13th December | 2019 | Friday | 3:34:45 PM

अन्तरङ्ग : खरो व्यङ्ग्यमा माहिर जर्साब

विनोद दाहाल   POSTED ON : कार्तिक ३०, २०७६ (९:५८ AM)

अन्तरङ्ग : खरो व्यङ्ग्यमा माहिर जर्साब

बलदेवराज महत अवकाशप्राप्त बलाध्यक्ष रथी हुन् । त्यो त उनको सेवाको क्षेत्र हो तर अर्कातिर उनी जागिरभन्दा विपरीत साहित्य लेखनमा पनि संलग्न भए । सेवा अवधिभरि उनी उपनामबाटै लेखनमा संलग्न रहेकाले उनलाई थोरै लेखक र पत्रकारले मात्रै चिनेका थिए । सैनिक सेवामा र आमपाठकमा चिनिएका थिएनन् । छद्म नाममा पत्रपत्रिकामा प्रकाशित लेख रचनाबाहेक उनका पुस्तकाकार कृति थिएनन् । जब उनी सेवानिवृत्त भए तब उनका कृतिहरू वर्षेनी प्रकाशित हुँदै आए र ती उपनामहरू महतकै हुन् भन्ने सबैलाई जानकारी हुँदै आयो । 

एक दिन साँझ म उनकै निवास मण्डिखाटारमा उनलाई भेट्न पुगेँ । कुराकानी सुरु भयो । कति कुरा हामीले अफ दि रेकर्डमा ग¥यौँ । उनको पेशामा आँच नपुग्ने गरी साहित्यिक भलाकुसारीमात्रै हामीले यहाँ प्रकाशनार्थ औपचारिकतामा समेट्यौँ । घुरमैलो साँझ तर उनको भव्य बैठक कोठामा बिजुलीको उज्यालोमा उनी केही भन्दै गए र उनको भनाइका केही सारयुक्त निष्कर्षलाई म डायरीमा टिप्तै गएँ । 

विमर्शमा लामो समयसम्म व्यङ्ग्य लेख्ने सागर महत र कान्तिपुरका व्यङ्ग्यकार आत्माराम त जर्नेल बलदेव पो रहेछन् । यसैगरी जानकारी पत्रिकाका आत्माराम पनि उनै हमतजी रहेछन् । लेफ्टिनेन्ट जनरल अप्रा महत समय तालिका राम्ररी ख्याल गर्छन् । उनी बिहान सबेरै उठ्छन् । चार बजे उठेर नित्यकर्म सकेपछि उनी दैनिक एकपृष्ठ लेख्छन् । यो उनको दैनिकी नै हो । ‘एक दिन एक पेज’ भन्ने लेखन नीति उनको निकै पुरानो हो । यसले निरन्तरता पाएको छ । यसपछि उनी समाचारमा अपडेट हुन्छन् । 

उनी अगाडिको तीन पुस्ता सैनिक सेवामै थियो । त्यसैले उनी त्यतै तानिए । दुई दाजुभाइका जेठा हुन् उनी एक दिदी र तीन बहिनी छन् । उनी काभ्रेको पनौतीमा २०१६ सालमा जन्मिए । पहिले गाउँकै रुद्रबहादुर केसी नामका व्यक्तिसँग चौतारामा बसेर पढे उनले । पछि त्यो चौतारे गुरुकुल श्रीराम पाठशाला बन्यो । उनको सुरुको विद्यालय त्यही हो । त्यसपछि उनले काठमाडौंका शान्ति निकुञ्ज, नेपाल आदर्श, पद्मोदय विद्यालयहरूमा पढे । अन्ततः उनले फेरि नेपाल आदर्शबाट एसएलसी गरे । 

उनी उच्च शिक्षाका लागि रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । प्रवीणता प्रमाणपत्र तहको पढाइका क्रममा नेपाली पढाउने रमा शर्माले केही लेख्न गृहकार्य दिइन् । उनले लेखे । सबैले आफैँ पढेर सुनाए तर उनले व्यङ्ग्यात्मक ढंगले केही लेखेका थिए । सुनाउन लाज माने । उनको लेखन अर्को साथीले सुनाइदियो । उनले गुरुआमा र साथीहरूको प्रशंसा पाए । प्रसिद्ध हास्यव्यङ्ग्यकार भैरव अर्यालको जयभुँडी कोर्समै थियो, त्यसबाट प्रभावित थिए उनी । यही प्रसंगले उनका अन्तरमनमा लेखक व्यक्तिŒवको अंकूर भयो । 

