19th October | 2019 | Saturday | 8:41:54 AM

हिम्मतवाली हर्मिता

रमा लुइँटेल   POSTED ON : श्रावण २५, २०७६ (१२:४६ PM)

हिम्मतवाली हर्मिता

पूर्वको चर्चित र सुन्दर शहर धरानमा जन्मिएकी हर्मिता श्रेष्ठको घरमा मारुती भ्यान थियो । यो कसरी चलाउन सकिएला ¤ यसका पार्टपूर्जा के के होलान् ¤ यस्तै जिज्ञासाले सानै उमेरमा उनको हातले मारुतीको स्टेरिङ समात्यो । त्यतिबेला उनी १३ वर्षकी मात्रै थिइन् । 

स्टेरिङ समातेको दुई महिनापछि उनी मारुती भ्यान चलाउन सक्ने भइन् । सडकमा गुड्ने बस, ट्रक, अझ ठूला गाडी कसरी चल्छन् ¤ हर्मिता तिनलाई गम्भीरतापूर्वक नियाल्न थालिन् । ठूल्ठूला मोटरहरू चलाउने देख्दा उनलाई त्यत्तिबेला नै यस्तो लाग्थ्यो– मैले पनि यस्तै चलाउन पाए ।

विद्यालय पढ्दा धेरैमा हुने डाक्टर इन्जिनियर बन्ने चाहना थिएन । बाबालिकालाई धेरैले सोध्ने साझा प्रश्न हो– ठूलो भएपछि तिमी के बन्ने ?

हर्मितालाई यस्तो प्रश्न सोध्नेहरू नहुने कुरै भएन । जसले सोधे पनि जवाफ हुन्थ्यो– ड्राइभर बन्ने । उनको दिमागमा जति बेला पनि गाडी गुडरहेको हुन्थ्यो । 

त्यो उमेरको कल्पनालाई उनले व्यवहारमा परिणत गरिन् काठमाडौं आएपछि । यस्तो हुनुको पछाडि, घरमा भएको मारुती भ्यान मुख्य कारण भएको उनी बताउँछिन् । 

काठमाडौंले मोडेको बाटो

झण्डैै २४ वर्ष अघिको कुरा हो, हर्मिता काठमाडौं घुम्न आएकी थिइन् । उनी राजनधानी काठमाडौं घुम्न आएकी थिइन् । काठमाडौं घुम्दै गर्दा उनको सिन्धुपाल्चोकका एक व्यक्तिसँग चिनजान भयो । सामान्य चिनजानबाट झाँङ्गिएको सम्बन्ध आपसमा जीवनसाथी बन्ने निष्कर्षमा पुग्यो, बिहे भयो । बिहेपछि सिन्धुपाल्चोक गएकी उनको मन त्यहाँ लामो समय रम्न सकेन । त्यसको मुख्य कारण थियो नयाँ अवसर खोजीको चाहना । उनी हर्मिता एउटा छुट्टै काम गर्न चाहन्थिन्, जुन जोकोही नगरेको होस् । 

वैवाहिक जीवनले उनलाई धेरै कुरा सिकायो । एक जनाको कमाइ पर्याप्त भएन । परिवारमा महिलाको अस्तित्वको मुख्य आधार आर्थिक आत्मनिर्भरता हो भन्ने उनले बुझेकी थिइन् । त्यसैले उनको एउटै अठोट थियो, जसरी पनि कुनै काम गर्ने र आर्थिकरूपमा सक्षम हुने । 

हातमा केही काम नभएको बेला सिलाइ सम्बन्धी काम गर्न एउटा प्रस्ताव आयो । हर्मितालाई त त्यो काम ढुङ्गा खोज्दा देवता मिलेझैं भयो । त्यहाँ काम गर्दै गर्दा उनी नयाँ अवसर र आफ्नो इच्छाको काममा मन र मस्तिष्क डुलाइरहेकी थिइन्, उनी कुनै नयाँ काम गर्न चाहन्थिन् । 

टेम्पो चलाउने रहर

कपडा सिलाउनु हर्मिताको रुचिको क्षेत्र थिएन । कमाइ पनि उनलाई पुग्नेगरी भएन । उनले लुगा सिलाएर जीवन बिताउन सक्ने देखिनन् । सानैदेखि आकर्षित भएको क्षेत्र ड्राइभिङ क्षेत्रले नै उनलाई तानिरहेको थियो । मन जतिबेला पनि ड्राइभिङमै थियो, तन लुगा सिउने कलमा । 

ड्राइभिङको थोरै ज्ञान छँदै थियो । हात बसाउनुमात्रै थियो, टेम्पोको स्टेरिङमा । त्यसका लागि उनले दुई दिन टेम्पो चलाउन सकिन् । हर्मिता टेम्पोको लाइसेन्स लिन ट्रायलमा गइन् । पहिलो पटक ट्रायल दिँदा ट्राफिकले टेम्पोको झ्यालबाट हे¥यौ भने । उनी यो पटक असफल भइन् । उनलाई जसरी पनि लाइसेन्स चाहिएको थियो । लाइसेन्स विना सडकमा टेम्पो लिएर कसरी जानु ¤ यसपछि उनी लाइसेन्स पाउने रनाहामा विरगन्जतिर हानिइन् । 

