7th June | 2020 | Sunday | 10:55:16 AM

कविता – शरदको बहार

मुना दाहाल   POSTED ON : आश्विन ७, २०७६ (५:२१ PM)

कविता – शरदको बहार

निलगगनका तारापुञ्ज झुल्कि फेरि आए ।

 सफा स्वच्छ वर्षातले हिलो धुलो पखाले।।

चाडवाड डाकीसाथमा शरदले बोलाए।

लाहुरे फिर्ने हतारो छ किनमेल गरि घर आए।।


सुवाश छर्दै फूलेकाछन् मालती बाग बाग।

बिछोडका पनि मिलन हुदै अब एक साथ।।

ऋतुहरूका राजा नै हुन शरद बनि आयो।

प्रेम प्रणयसँगै सुख दुःख बाँड्नलाई छायो।।


 खेतका हरिया फाँटैभरि सुन झैं धान झुलायो।

ममताको आँचलभित्रै कर्तव्यलाई चिनायो।।

फिर्ती हुने सब घर घरका लाहुरेलाई फिरायो।

वर्षासँगै रोग व्यथाहरू सबैलाई बगायो।।


घमाइलो झलमल आँगन तोरणैले छोपेको।

देवैलोक सरि बनिकन तेजस्व नै बोकेको।

जडबुद्धि हुनेहरू पनि विद्वान सरि लौ ! उडेको।

 नवरात्रीका खुसी साट्दै लक्ष्मीसितै भुलेको।।


सफा सुग्घर पारिकन मन त्यसै लोभ्याउँदैछ।

शरदको मिठो बहारले सबतिर खुसि छाउँदैछ।।

न त गर्मी खलखल झर्ने दूर्ग्न्धित पसिना।

न त ध्वस्त बटवृक्ष झरेकाछन् असिना।।


 लगलग काम्दै डगडग मुटु दाह्रा किट्नु नपर्ने।

 झलमल ज्योति सारा सुन्दर उज्यालामा नै झर्ने।

मिलिजुली खान मिठो पिठो घरघर भित्र्यो सुखद।

हिऊँद लाग्दै भेडीगोठ सार्दै समथर तिर को झर्ने? 


 पाखैभरि कस्तुरीले वन वन सुगन्धित छर्दैछन्।

सारा जीव मोहित पारीकन आफ्नै वशमा भुल्दैछन्।

स्वर्ग जस्तै सुन्दर छ यहाँ शान्त बस्ने ठाउँ पाइदैन।

शरद ऋतु भन्दा प्यारो, न्यानो ऋतु अरू पाइदैन्।।


 टहटह लागे जुनतारा चम्कि, ल्याउँदै सारा उज्यालो।

सुखदुःख बुझी मन मन खुसी, दीप घर घर बोलायो।।

हिलो छोपि धुलो उडाई लग्दै वर्षात् कि रानी।

बिहानीको सुर्य प्यारो नै बनायो शरदैले हो जानी।।


रनवन सबतिर सुसेलिदै फूलको बहार खन्याई।।

नदिनाला तर्ने नाऊ पनि चाहिदैन अबलाई।।

चम्काउदै ज्योती फिँजाई ग्रह शान्तिहरूलाई । 

 खुसी हुन पितृहरु पनि श्रद्धाभक्ति चढाई।।


आयो जन जन माझमा शरद बनी बिहानी।

ल्यायो खुसी बटुलेर साथमा सुहानी।।

दुःख कष्ट हटाई दिनेछ क्षणकै निम्ति भए नि।

पुनः मिलनको बस्छन कोही आसमा नि।।


Views: 1074

सम्बन्धित सामग्री:

साइनोको पीडा

राजेश अधिकारी : चैत्र २७, २०७६ (२:०० PM)

सरकार मानवता खै ?

सन्दिप लुईटेल : चैत्र २३, २०७६ (३:३३ PM)