2nd July | 2020 | Thursday | 11:38:40 PM

मुक्तिनाथ महिमा

अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : पुष १०, २०७६ (१०:१५ AM)

मुक्तिनाथ महिमा

हामी अहिले नेपाल भ्रमण वर्ष २०२० को तयारीमा छौँ । हाम्रो पश्चिमक्षेत्र धवलागिरिको काख मुक्तिनाथ धाम, नजिकैको कागबेनीक्षेत्र सोही बाटो हँुदै अपर मुस्ताङ अर्थात लोमान्थाङ अझ साहसिक पर्यटनका लागि थोराङ पास हुँदै लोमान्थाङ पुग्ने र त्यहाँको सुन्दर प्राकृतिक छटाभित्र रमाउने विदेशी पर्यटकहरू धेरै छन् । संयोग नै भन्नुपर्छ विदेशी पर्यटकहरू लिएर यो पंक्तिकारले पनि त्यस क्षेत्रको साहसिकयात्रा पटक पटक गरेको हो जवानीमा । हाल त त्यसक्षेत्रमा सवारीको सुविधा पनि भइसकेको छ । 

दामोदरकुण्डबाट आउने कालीगण्डकी नदी र मुुक्तिनाथ धामबाट आउने गण्डकीको संगम नै कागबेनी हो । दुवैतर्फबाट आउने नदीहरूको बेणी परेकाले कागबेणी भनिएको हो । यही कागबेणी नै कागबेनी भएको हो । पितृहरूको लागि यो सर्वाेत्तम तीर्थ पनि हो । संसारका हिन्दु, बुद्धिष्ट वा अन्य सबैकालागि त्यो क्षेत्र मुक्तिक्षेत्रै हो ।

पावन गण्डकी नदीलाई तवस्वी साधकहरूले भारतको गंगा र भागीरथीसँग तुलना गरेका छन् । गण्डकी नदीको शीर्षस्थ क्षेत्र मुक्तिनाथ धाम हो । नेपालका चारधाम मुक्तिनाथ, रुरुक्षेत्र, पशुपतिक्षेत्र र वराहक्षेत्र हुन् । ‘ने’ मुनिबाट पाँचहजार वर्षभन्दा पहिले नामकरण भएको नेपालको पश्चिम क्षेत्र गण्डक क्षेत्रले परिचित छ । गण्डकीको शीर्षभाग मुक्तिनाथ–रुरुक्षेत्र–देवघाट हुँदै पवित्र गण्डकी नदी नवलपरासीको त्रिवेणीधाम पुग्दै उत्तरदेखि दक्षिण क्षेत्रसम्म पावन बनाउँछिन् । त्रिवेणीधामलाई ‘गजेन्द्रमोक्ष’ पनि भनिन्छ । विश्वमा कहीँ नपाइने शालिग्रामशिला गण्डकीमा पाइन्छ । शालिग्राममा सुन हुन्छ ।

मुक्तिनाथ क्षेत्र एक पर्वतीय प्राचीनस्थल हो । धौलागिरिको मुस्ताङ–जोमसोम–कागवेनीबाट पूर्व–दक्षिण झण्डै १३ हजार फिटको उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल विश्वकै लागि एउट अनुपम क्षेत्र हो । बुद्धिष्टहरूको लागि समेत खोजको क्षेत्र रहेको मुक्तिनाथमा लाखौंँ पर्यटकहरू तीर्थयात्रा गर्छन् । अघि पतिव्रता स्त्री वृन्दाले भगवान् श्रीविष्णुलाई ढुंगा हुनु परोस् भन्ने श्राप दिएकीले भगवान्ले गण्डकी क्षेत्रमा कालो शालिग्राम शिला भई बस्ने विचार गर्नुभएको हो । गण्डकीनदीलाई ‘कृष्णाभा’ पनि भनिन्छ । 

