2nd July | 2020 | Thursday | 11:47:16 PM

सधैँ पर्यटकीय भक्तपुर

सरिशा अछामी   POSTED ON : पुष १०, २०७६ (१०:२१ AM)

सधैँ पर्यटकीय भक्तपुर

काठमाडौं । भक्तपुर ऐतिहासिक र सांस्कृतिक पर्यटकीय नगर हो । नेपालको रोम शहरको रूपमा परिचित छ । संस्कृतिको नगर, जीवित सम्पदा, नाँचगानको राजधानी र सांस्कृतिक रत्नकोरूपमा भक्तपुर परिचित छ । भ्रमण वर्षमा भक्तपुर नगरपालिकाले पर्यटकलाई भक्तपुरको महŒव र सांस्कृतिक सम्पदाका बारेमा परिचित गराउने योजना बनाएको छ । 

भक्तपुरमा नामी जुजु धौ छ, भादगाउँले टोपी र हाकुपटासी छ । बाह्रौं शताब्दीमा राजा आनन्द देवबाट स्थापित, १५औं शताब्दीसम्म मल्ल राज्यको राजधानी शहर र १८औं शताब्दी हालको स्वरूप लिएको भक्तपुर युनेस्कोबाट विश्व सम्पदा सूचीमा सूचीकृत छ । चारै कुनामा मन्दिरले सिमाना बनेको भक्तपुर नगरपालिका धार्मिक आस्थाको शहर पनि हो ।  

पचपन्न झ्याल दरबार, स्वर्णद्वार, टौमढी क्षेत्र, विश्व प्रसिद्ध पाँच तले मन्दिर, भैरवनाथ मन्दिर, दत्तात्रय क्षेत्र, मठैमठले घेरिएको दत्तात्रय मन्दिर र पुजारी मठ, तालाक्व क्षेत्र, परम्परागत माटाको भाँडाकुँडा बनाउने ठाउँ, सिद्धपोखरी, कमलविनायक पोखरीलगायत भक्तपुरका दर्शनीय सम्पदा हुन् ।  भक्तपुर भ्रमण वर्षमा मात्र होइन सधैँ घुम्न योग्य बनाउने गरी काम भइरहेको भक्तपुर नगरपालिको मेयर सुनिल प्रजापतिको भनाइ छ । 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भक्तपुर नगरपालिकाले भक्तपुरभित्रका सम्पदा संरक्षण र पुनर्निर्माण तथा मर्मत सम्भारको कामलाई प्रथामिकतामा राखेको छ । २०७२ सालको भूकम्पले क्षति पु¥याएका ११६ वटा सम्पदामध्ये ९३ वटा पुनर्निर्माण काम भइसकेको छ । निजी अवासीय घर परम्परागत शौलीमा परम्परागतसाम्रगी प्रयोग गरी बनाउन प्रोत्साहनका लागि अनुदान दिइएको छ । काठ, इँटा र झिगटी किन्दा लाग्ने ३५ प्रतिशत रकम अनुदान छ । भ्रमण वर्षका विभिन्न काम र भक्तपुर महोत्सवका लागि एक करोड रुपैँया बजेट छुट्याएको छ । 

भ्रमण वर्षलाई ध्यानमा राखेर सम्पदाहरूमा नियमित सरसफाइ र मर्मतसम्भारको व्यवस्था गरिएको छ । लोपन्मुख सम्पदाको पुनर्निर्माण र संरक्षण थालिको छ । लोपन्मुख सम्पदा भाज्यापुखु, रानी पुखु, ढुंगेधारा, पाटीहरूको पुनर्निर्माणको काम भइरहेको छ । नगरप्रमुख प्रजापतिका अनुसार संस्कृति संरक्षण र प्रवद्र्धनलाई जोड दिइएको छ । गाईजात्रामा परम्परागत नाचहरूको स्थलगत मूल्यांकन र प्रोत्साहन गर्न थालिएको छ । पर्यटकहरूलाई परम्परागत नाच, वाजा र अन्य सांस्कृतिक गतिविधिको प्रदर्शनीमा जोड दिइएको छ । भ्रमण वर्षमा ऐतिहासिक संस्कृतिक र सम्पदामा जोड दिइएको छ ।  

