19th October | 2019 | Saturday | 8:46:06 AM

हराएको आत्माविश्वास

–चेतना   POSTED ON : श्रावण १५, २०७६ (५:३५ PM)

हराएको आत्माविश्वास

हाम्रो सफलता वा असफलता भन्ने कुरा हाम्रो आत्मविश्वासले निर्धारण गर्छ । सफलताका लागि आत्मविश्वास सानै उमेरदेखि हुन जरुरी पनि छ । ठुलो हुँदा त समय अनुसार आत्मविश्वास टुट्छ वा जुट्छ । आत्माविश्वास स्वयमबाट मात्र उजागर हुने होइन यो त परिवार, शिक्षक तथा शुभचिन्तकबाट पनि मिल्ने कुरा हो । आत्माविश्वास एउटा संकल्प हो जसका लागि स्वयं व्यक्ति, परिवार र वातावरणको मुख्य भूमिका रहन्छ । गलत बाटो तथा जीवनबाट हरेश खाएको व्यक्तिलाई पनि उचित सल्लाह, सुझाबले परिवर्तन गराउन सक्छ । निज भित्रको आत्माविश्वासले परिवर्तनका रेखा कोर्न सक्छ । रचनात्मक क्षमतामा प्रोत्साहन भर्न सके व्यक्तिको क्षमतामा परिवर्तन आउन सक्छ ।

  यहाँ कुरा अन्त नमोड्दै म आफ्नै कुरा राख्न चाहन्छ् । म एउटा राम्रो परिवारको छोरी र मलाई कुनै कुराको दुःख थिएन । पारिवारिक आर्थीक अवस्था राम्रै भएपनि म मा पढाईमा भने उति लगनशिलता थिएन । के खाऊ के लाऊ नभएपनि म मा एउटा छुट्टै पिडा भने अवस्य थियो । अरुलाई मेरो मनको पिडा कसरी थाहा हुन्थियो र ?  आज पनि याद छ, म स्कुल पढ्नेबेला सायाद, यस्तै छ कक्षामा पढ्दा हुनपर्छ  ।  म पढाइमा त्यति नजान्ने, त्यति के भनि राखु जान्देै न जान्नेमा पर्थे ।  बाबाको  आँखामा छोरीलाई  बोडिङ पढाएर गल्तिगरेको  भाव स्पष्ट  देखिन्थ्यो । बाबाले कहिले सोध्नु भएन छोरी के भो  तिमीलाई, किन तिम्रो पढाइ नराम्रो मैले सुधार गर्न के गर्नु पर्छ ? अहँ  यस्ता शब्द त के , अझ भनौं त झन गाली खान्थे । बाबाको बोली भन्दा पनि आँखानै डर लाग्दो हुनाले मलाई रुन बाहेक अरु के नेै गर्न सक्दथे र । स्कुलमा झन सरका नराम्रो वचन अरु छात्रा जस्तो म रुपमा पनि राम्रो थिएन । सधै हेला र अपशब्दमा हुर्किदै गए । सरले सधै भन्ने गर्नु हुन्थ्यो यसको त न रुप राम्रो छ न त पढाइ । अरुलाई सर स्कुल  नआउँदा रमाईलोको विषय हुन्थ्यो मलाई भने भुतनै आज नआउने भो भन्ने लाग्थ्यो  । सरको नराम्रो वचनले मेरो आत्मविश्वास नै  टुट्दै गयो या भनौं सानै उमेरमा नै मरौं कि भन्ने विचार समेत आउँथ्यो । यस्तो विचार आउने बालिकाको मानसपटल कहाँसम्म हल्लेको होला ?  आज सोच्दा त आफैमा दया लागेर आउँछ । सरले मायाले बोलेको सम्झनामा नै आउँदैन, सरका शब्दले भित्र भित्र नै गुम्सिराखे सायद त्यसैले होला आज सम्म पनि खुलेर बोल्न सक्दिन । बालापनमा परेको मानसिक त्रासको असर हुन सक्छ यो ।  सानो कुरालेले मान्छेलाई ठुलै हुँदासम्म घात गर्दाे रहेछ । 

 समयले फडको मार्याे एउटा बालिका किशोरी बन्न पुगी  तर हालत र पढाईमा खासै फरक आएन । कहिले काँहि त बाबालाई भन्न मन लाग्थ्यो बाबा त्यो सर म सँग धेरै नराम्रो ब्यवहार गर्नुहुन्छ भनेर तर के नै गर्न सक्थे र मेरो बाबा शिक्षकलाई भगवानको नजरले हेर्ने न पर्नु भो मेरो गु्नासको सुनुवाई के हुने छाँटकाँट नै देखिनँ ।  

 म पढाईका सानो भन्दा सानो कुरा नि बुझ्दैनथे सरले पढाएको तर साथीहरु गाह«ो भन्दा गाह«ो प्रश्नको उत्तर हल गर्थे ।  आफु एउटा बेकामे छोरी महसुस हुन लाग्यो । अलि बुझ्ने उमेर भई सकेको हुनाले आफ्नो भविष्य अन्धकार देख्न लागि सकेको थिए । मर्न पनि  गाह«ो र कायरको काम हो भन्ने लाग्थो । मर्न पनि सजिलो छैन बुझी सकेको थिए । मर्नु समस्याको समाधान होइन त्यो पनि थाहा थियो । 

सरले पूरा कक्षाको अगाडि हास्य पात्र बनाउनु हुन्थ्यो । मेरो त सधै जसो घर पुगेर रुने र आँसु पुछ्दै कोठाबाट निस्कने दिनचर्या भएको थियो  । दिउँसो सरले गरेका व्यवहार र साँझ बाबाको नजरबाट सारा पैसा नै डुबियो भन्ने सोच प्रष्ट   हुन्थियो । आज पनि पछाडि फर्केर हेर्छु आँखा रसाएर आउँछन् । 

बाबाले एक बचन छोरी किन न पढेकी ? केही समस्या छ ? मायाले सोधेको भए  । सरले अरु छात्रा जस्तो व्यवहार मलाई पनि देखाको भए सायद मेरो बालापन सहज हुन्थ्योकी । आज मेरो पनि जीवन अरु साथीको झै हुन्थ्यो की ।


Views: 797