27th May | 2019 | Monday | 4:46:27 AM

कविता–तिमीले परिवर्तन गराउनु छ

पार्वती निरौला   POSTED ON : फाल्गुन २४, २०७५ (७:१३ AM)

कविता–तिमीले परिवर्तन गराउनु छ

‘नारी’ तिमी सहनशिलता कि प्रर्तिमुर्ति 

तिमीले आफ्नो अस्तित्व जोगाइ राख्नु पर्छ ।

तिमी उदाहरण बनेर समाज परिवर्तन गर्न

तिम्रो काँधमा ठूलो जिम्मेबारी छ ।


तिमीले आश्वासनका झुटा सिँडिहरु लडाइ

आफ्नै स्वाभिमानमा उभिन सिक्नुपर्छ ।

त्यति मात्र कहाँ होर तिमीले

तिमी परिवर्तनको संवाहक हौ, गुणै गुणको भकारी हौ ।


तिमीले अन्याय अत्याचारका पराकाष्ठा छिचोल्नु पनि छ ।

यहाँ रवाफ र कवाफमा रमाउनेहरुको माझ आफुलाई

कहिल्यै सहभागी नगराउनु तिमी ,बास्तविकताको अर्थ फरक छ

नारी शब्द नै धर्ती भन्दा फराकिलो, बजारमा बिक्ने खेलौना नबन्नु ।

युगको परिवर्तन तिमी  इमान्दारिताको सगरमाथा

तिम्रो पहिचान त्यसैले सधैं कर्मठ पाइला शुमार्ग मै चलाउनु ।

तिमी डटेर हेर अधिकार आफै पाइनेछ ,तगारा आफैँ ढल्नेछन,

  उचाइ आफ्नै बर्चस्व कायम हुनेछ, त्यसैले नारी तिमी आफैमा महान छौ ।


तिमी युगको परिवर्तन हौ, एउटा महान गुरु हौ,

तिम्रा अघिल्तिर तिम्रा शिश्य छन्, तिम्रो शिको गर्दै छन् ।

सन्तानको डक्टर हौ तिमी, त्यसैले आफु आफ्नो स्वाभिमानमा जिउनु

कमजोरहरुको पङ्तिबाट झिकेर आफुलाई सधैं उदाहरण बनाउनु ।।


Views: 170

सम्बन्धित सामग्री:

मातृ महिमा !

सीता भण्डारी कँडेल : बैशाख २२, २०७६ (३:०८ AM)