7th December | 2019 | Saturday | 5:46:56 AM

आदिवासीको परम्परागत ज्ञान

अनुज थारू   POSTED ON : जेठ २७, २०७६ (१०:१३ AM)

आदिवासीको परम्परागत ज्ञान

बाँस तथा बेतको सामान बनाउने आदिवासी जनजाति थारू समुदायको परम्परागत सीप यतिबेला खतराको सूचीमा परेको छ । बाँसको चोयाबाट विभिन्न किसिमका घरयासी सामानहरू बनाउने सीप परम्परागत पुस्तौनी हस्तान्तरणबाट सिकेको भए पनि कच्चा पदार्थको अभाव र प्लास्टिकजन्य सामानको बजारले गर्दा लोप हुन लागेको हो । 

बाउबाजेले पछिल्लो पुस्तालाई सिकाए, तर अहिले सबै बिर्सिसकेका छन् भन्छन् बर्दियास्थित बाँसगढी नगरपालिका नेवादा गाउँका रामलाल थारू । अहिले सुपा, बेना, झाउवा, दिलीया झित्नी बुन्न जानेका थिए । तर अब ती समान कतै पाइँदैन । आधुनिक जमाना भन्छन्, सबै कुरा बिर्सी पनि सकेका छौँ । दैनिक चलनचल्तीमा नआएपछि बिर्सदै हराउने रहेछ भन्छन् उनी । 

यसरी परम्परागत ज्ञान र सीप बिर्सनेमा रामलाल मात्र एकल होइनन् । बाँसगढी ५ लक्ष्मणपुरका फग्गु थारू पनि यस्तो परम्परा मासिँदै गएकोमा चिन्तित छन् । उनको विचारमा जमानाले सबै बिर्साइदिएको छ, बाँस तथा बेतको संस्कृतिसँगै ज्ञान, सीप र कला पनि मासिँदै गएको छ । 

पहिले आपूmलाई चाहिने काठ तथा बाँसजन्य विभिन्न समानहरू उनीहरू आफैँ बनाउने गर्दथे । कृषिका लागि चाहिने हलो जुवाका लागि काठ, बाँस, खर पात काट्ने परम्परा नै हो । बाँसका धेरै सामान बन्छन् । हाते पंखा, सुपा, छिटुवा, छट्री आप्mनो सीपअनुसार धेरै सामानहरू बनाउन सकिन्छ । 

तर, अहिले यस्तो सामान बनाउने सीप युवा वर्गमा कसैसँग पनि छैन । उनको विचारमा यसरी आप्mनो सीप मासिँदै जानु परनिर्भरता बढ्दै जानु हो ।

थारू सामुदायको संस्कार, संस्कृति तथा ज्ञान र सीपले वातावरण संरक्षण गर्न सहयोग पुगेको दाबी स्थानीय थारू अगुवाहरूको छ । तर, पछिल्लो चरणमा आधुनिक विकासका नाममा वन विनाश र वातावरण प्रदूषण भइरहेकोमा उनीहरूको विश्लेषण छ । थारूहरूमा खोला तथा नदीनालामा माछा मारेर खाने चलन थियो । थारूहरूले आप्mनो माछा मार्ने एरिया पनि छुट्याएका थिए । माछा मार्नका लागि जंगली जडीबुटीको विष प्रयोग गर्थे । पहिले जस्तो विष हाल प्रयोग हुँदैन । पहिला–पहिला लगाइने विषले माछालाई मात्र असर गथ्र्याे । त्यसले अन्य जलीय जीवलाई कुनै पनि असर गर्दैन थियो । यो ज्ञान पनि लोप भएर गएको छ । यस्तो ज्ञान आदिवासीहरूमा मात्रै थियो । यसको संरक्षण नभएपछि नदी खोलामा माछा पनि बिरलै पाइन्छ । 

अहिले आदिवासीहरूलाई जंगल प्रवेश निषेध छ । आदिवासीले खोनीखोस्री बनाएको खोरिया पाखा सामुदायिक वनमा रूपान्तरण भएको छ । त्यसका मालिकका रूपमा भुइंफट्टा वर्ग देखिएका छन् । ठुल्ठूला जंगलहरू सेनाको हातमा छ । यसरी आदिवासीको जल, जमिन र जंगल लगायतका प्राकृतिक स्रोतहरू सरकारीकरण भएर खोसिएपछि यी ज्ञानको प्रयोग हुने सबै बाटाहरू बन्द भएका छन् । 

‘बर्दियास्थित बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारी पनि यस कुरालाई घुमाउरो पाराले स्वीकार गर्छन् । बाँसगढी नगरपालिका थारू आदिवासी जनजातिहरूको बाहुल्य भएको नगरपालिका भएको हुँदा उनीहरूको सीप, कला, प्रविधि र उत्पादनलाई सँगै अगाडि बढाउन नगरपालिका तयार रहेको उनी बताउँछन् । 

खास गरेर उनीहरूको सीपलाई आयआर्जनसँग जोड्न आवश्यक छ । त्यसका निम्ति स्थानीय सरकारले थारू हस्ताकला ढकिया, गोरीलाई प्रोत्साहन गरेर अगाडि बढ्नेगरी कार्यक्रमहरू निर्माण गरिएको छ । त्यसैगरी, थारू जातिहरूको संस्कृति प्रवद्र्धनका निम्ति थारू संग्रहालय निर्माण कार्य पनि भइरहेको छ । 

आदिवासीहरूको कला र सीप हाम्रो संस्कृति र सभ्यतासँग जोडिन्छ । त्यसका लागि स्थानीय सरकारको त ध्यान पुगेकै छ । संघ र प्रदेशको पनि केही न केही कार्यक्रम आउन जरुरी देखिन्छ । (इन्डिजिनियस फिचर सेवा)

Views: 442

सम्बन्धित सामग्री:

कल्पनाको ढाका सपना

रमा लुइँटेल : आश्विन १८, २०७६ (९:३२ AM)