7th December | 2019 | Saturday | 4:23:06 AM

हराएका ढुंगेधारा

बिनु लुइँटेल   POSTED ON : जेठ २६, २०७६ (४:१७ PM)

हराएका ढुंगेधारा


कसैले नापेर दिएको पानीमा एक हप्तासम्म गुजारा चलाउन सक्ने बानी राजधानी उपत्यकाभित्र बसोबास गर्ने धेरैलाई परिसकेको छ । मन लागेको समयमा र आवश्यकता अनुासर प्रशस्त पानी चलाउन पाउने सपना धेरै अगाडिदेखिको भए पनि त्यो अझै पूरा सकेको छैन । उपत्यकाभित्रको पानीको अभाव धेरै हदसम्म कम गर्न सघाउने ढुंगेधाराहरू पनि प्रतिदिन हराउँदै जाँदा पानीको हाहाकार बढ्दै गएको छ । उपत्यकाभित्रका ढुंगेधारामा पानीसँगै ऐतिहासिक कुराहरू पनि लुकेका भेटिन्छन् । चार वर्षअघि २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पले देशलाई मानवीय क्षति मात्र पु¥याएन धेरै ऐतिहासिक र महŒवपूर्ण सम्पदाहरूमाथि पनि क्षति पु¥यायो । 

चार वर्षअगाडि भएको विनाशको क्षतिमा मर्मतसम्भार गर्र्ने कामहरू भए भने कति सम्पन्न भइसकेका छन् त कति हुने क्रममा छन् । यही विनाशभित्र कतिपय लोप हुन लागेका महŒवपूर्ण र ऐतिहासिक चिजहरू छोपिए भने कतिपय भत्किएर खण्डरको रूपमा परिणत भएका छन् । तिनै ऐतिहासिक र पुराताŒिवक सम्पदाभित्र ढुंगेधारा पनि मुख्य गरेर रहेका छन् ।  

संरक्षणको अभावमा लोप हुँदै गएका ढुंगेधारा भूकम्पपछि कति त पुरिए भने कति भत्किएर जीर्ण अवस्थामा रहेका छन् । पानीको अभावल धेरै हदसम्म कम गर्न ढुंगेधारा उपयोगी हुन सक्थे । यिनको संरक्षणबाट नै हाम्रो सम्पदा र संस्कृतिको पनि संरक्षणमा सघाउ पुग्ने थियो । यसको गहन अध्ययन हुन नसक्दा ढुंगेधारा लोप हुँदै गएका छन् । दुई दशकभित्रमा करिब एक सयको हाराहारीमा यस्ता धाराहरू उपत्यकाभित्र लोप भइसकेको अनुमान काठमाडौं महानगरपालिकाले गरेको छ । त्यसैगरी हेर्ने हो भने ५० प्रतिशत धाराहरूबाट पानी आउन छाडेको र बाँकी धाराहरू संकटको सूचीमा परेका छन् । धेरै ठाउँमा ढुंगे धारो छ तर पानी छैन । 

उपत्यकाभित्र यसरी जीर्ण भएका भएका ढुंगेधारा आजभोलि युवायुवतीहरूलाई फोटो खिच्नमा मात्र प्रयोगमा आउने गरेका छन् । कति फाहोरले भरिएका छन् । सबैभन्दा धेरै ढुंगेधारा भएको स्थान काठमाडौं उपत्यका भए पनि अहिले यहाँ कतिपय लोप भइसकेका छन् भने भएका ढुंगेधाराहरू पनि पनि सुख्खा रहेका छन् । यहाँ भएका निकै कम मात्र ढुंगेधाराहरूमा पानी बगेको देख्न सकिन्छ । ढुंगेधाराको इतिहासलाई हेर्ने हो भने सन् ५५० मा निर्माण गरिएको एक ढुंगे धारालाई नै सबैभन्दा पुरानो ढुंगे धाराको रूपमा लिने गरिन्छ । 

साथै, सन् ५७० मा निर्माण भएको पाटनको गंगा हिटीलाई अर्को पुरानो धाराको रूपमा चिनिन्छ । उपत्यकाको मौलिक सभ्यताको पहिचानको रूपमा रहेका अधिकांश कलात्मक ढुंगेधाराहरू सहरी क्षेत्रमा नै धेरै छन् । काठमाडौं महानगरपालिकाको क्षेत्रभित्र मात्र ११७ वटा ढुंगेधाराहरू छन् भने भक्तपुर नगर क्षेत्रमा मात्र १०५ भन्दा बढीको संख्यामा धाराहरू रहेका छन् । त्यस्तै, ललितपुर उपमहानगरपालिकाको क्षेत्रभित्र पनि यस्ता ढुंगेधाराहरूको संख्या ६१ भन्दा बढी रहेका छन् । भक्तपुरमा भएका १०५ वटा ढुंगेधारामध्ये ३० वटा ढुंगेधारा पूर्णरूपमा लोप भइसकेका छन् भने जीर्ण अवस्थाका १२ वटा रहेका छन् । 

