15th September | 2019 | Sunday | 7:54:41 PM

अभिनय साम्राज्ञीका अभिनयका कुरा

विनोद दाहाल   POSTED ON : भदौ १४, २०७६ (१०:०९ AM)

अभिनय साम्राज्ञीका अभिनयका कुरा

मैले त्यस दिन उनलाई निकै लामो समय पर्खाएँ । गाडी जामको राम्रै मारमा परेँ । हिँडेको भए आधाघण्टाको बाटो हो कपनबाट चावहिल–लामपोखरी आउँन, बस चढ्ने हुँदा पूरा एक घण्टा र १५ मिनट लाग्यो । तैपनि उनी पर्खिरहेकै रहिछन् दिक्क नमानी । ‘रातो टीका’को छायांकन अघिल्लो दिनमात्र सकिएको हुँनाले उनी यसरी दिनभरि गफिन पाइन् नत्र सधैँ असारको पन्ध्र नै हुन्थ्यो उनलाई । विराजको कार्यालयमा उनीसँगको अन्तरंग कुराकानी सुरु गरियो । 

उनी अर्थात् सबैले चिनेकी लक्ष्मी गिरी खासमा लक्ष्मीकुमारी पौडेल, काठमाडौंकै रैथाने पो रहिछन् । काठमाडौंको पवित्र पाशुपत क्षेत्रको देवपतनमा विसं २०१० साल माघ ११ गते मुक्तिनाथ पौडेल र उजेली अधिकारी पौडेलकी छोरीका रूपमा उनको जन्म भएको रहेछ । 

कलाकार लक्ष्मी गिरी बोलक्कड र हँसमुख रहिछन् । उनी बाबुआमाकी एकमात्र सन्तान हुन् । लक्ष्मीका बुबाको जागिर थियो । त्यसैले उनको पारिवारिक आर्थिक हैसियत मध्यमस्तरको थियो । देवपतन क्षेत्रमा विभिन्न पर्वमा सांस्कृतिक कार्यक्रम भइरहन्थे । उनलाई पनि त्यस्ता कार्यक्रमले आकर्षित गर्दै लग्यो र थाहै नपाई उनी त्यस्ता कार्यक्रममा बालकलाकारका रूपमा भाग लिँदालिँदै विस्तारै स्थापित कलाकार भइसकिछन् । 

डबली नाटकको प्रभाव नै हो हालकी स्थापित कलाकार लक्ष्मी गिरी बन्ने प्रेरणा । हजुरआमा त्यस जमानैमा नर्स, घरमा पनि उनलाई प्रेरणा र प्रोत्साहन प्राप्त भइरहन्थ्यो । उनले पशुपतिनाथ मन्दिरसँगैको शारदा माविमा र जोरपाटीको चामुण्डा माविमा पढिन् । विद्यालयका अतिरिक्त क्रियाकलाप र उनी हुर्किएको परिवेश यी दुवै हुन् उनलाई राष्ट्रियस्तरको कलाकार लक्ष्मी गिरी बनाउने । 

उनले नेपाल राष्ट्र बैंकमा जागिर खाइन् । २०३८ सालमा यसको रजत महोत्सव भयो । कलाकार छनौटका लागि अडिसन भयो, उनले पनि भाग लिइन् र प्रथम भएर छनोटमा परिन् । राष्ट्र बैंकमा उनले २०२८ सालदेखि २०५० सालसम्म जागिर खाइन् । 

२०३० सालमा उनको खोटाङ हलेसी महादेव स्थानका महन्त तुलसीराम गिरीका छोरा प्राध्यापक रत्नकुमार गिरीसँग प्रेम विवाह भयो । उनीहरूका दुई छोरा निरज र धीरज अनि एक छोरी मेरिना छन् । उनका छोराछोरी र श्रीमान् आफ्नै पढाइ लेखाइतिर व्यस्त भए, कलाकारितातिर रुचि राखेनन् । कलाकारका छोराछोरी कलाकारै बनेका धेरै उदाहरणको अपवाद देखिन्छ उनको परिवार । 