२०४२ सालमा माधवी पाँडेसँग उनको विवाह भयो । एक छोरा र दुई छोरी भए । छोरा शैलेश हाल बुद्ध एयरको सिनियर क्याप्टेन छन् । बलदेवले स्नातक प्राइभेटबाट पूरा गरे । परिवारको अग्रज नेपाली सेनामा भएका कारण उनी त्यता तानिनु स्वाभाविक थियो । त्यहाँ उनले धेरैजसो लेखकीय जिम्मेवारी पाएका थिए । 

मध्यम वर्गीय परिवारका महत नेपाली सेनाको जागिरकै शिलशिलामा संसारका अधिकांश मुलुक घुमेका छन् र नेपालका ७७ वटै जिल्ला पुगेका छन् । सानामा रामायण, महाभारत, श्रीस्वस्थानी राम्ररी वाचन गर्ने भएका कारण सबैबाट उनी स्यावासी पाउँथे । यसबाट पनि उनमा भविष्यको लेखकीय ऊर्जा सञ्चय भइरहेको थियो । सेवामा छँदा उनले नौ पटकसम्म कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी बहन गरे । 

अवकाशप्राप्त जर्नेल महत हाल लेखन र सामाजिक काममा सक्रिय छन् । उनी आत्मसन्तुष्टिका लागि लेख्छु भन्छन् । उनी व्यङ्ग्य र कथा लेख्छन् । सुरुमा व्यङ्ग्य पढेर लेख्न थालेकोले व्यङ्ग्यमै बढी रुचि भएको हो । यसैमा रस बस्यो । उनलाई समय समयमा वरिष्ठ पत्रकार हरिहर विरही र किशोर नेपालहरूले पनि लेख्न प्रेरित गरिरहे । उनका दुईवटा कथा संग्रह ‘अधुरो माया’ र ‘तिर्सना’ तथा सातवटा हास्यव्यङ्ग्य संग्रह प्रकाशित छन् । 

सत्याल प्रकाशनबाट प्रकाशित उनका सातैवटा हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहको उनले एकै पटक विमोचन गराएका थिए । उनका यी पुस्तकहरू वर्ष वर्षमा पत्रपत्रिकामा प्रकाशित फुटकर रचनाहरूको छुट्टाछुट्टै सङ्ग्रह हुन् । ‘फाइदै फाइदा,’ ‘दुवै हातमा लड्डु,’ ‘कुर्सीको जय होस्,’ ‘चिप्ला कुरा,’ ‘भालुलाई पुराण,’ ‘चोरको खुट्टा काट्’ र ‘आफ्नो हात जगन्नाथ’ उनका प्रकाशित हास्यव्यङग्य सङ्ग्रह हुन् । उनको एउटा कृति छपाइका क्रममा छ । 

त्यसो त उनले केही नाटकहरू पनि लेखे । आर्मीमा छँदा नाटक, प्रहसनहरू लेख्नु र खेलाउनु पनि पथ्र्यो । त्यसका लागि उनले नाटक लेखेका हुन् । प्रसिद्ध साहित्यकार राजेन्द्र थापा पनि आर्मीकै मानिस हुन् । उनीबाट महतले धेरै कुरा सिके । उनी थापालाई आफ्नो गुरु मान्छन् किनकि उनले थापाबाट लेखनमा प्रोत्साहन पाएका थिए । 

लेखनले समाजलाई केही सकारात्मक बाटोतर्फ डो¥याउने हो । समाज बदल्नै त लेखनबाट मात्रै नसकिएला, प्रयास भने गर्नसकिन्छ भन्छन् उनी । समाज बदल्न सबै मिल्नुपर्छ भन्छन् । समाजमा धेरै विकृति छन् । ती विकृति हटाउन व्यङ्ग्य लेखनले सघाउ पु¥याउँछ र त्यसका लागि खुराक पनि त्यही समाजबाट लिन सकिन्छ भन्ने उनलाई लाग्छ । 