मल्लकालीन समयमा भक्तपुरका १०५ वटै धाराबाट पानी आउने भए पनि अहिले भने मुस्किलले मात्र आठवटा धाराबाट मात्र परम्परागतरूपमा पानी आउने गर्छ । हाल परम्परागतरूपले पानी आउने ढुंगेधारामा भिमसेन ढुंगेधारा, वाचोहिटी, गाँहिटी, तलेजुहिटी, धवाहिती, फंगहिति, हाकुफोहिती, दाफापाटी लगायतका धाराहरू रहेका छन् । ललितपुर नगरपालिकाभित्र ११ वटा ढुंगेधारा लोप भइसकेका छन् भने परम्परागत पानी आउनेमा ३० वटा रहेका छन् केही जीर्ण अवस्था छन् त कुनैमा पाइपलाइन मर्मत लागि पानी हालिएको छ । गाँ हिटी, नकवहिल हिती, पलाछें हिती लगायतका ढुंगेधाराहरू ललितपुर नगरपालिकाभित्र लोप भइसकेका छन् । ढुंगेधाराहरूको हस्तकलाको विविध कलात्मक पक्षले नेपालको प्राचीन तथा मध्यकालीन इतिहासलाई प्रतिनिधित्वसमेत गरेको छ । 

तर, आधुनिकतामा रमाउन लागेको समाजसँगै पुराताŒिवक सम्पदाहरूको जगेर्ना नगर्दा बिस्तारै मासिँदै गएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलको भनाइ छ । ढुंगेधाराले पानीको अभाव मात्र पूरा गर्ने सांस्कृतिक र आध्यात्मिक महŒव पनि उत्तिकै रहेको र यसले पर्यटकीय स्तरलाई माथि उकास्न सहयोग गर्ने डंगोलको विश्वास छ । 

धेरै धाराका मुखहरू सुन, चाँदी तथा काठको आकर्षक डिजाइनमा कुँदिएका कारण पनि यस्ता धाराहरू बढी कलात्मक देखिन्छन् । हाम्रो सामाजिक संस्कृतिअनुरूप गोहीलाई जलदेवीको वाहनको रूपमा लिइने कारण पनि प्राचीन तथा मध्यकालमा कतिपय धाराहरूको आकृति गोहीकै स्वरूपमा तयार गर्ने समेत गरिन्थ्यो । 

अहिले यी आकृतिहरू आकर्षक र पर्यटकीय हिसाबले मनै लोभ्याउनेसमेत रहेका छन् । ऐतिहासिक पानीका स्रोतहरू दिनानुदिन सुक्दै गइरहेका छन् । भविष्यमा यसरी नै पानी सुक्दै जाने र पुराना ढुंगेधाराहरू मासिँदै जाने हो भने पछाडिका सन्ततीले चित्र र म्युजियममा मात्रै ढुंगेधाराहरू नभेटिएलान् भन्न सकिन्न । ढुंगेधाराको संरक्षण र सम्बद्र्धन गर्नसक्ने हो भने पानीको हाहाकार धेरै हदसम्म कम हुने र आप्mनो सांस्कृतिक र ऐतिहासिक सम्पत्ति पछिल्लो पुस्ताले समेत उपयोग गर्न पाउनेछन् । 

ढुंगेधाराको धार्मिक तथा सांस्कृतिक प्रसिद्धि त्यसको संख्याले पनि निर्धारण गर्ने देखिन्छ । कतिपय ढुंगेधाराहरूले धार्मिकरूपमा प्रसिद्धिसमेत कामाएका छन् । यस्ता धेरै धाराहरूमध्ये बालाजुको बाइस धारा चैत्र पूर्णिमा र मातातीर्थका दिन नुहाउनका लागि प्रसिद्ध छ भने प्रत्येक १२ वर्षमा नुहाउनका लागि गोदावरीको नौ धारा प्रख्यात छ । त्यसैगरी, मुक्तिनाथको १०८ धारा पनि प्रमुख नै मानिन्छ । धार्मिकरूपमा विशेष चर्चामा रहेको धाराहरूमध्ये पाटनको गंगा हिटी पनि मुख्यरूपमा रहेको छ । 


Views: 318

सम्बन्धित सामग्री:

कल्पनाको ढाका सपना

रमा लुइँटेल : आश्विन १८, २०७६ (९:३२ AM)