20th July | 2019 | Saturday | 8:44:12 AM

आहा ! गाउँको रोपाइँ !

बिनु लुइँटेल   POSTED ON : असार १५, २०७६ (१२:२८ PM)

आहा ! गाउँको रोपाइँ !

गैरी खेतको रोपाइँ

आउनु होला तपाईं 

हलि बाउसे खाँचै छ,

सबैका खेत रोपिसके 

हरियाली फर्कियो

हाम्रो अझै बाँझै छ । 

असारे महिनामा गाउने यो लोक भाका उस्तै, अझ हिलाम्य खेत र त्यो झरझर झरना उस्तै, विम्ब उस्तै र सम्झना उस्तै । गाउँका मान्छेको फरक जीनशैली, फेरि खेतका हली, बाउसे र खेतारी, रोपार उस्तै । असार लागेदेखि नै व्यस्त हुने गाउँघरका किसानलाई जब असार पन्ध्रले छुन्छ अनि अझै धेरै धान रोपाइँको चटारो हुन्छ । एकैछिनमा पानि पर्ने र छिनमै घाम लाग्ने, प्रकृतिले जिस्क्यााएजस्तो ।

रोपाइँको दिन बिहान झिमिसेमै उठ्दा आमाले गोठमा आगो बालिसक्नुभएको हुन्थ्यो । असार पन्ध्रसम्ममा त स्कुल पनि बिदा भएको हुन्थ्यो तर हामी गाउँमा रोपाइँ सुरु भएदेखि नै कक्षामा हँुदैनथ्यौँ । कहाँ कसको खेतमा रोपाइँ छ त्यहीँ पुग्नुपथ्र्यो र एकैछिन भए पनि हिलोमा पसेर रोपाइँ गरिहाल्नु पथ्र्यो । 

अरूको खेतमा रोपाइँ हँुदा पनि मन खुसीले प्रफुल्ल हुन्थ्यो । आफ्नो खेतमा हुँदा छु्ट्टै रौैनक, भुइँमा खुट्टा नभएजस्तो । आफ्नो खेतमा रोपाइँ हुँदा एक–दुई वटा हरिया मकै भुङ्ग्रोमा पोल्यो, पोलेको मकै एक गिलास दूधसँग खायो अनि उफ्रिँदै खेतामा पुग्यो । खेतमा धानको बिउ निकाल्न झिसमिसेमै पुगिसक्नु पथ्र्यो । रोपाइँ सुरु हुने दिन त कतिबेला उज्यालो होलाझैँ हुन्थ्यो । भोलि रोपाइँ सुरु हुने दिन, कामले फुर्सदै नहुने । धानको बिउ बोकेर रोपाहरूलाई पु¥याउनु पर्ने । असार किसानले ‘मानो रोपेर मुरी उब्जाउने’ समय । जति बेलै ज्यान हिलोमा ज्यान हुने । 

आजकाल यता शहरमा खेतमा असारे हिलो खोज्न उता–कता पुग्नुपर्छ । उता गाउँघरमा कसैलाई खोज्नु छ भने सोझै खेततिर गए हुन्थ्यो । 

असार महिना सबैको रोपाइँ गर्ने समय, पानीको उस्तै समस्या । लगभग दुई किलोमिटर कुलोमध्ये एक किलोमिटर त भगवान भरोसामा भने जस्तै थियो । वर्षाको कुलो एक पाइलो खुट्टा चिप्लिए जीवन तल कता बज्रिन पुग्थ्यो, माथिपट्टि बडेमानको पहरो, तल बल्लतल्ल बनाएको खोँचे डुँड र त्यही तल पाइलो अट्ने सानो गोरेटो, त्यही पनि माथि डुँडबाट पानी झरेर जमिन पुरै हिलो हुने । बा पानी लिन गएदेखि आमाका आँखा धानको बिउ निकाल्नमा भन्दा पनि बा नआउन्जेल कुलोतिरै धेरै हुन्थे । त्यस्तो कन्धरा पार गरेर जेनतेन पानी ल्यायो, त्यही पनि बीचमा अर्कैले कुलो भाँचिदिएर हैरान पार्न बेर लगाउँदैन । 