नभन्दै हर्मिताको उद्देश्य पूरा भयो । लाइसेन्स हातमा परेपछि जोश चुलियो । आत्मविश्वास बढ्यो । काठमाडौंको एनएसीबाट चावहिल–जोरपाटी रूटको टेम्पो चलाउन थालिन् । त्यतिबेला अहिले जस्तो धेरै टेम्पो पनि थिएनन् । महिला चालक पनि त्यति थिएनन् । सडकमा महिला ड्राइभर, त्यसमा पनि टेम्पोका महिला ड्राइभर सबैको आँखाको तारो हुन्थे । सडकका खाल्डाखुल्डीमा टेम्पो बुरुक बरुक उफ्रिन्थ्यो ।

टेम्पोको कमाइले उनको गुजारा राम्रोसँग चल्यो । आम्दानी राम्रो हुन्थ्यो । डेरा भाडा तिरेर, छोराको पढाइ खर्च र परिवार चलाउन मन खुम्च्यााउनु पर्दैन थियो । 

असन्तुष्टि नै प्रगतिको मुख्य आधार हो भने झैँ, दुई वर्ष टेम्पो चलाएपछि ठूलो मोटर चलाउने रहर जाग्यो हर्मिताको मनमा । टेम्पोमा मात्रै सन्तुष्ट नभएको उनको मनले सरकारी मोटर हुँदै युनएनसम्म पु¥यायो । 

सरकारी मोटरमा हात 

सडकमा टेम्पो चलाइरहँदा हर्मिताको मन सडकमा कुदेका कार, ट्याक्सी लगायतका अन्य सवारी साधन देखेर कल्पिन्थ्यो । २०५९ सालतिर राष्ट्रिय महिला आयोगमा अध्यक्ष थिइन् दुर्गा पोखरेल थिइन् । दुर्गाको मोटर चलाउने मौका पाइन् उनले । सरकारी कार्यलयमा सवारी साधन चलाउने पहिलो महिला थिइन् । त्यो बेलाको आफ्नो खुसी सम्झेर उनी अहिले पनि अचम्मै पर्छिन् । उनले मुसुक्क मुस्कुराउँदै भनिन्, ‘त्यो बेलाको समय बिर्सन सक्दिनँ’, अझै पनि त्यो बाटो हिँड्दा पुराना दिनको याद आउँछ ।’

यूएनको गाडी 

हर्मिताकाको नियमित पत्रिका पढ्ने बानी थियो । एका बिहानै सबैजसजो पत्रिकामा आँखा डुलाउनै पथ्र्यो । पत्रिका नपढेको दिन उनलाई खल्लो लाग्थ्यो । एक दिनको पत्रिकामा उनले देखिन्, युनाइटेड नेसन नामक अन्तर्राष्ट्रिय संस्थाको ‘भ्याकेन्सी अनाउन्समेन्ट’ । त्यो अनाउन्समेन्टमा भनिएको थियो, महिला र पुरुष दुवैको आवश्यकता । बराबरी नम्बर ल्याए महिलालाई प्राथमिकता । उनी प्राथमिकतामा परिन् । युएनको गाडी चलाउन थान् ि।  

कुराकानीको क्रममा उनको अनुहार निकै हसिलो भयो । त्यो हसिलोपन उनको मिहिनेतको फल थियो । अवसर खोज्ने बानीले ल्याएको थियो त्यो उज्यालो । संस्थाको गाडी चलाउँदै हर्मिता निकै जोखिमयुक्त ठाउँमा पनि पुग्थिन् । राजधानीको सडकमा टेम्पो र कार चलाएकी हर्मिता युनाइटेड नेसनमा गएपछि देशका विकट ठाउँमा पुगिन् । त्यो अनुभवले उनलाई निक्कैै परिपक्व बनायो । 

हर्मिता बर्खामा यात्रा गर्दा बाटोमा पहिरो गएर घण्टौ रोकिएकी छिन् । डोजर बोलाएर बाटो मिलाउँदै गर्दा माथिको पहरोबाट ढुङ्गा खसेर मार्ने हो कि भन्दै एकतासको मन लिएर बाटोमा घण्टौँ बिताएको सम्झना ताजै छ । ‘मनमा अनेक तर्क विकर्त आउँथे तर पनि मन सम्हाल्थेँ’ उनले अप्ठ्यारो परिस्थितिमा आफूले आफैँलाई सम्हालेको अवस्था सुनाइन् । त्यसरी हिँड्दा सबैभन्दा बढी छोराछोरीको सम्झनाले व्याकुल बनाउँथ्यो । शायद त्यसैले भनिएको होला अपार मातृस्नेह, आमाको मन । हर्मिता आफूलाई ‘यो सब गरेको छोराछोरी र परिवारको लागि नै हो’ भन्ने पनि ठान्थिन् । 