कलाकारिता उनको सानैदेखि रुचिको विषय हो । कलाकारिताकै लागि उनले २०५० सालमा राष्ट्र बैंकको जागिर छोडेकी हुन् । यही सिलसिलामा उनले नेपालका कालिकोट र मुगुबाहेकका ७५ जिल्ला र अमेरिका, बेलायत, भारत, हङकङलगायत केही देशको भ्रमण गरेकी छन् । 

त्यसो त उनको अभिनय नाटकबाट सुरु भएको हो । उनले डेढ दर्जन जति नाटक खेलेकी छन् । चर्चित विज्ञापन नाटकमा पनि उनको अभिनय छ । नाटकहरूमा त उनले नायिकाकै भूमिका निर्वाह गरेकी छन् । उनले अनगिन्ति टेलिफिल्म र ८९ वटा ठूलोपर्दाका सिनेमाहरूमा अभिनय गरिसकेकी छन् । 

उनी कथा र निर्देशक हेरेर पारिश्रमिक लिने गर्छिन् । उनले अभिनय गरेका सिनेमाबाट पारिश्रमिक नपाएको चाहिँ छैन भन्छिन् । जागिर छोडेर कलाक्षेत्रमा लागेकामा उनलाई कुनै पछुतो भएन छ । त्यो आकर्षक जागिर छोडेर त्योभन्दा राम्रो आर्जन उनले कलाकारिताबाटै गरिछन्, थप उनले आफ्नो रुचिको काम गर्न पाइन् र नाम पनि कमाइन् । 

उनको भनाइमा यो क्षेत्रमा उनी कुनै स्वार्थले लागेकी होइनन् तर अझै पनि उनी आपूmले चाहेजस्तो अभिनय गर्न भने पाइकी छैन भन्छिन् । उनले सबै खालको भूमिका त गरेकै छन् तर आवाजविहीनहरूका लागि आवाज बन्नसक्ने फिल्म खेल्न मन छ भन्छिन् । उनलाई सांकेतिक भाषा पनि आउँछ । ज्येष्ठ नागरिकहरूका लागि फिल्म बन्न सकेका छैनन् । उनी यस्ता फिल्मको प्रतीक्षामा भएको बताउँछिन् । 

अन्तरंगका क्रममा उनले बेलाबेलामा घतलाग्दा कुरा गरिन् । मैले कसलाई अब्बल कलाकार ठान्नुहुन्छ भनेर सोध्दा उनले ‘म त आपूmबाहेक अरू कसैलाई पनि अब्बल ठान्दिनँ’ भन्ने जवाफ दिइन् । नेपालका अरू क्षेत्रमा जस्तै कला क्षेत्र पनि राजनीतिको चपेटामा परेको उनी ठान्छिन् । यसले गर्दा राम्रा मान्छेहरू पछि परेको उनको बुझाइ छ । सिनेमा केवल मनोरञ्जनमात्र होइन । यसका माध्यमबाट त समाज बदल्न सकिन्छ भन्छिन् उनी । 

बलिदानले राजनीतिक चेतना ल्यायो र झोलाले नारी नेतना वृद्धि गर्नुको साथै तत्कालीन सामाजिक अवस्थाको सग्लो चित्र पनि प्रस्तुत ग¥यो उनी बताउँछिन् । 

कलाकार लक्ष्मी गिरीले आपूmले गरेको अभिनयको प्रभाव समाजमा कस्तो प¥यो भनेर हेर्ने गरेकी छन् । छुचो भूमिका खेलेर होला धेरैले उनलाई वास्तविकतामा पनि त्यस्तै स्वभाव होला भन्ने ठान्दारहेछन् तर उनी त्यस्ती छैनन् । धेरै मानिस उनको अभिनयबाट आकर्षित भएका हुन्छन् रे । यथार्थमा लक्ष्मी गिरी रिल र रियल लाइफमा फरक रहिछन् । उनी सार्वजनिक यातायात प्रयोग गर्दिरहिछन् । कसैले त जिस्याउँछन् रे तर उनी तिनीहरूलाई सोहीअनुसार मुखभरिको जवाफ दिएर हिँड्छु भन्छिन् । उनको अभिनयको प्रभाव समाजमा सकारात्मक परेको छ भन्छिन् उनी । 