स्कन्दपुराण, हिमवत्खण्ड, नेपाल माहात्म्यले कालीगण्डकी एवं शिरोभाग मुक्तिक्षेत्रका विषयमा विशद् वर्णन गरेको छ । अघि देवी पार्वतीका देब्रे पाउबाट पसीनास्वरूप पैदा भएकी गण्डकीको महिमा सर्वाेत्तम र सर्वाेत्कृष्ट रहेको छ । रसुवाको गोसाइँकुण्ड क्षेत्रबाट शिवप्रिया पार्वती नीलकूट पर्वतमा जानुभयो । नीलगिरिपर्वतमा अत्रिमहर्षि तप गरी बसेका थिए । माता पार्वतीले अत्रि महर्षिको व्रत आराधना, पूजा, अनुष्ठान गर्दा गर्दै उहाँका देब्रेपाउबाट पसिना झ¥यो । पसिना बग्दै गएर आश्रमको दाहिनेतिर कुण्डमा प¥यो । हेर्दाहेर्दै कुण्ड भरिएर एक तलाउ नै बन्यो । नजिकै गण्डक नामक महर्षि तप गरेर बसेका थिए । ती महर्षिले त्यो कुण्डमा स्नान, सन्ध्या गरे । वृद्ध गण्डक महर्षिले जवानी प्राप्त गरे । कुण्डको प्रभावले आपूmले बितेको जवानी प्राप्त गरेको हुँदा उनले कुण्डको पूजा, परिक्रमा गरे । त्यस कुण्डमा जलदेवी प्रकट भएर महर्षिलाई वरदान माग्न भनिन् । 

गण्डक महर्षिले आपूmमा सदैव भक्तिभाव रहोस् भनी वरदान माग्दा जलदेवीले भनिन्– यसकुण्डमा तिमीले सर्वप्रथम स्नान ग¥यौ । अब यहाँबाट मेरा मूर्तिस्वरूप साकार नदीहरू बग्नेछन् । नदीका सातवटा धाराहरू हुनेछन् । जसलाई लोकमा सप्तगण्डकी नामले चिनिन्छ । ती सात धाराका नामहरू क्रमशः धर्मधारा, सुवर्णधारा, श्वेतधारा, यशोधारा, कृष्णाभा, विश्वधारा हुनेछन् । यी नदी धाराहरूका आ–आफ्ना माहेश्वरी, कालिका, कौमारी, वैष्णवी, ब्रहृमायणी, गंगा र नारसिंही क्रमशः इष्टदेवीहरू हुनेछन् । ऋषि गण्डकले तप गरेको क्षेत्र नीलगिरीपर्वत मुस्ताङ जोमसोम पूर्वपट्टिको हिमालक्षेत्र हो । सप्तगण्डकी सबै पवित्र छन् र पनि कृष्णाभाको महŒव विशिष्ट छ । 

गण्डकी नदीतटमा बसी श्राद्ध कर्म गर्नेहरू मुक्ति प्राप्त गर्दछन् । आफ्ना पितृहरूको उद्धार गर्न चाहनेले सदैव गण्डकी नदीप्रति श्रद्धा भाव राख्नु पर्ने हुन्छ । जीवनमा आर्जित सबै किसिमका पापहरू गण्डकी स्नानले पखालिन्छन् । जुनसुकै दिन पनि यो तीर्थ पावन छ । गंगादशहरा, संक्रान्ति विशेष र अन्य पर्व विशेषमा यसको महŒव अधिक रहेको कुरा शास्त्रहरूले पुष्टि गरेका छन् । ब्रहृमाण्डभरिमा गण्डकी नदीको जलपूर्ण र पवित्र छ । जहाँसुकै रहे बसे पनि गण्डकी नदीको जलस्पर्श गर्नेहरूले भुक्ति र मुक्ति प्राप्त गर्नेछन् । गण्डकी नदी स्नानको संकल्प गरी यात्रा आरम्भ गर्नाले पनि प्रत्येक पदमा ठूला महायज्ञहरू गरेको फल मिल्नेछ । 

सत्ययुगमा सृष्टिकर्ता ब्रहृमाजीले जलमा अग्निको आहृवान गर्नुभयो । यसरी आहृवान गरेको क्षेत्रमा लोककल्याण हेतु महायज्ञ गर्ने संकल्प गर्नुभयो । अग्नि र जल एक आपसमा समन्वय नहुने भए पनि ब्रहृमाजीको आराधनाले यो सम्भव भयो । ब्रहृमाद्वारा आयोजित कल्याणकारी महायज्ञमा सर्वेश्वर श्रीहरि, श्रीशिव, देवेन्द्र, ऋषि गणहरू, यक्ष, गन्धर्व, किन्नर, सिद्धपुरुषहरू सहभागी भए । यज्ञ सम्पन्न भयो । विश्व ब्रहृमाण्डको रचना गर्ने शक्ति ब्रहृमाजीले यसै यज्ञको लोकहितकारी कार्य सफल गराउनुभयो । सम्पूर्ण वेदहरूले पनि सार्वजनिक र लोककल्याणकारी कर्म गर्नुअघि पुण्य यज्ञ सम्पन्न गर्नुपर्ने बताएका छन् । 