उनले आफ्नो लेखनको प्रभाव समाजमा कस्तो परेको छ भनेर हेरेका छैनन् । उनका रचना छापेका सम्पादकहरूले र केही पाठकहरूले राम्रा भनेका आधारमा उनी आफ्ना रचना राम्रै छन् भन्ने ठान्छन् । उनका पुस्तक सबैभन्दा बढी विदेश जाँदा लामो समय ट्रान्जिटमा बस्नुपर्नेहरूले पढ्ने गरेको रिपोर्टिङ छ उनलाई । यसबाट हौसला मिलेको उनको तर्क छ । 

उनी कुनै पनि राजनीतिक पार्टीको प्रभावमा छैनन् र कुनै वादको पक्षपाती पनि छैनन् । उनी स्मरण गर्छन्, उनी क्याम्पस पढ्दा प्रजातान्त्रिक विचारधाराबाट प्रभावित थिए, त्यो प्रभाव भने उनमा अझै पनि छँदैछ । उनी काभ्रे सेवा समाजको सल्लाहकार, महत समाजको संरक्षक र हालै स्थापना भएको बूढानीलकण्ठ साहित्य समाजको अध्यक्ष छन् ।

उनी आपूmलाई सफल व्यक्ति ठान्छन् । आपूmले गरेका काम, आफ्नो पद र पेशाप्रति गौरव गर्छन् । उनले सेवाप्रतिको इमानदारीका कारण केही तक्माहरू र सुप्रबल सेवाश्री पदक प्राप्त गरेका छन् । उनले जीवनमा पछुतो हुने खालका कुनै काम गरेका छैनन् । द्वन्द्वका समयमा उनले विभिन्न ठाउँमा कमाण्ड सम्हाल्नु प¥यो । त्यहाँ जुन अपरेसनहरू भए ती सबै तत्कालीन नियम, कानुन र आदेशको पालनाका शिलशिलामा गरिए, यिनलाई नाघेर कुनै काम गरिएन । त्यसैले आजसम्मका कुनै काम उनले पछुतो लाग्ने गरी गरेकै छैनन् ।

उनले लेखनबाट कुनै आर्थिक लाभ गरेका छैनन् । आत्मसन्तुष्टि र पाठकबाट पाएको प्रशंसा नै उनको लेखकीय प्राप्ति हो । सेवामै छँदा पनि उनले ‘सिपाही’ पत्रिकामा केही कथाहरू छपाए, ती व्यङ्ग्यात्मक थिएनन् । ती कथाबाट उनले द्वितीय पुरस्कार पाए दुई पटक । यसबाट उनलाई लेखनमा प्रोत्साहन मिल्यो । 

द्वन्द्वबाट उनी प्रभावित बने र उनको परिवार अरू नेपालीहरू जसरी नै प्रभावित बन्यो । उनको गाउँको घरमा विद्रोहीले आगजनी गरिदिए । उनी आफूले पनि नेपाली सेनाको तर्फबाट कमाण्ड गरेर धेरै ठाउँमा जानुप¥यो । ‘आम नेपालीलाई परेको जस्तै प्रभाव मलाई पनि प¥यो’ उनी भन्छन् । नेपाली सेनाको छवि, उच्च क्षमता र दक्षता अनि कर्तव्यनिष्ठता र व्यावसायिकता बचाउन सकेकोमा उनी गौरव गर्छन् । 

उनी आपूmलाई मूल रूपमा सिपाही र त्यसपछि मात्रै लेखक हूँ भन्छन् । ‘म सफल सिपाही हूँ र सफल लेखक हुने प्रयासमा छु’ उनी भन्छन् । उनका दुईवटा कथा संग्रह स्वीकृति पाएरै छपाइए । ती कथा संग्रहहरू नेपाली सेनाद्वारा प्रकाशित ‘सिपाही’ पत्रिकामा छापिएका कथाहरूकै संग्रह हुन् । 