उनी राजनीति गर्दिनन् । समर्थक चाहिँ हुँ भन्छिन् । वादको विवादबाट माथि उठेर निर्वाद र सर्ववाद हुनुपर्छ भन्ने ठान्छिन् उनी । उनी रहरले कलाकार बनेको बताउँछिन् । २०५३ सालदेखि २०७५ सालसम्म उनी राष्ट्रिय कलाकार संघमा रहिन् । त्यहाँ उनी वरिष्ट उपाध्यक्षसम्म भइन् । नेपाल चलचित्र विकास बोर्डको महिला सशक्तीकरणमा बोर्ड सदस्य भइन् । बोर्डले उनलाई ‘वरिष्ट’ को उपाधि दियो । ‘सिक्ने कुरा कहिल्यै नसकिने रहेछ । त्यसैले जति हुनुपर्ने हो त्यति हुन बाँकी छ’ भन्ने उनको धारणा छ । 

अभिनय गर्नाले दिमाग सक्रिय हुन्छ भन्ने उनी ठान्छिन् । शारीरिक र मानसिक रूपमा ताजगी बनाउँछ भन्ने उनलाई लाग्छ । सिनेममा गरिएको भूमिकाका आधारमै बाहिर पनि मूल्यांकन गर्ने गरेको उनलाई मन पर्दैन । अभिनयबाट लोकप्रियता प्राप्त गरिन्छ । ‘फिल्ममा जस्तो अभिनय गरिन्छ कतिपय दर्शकले त त्यस्तै ठान्दा रहेछन्’ उनी भन्छिन् । अभिनयबाट उनले लोकप्रियताका साथै राम्रै आर्थिक लाभ लिइछन् तर यसमा जागिरमा जस्तो समानुपातिक आर्जन र निरन्तरता नहुने उनको अनुभव छ । 

यति लामो समयको कलाकारिताको अनुभव गरेकी गिरीलाई पछाडि फर्केर हेर्दा आपूmले यस क्षेत्रमा केही गरेको जस्तो लाग्छ । अहिले आएर राष्ट्रले खेलाडीका लागि केही गर्न थालेजस्तै कलाकारका लागि पनि केही गर्नुपर्ने हो भन्ने उनलाई लाग्छ । उनले अभिनय गरेका सबै सिनेमाको पारिश्रमिक पाएकी छन्, कसैले नदिने र टार्ने गरेनन् तर केही फिल्महरू चाहिँ नखेलेको भए पनि हुनेरहेछ जस्तो अहिले उनलाई लागेको रहेछ ।

कलाकारितामा लागेर केही कुरा गुमाएको जस्तो उनलाई लागेको छ । परिवारलाई समय दिन नसक्नु यसको ठूलो दुर्गुण देखेकी छन् उनले । अब भने नेपालमा पनि कलाकारितालाई पेशा बनाएर बाँच्न सकिने अवस्था सिर्जना भएको उनले पाएकी छन् । ‘यदि राजनीतिक स्थिरता भयो भने कलाकारले कलाकार भएर बाँच्न सक्ने अवस्था छ’ उनी भन्छिन् । अभिनयका लागि लक्ष्मीले आफ्नो सम्पत्ति खर्च गर्नुपरेको छैन । 

हाल उनी नेपाल टेलिभिजनबाट आउने ‘हङ्गामा’ र ‘ब्याड लक’ मा अभिनय गर्दैछन् । डिसहोमबाट ‘एकादेशको चुरिफुरी’ उनको अभिनयमा आउन लागेको छ । नेपाल टेलिभिजनको स्थापना कालदेखि हालसम्म निरन्तर अभिनय गरिरहने आपूm एक्लो कलाकार भएको उनको दाबी छ । तर, कतिपय कलाकारले बीच–बीचमा दुई÷चार वर्ष छोडेर फेरि फर्किने अनि निरन्तरताको दाबी गर्ने गरेकोमा उनको असन्तुष्टि छ । 

उनी अभिनयमा रहरले आएकी हुन् तर हाल उनी रहरलेभन्दा वातावरण, समाज र सामाजिक परिवेशमा केही प्रभाव पार्न र चेतना अभिवृद्धिको लक्षमा पुग्न सिनेमाका माध्यमबाट सकिने सोचका साथ काम गरिरहेको बताउँछिन् । 