संसारको सृष्टि आरम्भ गर्ने मूल संकल्प लिएर भगवान ब्रहृमाजीले यज्ञस्थल छनौट गर्ने क्रममा यसै कालीगण्डकीको शिरभाग मुक्तिनाथ क्षेत्र रोज्नुभयो । पवित्र स्थानबाट आरम्भ भएको कार्य चिरस्थायी र सफल बन्न पुग्छ । मुक्तिनाथ क्षेत्रमा अहिले पनि आगोको ज्वाला देख्न सकिन्छ । पृथ्वीको गर्भभित्रबाट देखिने अग्निको ज्वाला अन्यत्र बिरलै पाइन्छ । 

सृष्टिको उषाकालमा श्रीहरिले रमणीय हिमालय क्षेत्रमा तपस्या गर्दा तपस्याको प्रभावले उहाँमा एक प्रकाशको ज्वाला, तेजपुञ्ज प्रकट भयो । तेजपुञ्ज तातो भएकाले श्रीहरिको गालाबाट पसीना आयो । भगवान्को दुई गालालाई गण्डस्थल भनिन्छ । गण्डस्थलमा निस्केको पसीना दिव्यनदीको रूपमा बग्न थाल्यो । ब्रहृमादि देवताहरूले यो आश्चर्यजनक कुरा श्रीशिवलाई बिन्ती गरे । श्रीशिव त्यहाँ उपस्थित भएर श्रीहरिको पसीनास्वरूप प्रकट भएकी नदीको नाम गण्डकी भनी नामकरण गरिदिनुभयो । भगवान् मुक्तिनाथका रूपमा त्यहाँ रहने प्रण गर्नुभयो । मुक्तिनाथलाई त्रिदेव– ब्रहृमा, विष्णु र शिवको संयुक्त स्वरूप मानिन्छ । सम्पूर्ण धामक्षेत्रहरूलाई ‘नाथ’ शब्द जोडिनेक्रममा बद्रीनाथ, केदारनाथ, विश्वनाथ, पशुपतिनाथ भन्ने क्रममा मुुुक्तिक्षेत्रलाई मुक्तिनाथ भन्न थालिएको हुन सक्छ । अर्काेकुरा अनाथका नाथ भगवान् भएकाले भगवानलाई नाथका रूपमा पुकारिन्छ । 

मुक्तिनाथको पूर्व–उत्तरपट्टि ‘हंसतीर्थ’ नामक कुण्ड रहेको छ । अन्य कुण्डहरूसमेत रहेको यसक्षेत्रबाट तामाका १०८ धाराहरूमार्फत् जलधारा झारिएको छ । मन्दिरपरिसरमा यी १०८ धारामा स्नान गर्ने चलन छ । पानी चिसो हुने हुनाले अर्चनमात्रै गर्ने पनि गरिन्छ । जीवात्माको मुक्ति हुने हुनाले यस क्षेत्रलाई मुक्तिक्षेत्र भनिएको हो । 

साविकमा कुनै मन्दिर नभएको मुक्तिक्षेत्रमा पद्माासनमा अभयमुद्रा सहितका भगवान्विष्णुको मूर्ति रहेको छ । पछि बनेको मुक्तिनाथ मन्दिर पित्तलका तीनतहको छाना नेपाली मण्डपशैलीमा बनेको छ र पश्चिमतर्फ फर्केको छ । मन्दिरभित्र रहेको चतुर्बाहु भगवान विष्णुुको मूर्ति तामाको ढलौटले बनेको छ । दायाँ र बायाँ दुबैतिर सरस्वती र लक्ष्मीजीका धातुका मूर्ति छन् । मूल मूर्तिको एकापट्टि छेउमा एउटा सानो प्वाल छ । त्यहाँ हात छिराउँदा केही प्राप्त हुन्छ भन्ने विश्वास छ । मूल मन्दिरअगाडि एउटा घण्ट छ । ब्रहृमाजीले यज्ञ गरेको स्थलमा ज्वालामाईको मन्दिर छ, जहाँ आगोको ज्वाला निस्केको देखिन्छ । 