उनी नेपाली सेनामा पनि कलम चलाउनुपर्छ भन्छन् । ‘बाहिर आममानिसको सोचाइजस्तो सेनामा नपढेका मानिसमात्रै हुन्छन्, तिनले बन्दुक पड्काउनमात्र जानेका हुन्छन् भन्ने कुरो गलत हो । त्यहाँभित्र त क्याम्पसमाभन्दा पनि बढी पढ्नुपर्छ । त्यसैले त्यहाँभित्र पनि कलम छ । कडा अनुशासनमा रहेर पढ्नुपर्छ । बन्दुक पनि कलमको निर्देशनअनुसारमात्र चलाउने हो । योजना, तालिम आदि कलमले बनाउँछ । बन्दुक ओपन सिस्टममात्र हो । त्यसलाई पनि कमाण्ड चाहिन्छ र कमाण्डलाई कलमकै योजना आवश्यक पर्छ’ उनी भन्छन् । 

लाग्न त उनलाई बन्दुकभन्दा कलम चलाउन नै सजिलो लाग्छ तुलनात्मक रूपमा तर कलम चलाउन सजिलो देख्दैनन् उनी । दुवैमा सतर्कता र सम्यम चाहिन्छ । उनी व्यङ्ग्य लेखक हुन् । भन्छन् ‘व्यङ्ग्य लेखनमा अझै बढी सचेत हुनुपर्छ ।’ त्यसैले उनले सेवामा छँदा उपनाममा लेखे । थाहा भएको भए उनको पदीय मर्यादामा आँच आउन पनि सक्थ्यो । 

महत बन्दुक चलाउने मानिस हुन् उनले कलम पनि चलाए । यसो गर्दा कि बन्दुक कमजोर भयो कि कलम । एकले अर्कालाई प्यारालाइज ग¥यो कि ¤ उनी यसको उत्तर ‘गरेन’ भनेर दिन्छन् । उनको लेखन गोप्य रहृयो, उनले दबाबमा लेखेनन्, व्यवसायमा लेखनले असर पारेन, बरू सहयोग पु¥यायो भन्ने उनलाई लाग्छ । 

जागिरमा प्रवेश गरेको र पूmली लाएको दिन उनलाई अविस्मरणीय लाग्छ । त्यसो त उनीसँग यस्ता धेरै सम्झना छन् । काम गर्दा विद्यमान नियम कानुन पालना गरेर कमाण्डअनुसार काम गरे । मानवअधिकार उल्लंघन हुनेगरी कुनै काम गरेनन् । यी सम्झँदा उनी रोमाञ्चित बन्छन् । उनलाई आफूले गरेका कामप्रति गौरव लाग्ने कुरा हुन् यी । भन्छन्, ‘अहिले म जे छु त्यो आपूmलाई नेपाली सेनाले नै बनाएको हो । त्यसैले नेपाली सेनाप्रति म गौरवान्वित छु । अझै यसप्रति आफ्नो आवश्यकता परे म जे पनि गर्न तयार छु ।’ 

उनी नेपाली सैनिकलाई मिहिनेत गर्न, इमानदार हुन र नैतिक रूपमा खरो उत्रिन सुझाब दिन्छन् । देशभक्ति सबैमा हुनुपर्छ, अनुशासनमा रहनुपर्छ भन्छन् । नेपाली सेना उत्कृष्ट छ, यसलाई अझै राम्रो बनाउनुपर्छ भन्ने उनलाई लाग्छ । 

लेखनमा छोटकरीमा टापन टिपन लेख्ने प्रवृत्ति बढेकोप्रति उनलाई चिन्ता लागेको छ । सकारात्मक र गम्भीर भएर लेख्न उनी नयाँ लेखकहरूलाई सुझाब दिन्छन् । लेखनका लागि अध्ययन गर्नुपर्छ र राजनीतिक तथा आर्थिक प्रभावबाट मुक्त भएर लेख्नुपर्छ उनी भन्छन् । हार्दिक शुभकामना छ, उनको यो सोचाइलाई । 

 


Views: 2178

सम्बन्धित सामग्री:

कल्पनाको ढाका सपना

रमा लुइँटेल : आश्विन १८, २०७६ (९:३२ AM)

कविता – शरदको बहार

मुना दाहाल : आश्विन ७, २०७६ (५:२१ PM)