उनी अब जीवनको उत्तराद्र्धतिर कोल्टिदै गएर हो कि ज्येष्ठ नागरिको सेवाको चाहना गर्छिन् । भन्छिन्, ‘कसैले ज्येष्ठ नागरिक चिन्तन चौतारी खोले निःस्वार्थ रूपमा त्यसमा लागेर मन बहलाउँथेँ ।’ तर आपूm एक्लैले यस्तो संस्था खोल्न र चलाउन नसक्ने उनी बताउँछिन् । यसमा आर्थिक कारण जोडएर आउने हुँदा आपूm पछि हट्नु परेको उनको धारणा छ । 

नेपाल सरकारबाट उनले २०६२ सालमा गोरखा दक्षिण बाहु चौथो पाएबाहेक अरू कुनै पुरस्कार सम्मान र विभूषण पाएकी छैनन् तर प्राइभेट क्षेत्रबाट उनले अनगिन्ती यस्ता सम्मान र पुरस्कारहरू पाएकी छन् । हालै विराज समाजबाट ‘याक्टिङ क्विन’ अथवा अभिनय साम्राज्ञीको उपाधि पाउँदा धेरै उत्साहित बनेकी छन् । विराजबाट यो पदवि पाउनु आफ्ना लागि गौरवको कुरो हो भन्ने उनलाई लागेको छ । ‘विराज समाज बौद्धिक व्यक्तिहरूको संस्था हो र यस्तो संस्थाबाट आपूm सम्मानित भई ‘याक्टिङ क्वीन’को पदवी पाउनु मेरा लागि गौरवको कुरो हो, यो उपाधि नेपाल सरकारले दिनुपथ्र्यो । त्यसैले सरकारको आँखा खोलीदिने प्रयास हो यो’ उनी भन्छिन् । 

अभिनेत्री गिरीलाई मन पर्ने भूमिका चाहिँ सम्वेदनशील र भावुक भूमिकै हो । उनी अभिनयका बेलामा भूमिका छान्दिनन्, जे दिन्छन् त्यही गर्छिन् तर स्क्रिप्ट तयार पार्दै आफ्ना लागि भूमिका छानिसकिँदो रहेछ भछिन्न् उनी । ‘तत्क्षण रुनुपर्ने, हास्नुपर्ने, सम्वेदनशील बन्नुपर्ने, रिसाउनुपर्ने जस्तोसुकै भूमिका गर्नसक्छु’ उनी भन्छिन् । 

उनले निर्माता बन्ने भने आँट गरेकी छैनन् । ‘यसमा उही आर्थिक कारण जोडिएर आउँछ । धेरै लगानी गर्नुपर्छ तर दर्शकले मन पराइदिएनन् भने लगानी डुब्छ’ उनी भन्छिन् । 

सिनेमा छायांकनका क्रममा भएका अनेक अविस्मरणीय घटनाको सम्झना छ उनलाई । सबैभन्दा पछिल्लो पटक ‘झोला’को छायांकनका क्रममा उनी नायिका गरिमा पन्तसँगै ओढारमा सुतेकी थिइन् । राति बाघ आयो । उनी डराइन् तर बाघ वरिपरि घुमेर गयो । उनले भोलिपल्ट अरूलाई भनिन् तर कसैले पत्याएनन् । भोलिपल्ट राति पनि त्यही समयमा बाघ आयो र सुतेका मानिसहरूलाई सँुघेर गयो केही गरेन । 

उनी अन्त्यमा सरकारलाई केही सुझाब दिन चाहन्छिन् । लाइफ टाइम एचिभमेन्ट अवार्ड दिने गरिएको छ । यो कस्तालाई दिने हो भन्ने उनको प्रश्न छ । यो प्रश्नको मतलव उनको यसप्रतिको असन्तुष्टि हो । 

उनी नयाँहरूलाई केही सुझाब दिन चाहन्छिन् । ‘हुन त नयाँहरू केही सिकेर र बुझेर यस क्षेत्रमा आएका होलान् तै पनि यही क्षेत्रमा टिकिरहने हो भने आपूmलाई सकेसम्म बढी परिमार्जित गर्नुपर्छ र लगनशील हुनुपर्छ’ उनी भन्छिन् । अभिनय साम्राज्ञीको अझै बढी प्रगतिका लागि शुभकामना । 


Views: 255