यस्तैमा एकदिन छिमेकीले धान रोपेका खेत भकाभक खनेर पानी आफ्नो खेतमा झारेको हुनाले गाउँमा भेला बगेको पनि सम्झना छ । एक पटक त छिमेकीसँग झगडै परेको थियो । असार महिना भरी त ठूलै उत्सव जस्तै लाग्थ्यो गाउँभरि । हामी केटाकेटीलाई खेत जसको भए पनि भयो, धानको बिउ उलेख्यो, रोपार र बाउसेलाई हिलो छ्यापिदियो, यस्तै । रोकी राखेको गोरुलाई हरियो घाँस देखाएर कुदाइदियो भने हलीले लखेट्थे । हामी केटाकेटी यसरी लखेटिन रमाइलो मान्थ्यौँ । बदमासीको सजाय सबैभन्दा अन्तिममा खाजा खाएर चुकाउनु पथ्र्यो । हामी केटाकेटीलाई कामको हतारो होइन कि खेतको रमाइलोको सुर हुन्थ्यो । 

कहिलेकाहीँ बिसन्चो भएर हिलो र चिसोबाट जोगाउन हामीलाई घरमै छाडेर आमा मेला जानुहुन्थ्यो । असार लागपेछि विशेष गरेर गाउँघरमा सानातिना खहरे, खोल्सा र कुलो पनि उर्लिएर आउने गर्छन् । ती खहरे, खोल्सा र कुलोमा आफूजस्तै साथी बटुलेर दिनभरि खेल्नु हाम्रो अर्को काम हुन्थ्यो । मकैको ढोड भाँचेर सानो पानीघट्ट बनाएर दिनभरि खेल्न पाउँदाको मजा कसरी बयान गर्न सक्नु र ¤ दिनभरि रमाइलोका लागि भाँचेको ढोडले बेलुका आमाका हातबाट कुटाइ पनि खानुपथ्र्यो कहिलेकाहीँ त । बुबाआमाले हिलोमा नखेलोस् भनेर घरमा राखेको त बेलुका आउँदा पानीमै खेलिराखेका हुने, अनि के चाहियो ¤ सजायँलाई निहुँ भइहाल्यो । 

गाउँतिर बर्खामा झमझम पानी पर्दा र डम्म कुहिरो लाग्ने, त्यसमाथि हिलो र पानीमा खेल्न झनै मजा । आफूलाई भने खेतालाको लागि तरकारी र खाजा बनाउन काम सघाउनु पर्ने । असारमा धेरैजसो घ्यू हालेर बनाएको मीठो तरकारी र सेलरोटी, खिर र अचार खेतमा रमेर खान पाउँदा कुनै चाडपर्व आएभन्दा कम नहुने । असारभरि गाउँमा बिहेझै रमझम देखिन्थ्यो । गाउँका अलिक धनी मान्छेले पञ्चेबाजा बजाएर बेठी लगाउँथे । मेरो हजुरबा उमेरले ८० काटिसक्नु भएको मान्छेलाई पनि बेठी लाएर रोपाइँ गर्ने ठूलो रहर हुन्थ्यो । असारका लागि रकम जोहो गर्नुहुन्थ्यो । 

हजुरबा बेठीमा खुब रौसिनु हुन्थ्यो । असार दोस्रो सातादेखि साउन पहिलो सातासम्म गाउँका खेतमा पञ्चेबाजा बज्थे । पालैपालो बेठी हुन्थ्यो । पञ्चेबजा बजाउनेलाई फुर्सद हुँदैनथ्यो । आजभोलि गाउँबाट बेठी लोपजस्तै भइसकेको छ । कतै बेठी बज्यो भने पनि असार नभएर पर्यटकहरूलाई आकर्षित गर्नमात्र । बेठी त परै जाओस् गाउँमा धेरैजसो खेत बाँझो परेर बसेका देखिन्छन् । 

रोपाइँ सकिने अन्तिम दिन गाउँभरिका सबै मिलेर खसी काट्थे । चामल भिजाएर जाँतोमा पिसेर मसिनो पिठो बनाई घ्यूमा भुटेर केराको अचारसँग खाने चलन थियो । यस्तो परिकार गाउँभरिका सबैजना एकैठाउँ बसेर खाँदा असाध्यै मीठो लाग्थ्यो, यसको रमाइलो अहिले बयान गरेर के साध्य ¤ 

यसरी रोपाइँको रौनक सकिन्थ्यो । मानो रोपेर मुरी उब्जाउने यो पर्व साँच्चै मनमोहक र अविष्मरणीय छ मेरा लागि । आजकल पहाडतिरको यो उर्वरभूमि  बाँझिँदै गएको छ । तराईतिर खेतीयोग्य जमिन कङ्क्रिटमा बदलिँदैछ । हाम्रो उत्तराद्र्धमा कस्तो रोपाइँ होला ! 


Views: 284

सम्बन्धित सामग्री:

कथा–उपहार

राजेश अधिकारी : असार २३, २०७६ (४:५७ AM)