आजकाल मुक्तिनाथ धाम जान असुविधा छैन । जोमसोमबाट कागबेनीसम्मको नदीको तटभागमा विशेष हावा लाग्छ । हजाराँैं तीर्थयात्रीहरू मुक्तिनाथ धाम पैदलै जान्छन् । जोमसोमसम्म हवाइयात्रा पनि राम्रै हुन्छ । विदेशी पाहुनाहरू मुस्ताङको उपल्लोक्षेत्र लोमाङथाङ जाँदा र बाटाका अनेकौँ बौद्ध घ्याङ, गुफा अवलोकन गर्र्दै मुक्तिक्षेत्र पुग्ने गर्छन् । 

वृन्दाको श्रापबाट आपूm शालिग्राम शिलास्वरूप भई गण्डकीक्षेत्रमा रहने विचार गरेर विश्वकर्मालाई श्रीविष्णुले बोलाएर असंख्य शालिग्राम शिला बनाई त्यसक्षेत्रमा राख्न अह्राउनुभयो । शालिग्राम शिलास्वरूप श्रीविष्णुको मूर्ति गण्डकी क्षेत्रमा जताततै पाइन्छ । धेरैजसो नेपालीहरूका घरमा शालिग्राम पूजा गरिन्छ । पञ्चतŒवले बनेको शरीर संरक्षण र सम्बद्र्धन गर्न गणेश, शिव, विष्णु, देवी, सूर्यस्वरूप पाञ्चायन पूजा हाम्रो दैनन्दिन कार्य हो । गायत्रीमन्त्र निस्काम भावले सदैव जप गरेझैँ शालिग्रामको जल, कुशको आसन, मुखमा तुलसी रहेमा जतिसुकै पापी भए पनि त्यो व्यक्तिको पुनः जन्म नहुने, विष्णुसायुज्य भई मुक्ति पाउने कुरा विष्णुपुराण आदि धर्मग्रन्थहरूमा चर्चा गरिएको छ । 

ब्रहृमाण्ड पुराणमा पनि शालिग्रामबारे निकै चर्चा भएको छ । आकार, लक्षण र वर्णको विस्तारपूर्वक वर्णन गरिएको छ । शालिग्रामको परिमाण र आकारका विषयमा पनि चर्चा भएको छ । शालिग्रामपूजाबाट जीवनको परम उद्देश्य धर्म, अर्थ, काम र मोक्ष चारै किसिमका पुरुषार्थ प्राप्त हुन्छन् । शंख, चक्र, गदा, पद्म अंकित शिला कम मात्रामा भेटिन्छ । यस्तो शिलाबाट सर्पभय, अग्निभय, दुःख, दारिद्रय नास हुन्छ । केवल पद्म आकारको शिला पनि शुभदायक हुन्छ । कुनै शिलालाई वराहशिला भनिन्छ । शूल र कमलको चिहृन अंकित शिलालाई ‘वैनतेय’ मुद्रा भएको हो र स्कन्दपुराणमा यो सर्वाेत्तम भनिएको छ । 

कुनै शिलामा घुमेका चक्रझैँ नाभी आकारका रेखा देखिन्छन् । टुक्रिएको, टुटेफुटेको शालिग्राम पूजा गर्नु हुँदैन भनिएको छ । दाम्पत्यजीवन सफल र सौभाग्यशाली बनाउन चाहनेले तुलसीदल विना शालिग्राम पूजन गर्नु हुँदैन भनिएको छ । ब्रहृमाण्ड पुराणले जलमा रहेको शिला कमलो र नरम अनि जमिनमा रहेको शालिग्राम कडा र सुख्खा हुन्छ भनेको छ । दुबै शिला पूजनीय छन् । घरमा पूजा गर्ने शालिग्राम कालो चिल्लो हुनुपर्छ भनिएको छ । शालिग्रामको नित्य उपासना गर्ने व्यक्ति निरोगी र पूर्ण आयुको हुने र उसका ब्रहृमहत्यादि ठूला पाप भए पनि सबै पखालिने कुरा स्कन्दपुराण हिमवतखण्डमा बताइएको छ ।

मृत्युपछि वैकुण्ठबास चाहनेले हरदम शालिग्रामको उपासना गर्नुपर्ने कुराको चर्चा पुराणमा छ । पितृश्राद्धमा शालिग्रामको जल, विष्णुपादुका नभई हुँदैन । खासगरी पितृहरू सदैव मुक्तिनाथ धाम, गण्डकी तीर्थ, शालिग्राम क्षेत्रमा बस्न रुचाउँछन् । देवताहरू पनि यसक्षेत्रमा तप गर्न लालयित हुन्छन् । 


Views: 379