19th September | 2019 | Thursday | 2:28:36 PM

बाको मनै चिराई

मुना दाहाल   POSTED ON : असार ७, २०७६ (१०:५१ AM)

 बाको मनै चिराई

हराभरा जगमग पार्ने आइदेऊ है मोती लिएर 

रोजीरोटी खोज्दै हिँड्न थाले धर्ती आप्mनै छोडेर

हेर धर्ती सब फाटे, इन्द्रदेव जल बर्साऊ 

आई रोप्छौ छुपुछुप पारी मौसम तिमी बोलाऊ ।


बाँझो रहृयो सबतिर खेत तिम्रै बाटो हेरेर

सुके खोला नदीनालाहरू बगर घरले घेरेर

रुग्छिन् आमा घर वरिपरि पँधेरीमै टोलाई

धाँजा फाटे चरचर गरी बाको मनै चिराई ।


खै, कहाँ खेल्छौ लुकामारी गरी हे मौसमी बादल ?

कि जालैमा परिकन फस्यौ नाकाबन्दीकै भो चाल


नलुके र नफसेको हुँदो हो त, गड्गडाएर आइदेऊ

नांगो सुख्खा भएकी छिन् निथु्रक्कै पार्दै भिजाइदेऊ ।


बाधा व्यवधान के–के आएछन् कहाँ–कहाँ बताइदेऊ

कुन ठाउँमा अड्किएछौ राजीनामा पठाइदेऊ

बाधा अड्काउ फुकाइदिई फुकुवा भई बसिदेऊ

हत्तपत्त झटपट आइदेऊ मूलै बनी फुटिदेऊ ।


प्रकृति नै रोक्छु भन्छन् ऐले आई यी मानव

विश्वमै सर्वश्रेष्ठ विज्ञहरू नै भएका छन् दानव

गम्की देऊ गजक्क फुलेर फूलै ओइलि झर्दिन्छ

अपार शक्तिको सामु आएर को नै पो नलत्रिन्छ ?


कति छ त्यो तिम्रो साहस मित्रु शत्रु सबैमा देखाऊ

 छैन भेदभाव गर्नुपर्ने एकअर्कामा तब छिटो आऊ

आऊ संयम अपनाई धर्ती धरा हरियो पार्नलाई

तोडिदेऊ बन्धनहरू सब बिघ्नबाधा पार लगाई


Views: 593