काठमाडौंका खाल्डाखुल्डीमा टेम्पो गुडाएकी, सरकारी सवारीसाधन चलाएकी उनले युनाइटेड नेसनमा १५ वर्ष चालकको रूपमा काम गरिन् । युनएनको कमाइ राम्रो थियो । त्यो कमाइले उनले चोभारमा घर बनाइन् । छोराछोरीलाई राम्रो स्कुलमा पढाइन् । परिवार राम्ररी चलाउने राम्रो आर्थिक आधार बन्यो युनएनको चालक जागिर । 

साझा बसको स्टेरिङ 

धरानमा जन्मे–हुर्केकी हर्मिता श्रेष्ठ यतिबेला राजधानीका सडकमा हरेक दिन सयौंलाई गन्तव्यमा पु¥याउँछिन् । ड्राइभिङ क्षेत्रमा लामो अनुभव बटुलेकी उनले साझा यातायातको माध्यमबाट धेरैलाई गन्तव्यमा पु¥याउन थालेको एक महिना पुगेको छ । साझा यातायातले २० वटा बस थप्ने थाहा पाएपछि उनले निवेदन दिएकी थिइन् । साझाले महिलालाई प्राथमिकतामा राखेको थाहा पाएपछि उनी बिछट्टै खुशी भएकी छन् । यो प्राथमिकताले उनको आत्मविश्वास चुलिएको छ । भन्छिन्, ‘मलाई अचेल जति काम गर्दा पनि थकाइ लाग्दैन, जस्तोसुकै कठिन काम पनि गर्न सक्छु जस्तो लाग्छ ।’ उनको अनुभवले भन्छ– आफ्नो रुचिअनुसारको काम गर्न पाए खुसी हुन मानिसलाई ठूलो ठूलो सफलता चाहिँदन ।

साझा यातायातका सञ्चालक मात्रै होइन, प्रत्येक दिन बसमा भेटिने यात्रु पनि हर्मिताको प्रेरणा र प्रोत्साहनको स्रोत हुन् । ड्राइभरको सिटमा महिला देखेपछि एकछिन धेरैजसो यात्रुहरू छक्क पर्छन् । अचम्म मान्छन् । यात्रुहरूले हर्मितालाई वर्षौअघि चिनेको जस्तो व्यवहार गर्छन् । बसबाट ओर्लिर्ने बेला ‘धन्यवाद’ भन्छन् । यो उनका लागि सबैभन्दा ठूलो ऊर्जा हुने गरेको छ ।

अग्लो साझा बस, छुट्टै रङ, अग्लो सिट, यस्तो गाडी चलाउँदा फरक अनुभव गर्छिन् हर्मिता । सडकमा गुड्न अन्य सवारी साधन भन्दो यो अलि भिन्नै भएकाले सबैको आँखामा आफू परेको उनको अनुमान छ । उनी बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म काममै व्यस्त हुन्छिन् । दिनभर काममा व्यस्त हुँदा एक छोरा र एक छोरीकी आमा हर्मिताको आँखामा धेरै पटक सन्तानका अनुहार आउँछन् । तर उनी आफूलाई सम्हाल्छिन् । उनले भावनामा बग्नु र व्यवहारमा उर्तनु फरक कुरा हो भन्ने बुझेकी छिन् । दिनभर साझा बस चलाउने उनी बेलुका पल्सर १५० चलाएर घर फर्किन्छिन् । 

साना छोडेर ठूलामा आउनू 

साना सवारी साधन चलाइरहेका महिलालाई उनी ठूला सवारी चलाउन आग्रह गर्छिन् । ठूला सवारीसधानको स्टेरिङमा हात राख्दा आत्मविश्वास बढ्ने उनको अनुभव छ । महिललाई कमजोर ठान्ने यो समाजको सोचलाई समेत राम्रो जवाफ हुने उनी बताउँछिन् । ठूला सवारीमा पुरुषको मात्रै बर्चस्व छ । उनी भन्छिन्, ‘आउनुस् अब ठूला साधनको स्टेरिड घुमाउनु होस्, साना छोड्नुस् ।’

अवसर पाएमा महिलाले पुरुषसरह काम गर्न सक्छन् भन्ने उदाहरण हुन् हर्मिता । उनी अन्य धेरै महिलाका लागि प्ररेणाकी स्रोत हुन् । काम गरे अवश्य सफल हुन सकिन्छ भन्ने मान्यता स्थापित गर्न सफल उनी भन्छिन्, ‘अवसर लिनसक्नुपर्छ, महिला हुँ भनेर पन्छिन् हुन्न ।’ जीवनमा आइपर्ने अप्ठेराहरू धैैर्यपूर्वक सामना गर्नुपर्ने उनको धारणा छ । उमेरले ४० वर्षीया हर्मिताको आँट, श्रमको सम्मान गर्ने शैली र संस्कारबाट नेपालमा यो पनि छैन, त्यो पनि छैन भन्ने आम नेपालीले केही सिक्ने होे कि ! 

हर्मिताको जीवनमा हिम्मतले चुचुरो चुमोस् । हर्षको खडेरी कहिल्यै नपरोस् । शुभकामना । 






Views: 707