्नै सकिन । बाथरुपमा गएर मुटु भित्र बलेको आगोलाई पानीले भिजाउन पाए पनि हुन्थ्यो जस्तो भयो ।  तर पानीले जलेको मन कसरी भिजाउन सक्थे र रु

 एक दुई घण्टाको रुवाई पछि फोन बजिरहेको सुने । जसो तसो फोन उठाए अनि उसले विहे गरेको कुरा सुनाए । तर, मेरो विछिप्त मनलाई उसले बुझेछ क्यार, सम्झाउँदै भन्या–े यसरी नरोउ । रोएर तिम्रो पिडा कम हुँदैन । झन बढ्छ । आँशुलाई रोक्न प्रयास गर । हेर सधाको लागि छोडेर जानेहरुले त चित्त बुझाउँछन् । उसले यस्तै यस्तै भन्दै धेरै मेरो मन भुलाउने प्रयास गर्यो । उसले थप्यो– उसले अरुसंग बिहे गर्छ भने उ कस्तो रहेछ भन्ने कुरा बुझ नरोउँ तिमी ! त्यो साथीको आग्रह थियो ।

तर पनि कहाँ यति सजिलै यो मन मान्थ्यो र । ४–५ वर्ष सम्म संगै पढेको घुमेको उसंग विताएको रमणीय क्षणहरु आँखा वरीपरि आइरहन्थ्यो । आज मात्र थाहा भयो यो मनले निस्वार्थ प्रेम गरेको रहेछ । 

मध्यरात भएको थियो । कतै जान सक्ने अवस्था थिएन । रुँदा रुँदा आँखा सुनिसकेका थिए । 

उसको विहेको तस्विर फेरी हेर्न मन लाग्यो । कति मिठो थियो उसको झुट । म एक्कासी मुस्कुराए । कति छिटै उसको सपना फेरिए । बेहुली फेरिए  सायद मन पनि फेरियो होला त्यसैले विहेको तस्विरमा पनि धेरै खुसी भएको जस्तो देखिन्थ्यो । मनमनले उ प्रति रिस उठ्यो । म किन मर्नु उसले त मलाई मेरो माया मेरा लागि देखिएका सपना, सम्बन्ध टुक्राएर अरुसंग बिहे ग¥यो । मनमा एक्कासी आक्रोश उत्पन्न भयो ।

भनिन्छ माया सधैं अजर अमर रहन्छ । तर, होइन कि जस्तो लाग्न थाल्यो । 

भोली पल्ट साथीहरुसँग बुझ्दा उसले केही दिन अघि केटी भगाएर ल्याएको रहेछ । म उसको  साथ नपाएकोमा भन्दा पनि उसको माया झुटो भएको कुरा प्रति आक्रोसित भए । मलाई उसले सजिल्यै विर्सन्छ भने मैले मात्र सम्झनुको के अर्थ छ र रु आखिर उसलाई माया गरेर मैले के पाए  रु बल्ल आफुलाई सम्हाल्न थाले ।

अनि उसको फेसबुकको वालमा लेख्न खोजे तर, उसले ब्लक गरेको थियो । अनि आफ्नै वालमा उसको फोटो राखेर लेखिदिए –  बैवाहिक जीवन सुखमय बितोस् । जिन्दगीमा दुख भन्ने कुरा तिम्रो नजिक नआओस् । बैवाहिक जीवनको शुभ कामना । 


Views: 719

सम्बन्धित सामग्री:

मातृ महिमा !

सीता भण्डारी कँडेल : बैशाख २२, २०७६ (३:०८ AM)