भक्तपुर सांस्कृतिक नगरको रूपमा परिचित छ । आगामी चैत ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव गर्ने योजना छ । पर्यटक आकर्षित गर्न सम्पदा र संस्कृतिको संरक्षणमा प्रत्येक वर्ष बाजा र संस्कृतिक नृत्य प्रतियोगता गर्ने गरिएको छ । परम्परागत बाजा बजाउने प्रशिक्षण दिन थालिएको छ ।

संस्कृतिक नृत्य गुरु, बाजा गुरु, बासुरी गुरु साथसाथै अन्य पुराना संस्कृति सिकाउने गुरुलाई सम्मान गरिँदै आएको छ । भक्तपुरले पुरानो कला जीवित राख्न आफूले जानेको कला प्रदर्शन गर्न आहृवान गरेको छ । नगरपालिकाले पुरस्कार वितरणमा गत आर्थिक वर्षमा १४ लाख र चालु आर्थिक वर्षमा २० लाख नगदको पुरस्कार वितरण गरेको छ । भक्तपुर नगरपालिकाको पुराना खेल, नृत्य तथा सम्पदाको विद्यालय पाठ्यक्रममा समावेश गरेको छ । 

नगरपालिकाद्वारा सञ्चालित कलेजमा पर्यटनसँग सम्बन्धित होटल म्यानेजमेण्ट र ट्राभल एण्ड टुरिजम विषय पठनपाठन थालिएको छ । संस्कृति पहिचान र सम्पदाको छुट्टै पहिचान बनाउन पाय्यक्रम सुरु गरिएको हो ।

पर्यटकको सुविधाका लागि १० स्थानमा नयाँ शौचालय बनाइएको छ ।  झकल्क हेर्दा शौचालय पनि कुनै मन्दिरजस्तो देखिन्छ यसले भक्तपुरको पहिचान झल्काउँछ । रात्रीकालीन पर्यटन विकास गर्न पर्यटकीय क्षेत्र तथा सम्पदास्थलमा सोलार बत्तीको व्यवस्था छ । सुरक्षलाई ध्यानमा राखेर आवश्यकताअनुसा रसिसी क्यामरा राखिएको छ । पदयात्राको व्यवस्था छ ।सहजताका लागि ढुंगा र इँटा छापेर पदमार्ग सजिलो पारिएको छ । 

पर्यटकलाई सहजताका लागि चाइनिज, जापानिज, अंग्रेजी भाषा तालिमको व्यवस्था छ । गाइडका लागि एउटै लोगो भएको पोशाक अनिवार्य गरिएको छ । नगरपालिकाभित्र ठाउँठाउँमा सूचना केन्द्र राखिएको छ । बाटोको नक्सा राएिका छन् । पुराना मन्दिरहरूको विशेषता संक्षित रूपमा तीनवटा भाषामा लेखेर राख्ने योजना छ । 

पर्यटकका लागि निश्चित क्षेत्रमा बस पार्किङ तोकिएको छ । पर्यटकीय क्षेत्रमा सवारीसाधन लौजान निषेध गरिएको छ । नगरबासीलाई पर्यटन उद्योगमा आकर्षित गर्न र पर्यटन क्षेत्रको विकास गर्न फोटोग्राफी, सिलाइ, हस्तकला, पाक शिक्षा तालिम दिन थालिएको छ । विश्व पर्यटन दिवस र विश्व सम्पदा दिवस भव्यरूपमा मनाउन थालिएको छ । अन्तर्राष्ट्रिय कूटनीतिक तथा उच्च पदस्थ व्यक्तित्वलाई स्वागत र अवलोकन गराउने काम भइरहेको छ । विश्व सम्पदा ५५ झ्याले दरबार आन्तरिक तथा बाहृय पर्यटक अवलोकन गर्ने व्यवस्था छ । 

भक्तपुरमा पर्यटकको संख्या बढिरहेको छ । भक्तपुरलाई नेपालको मुख्य गन्तव्य बनाउने नगरपालिकाको लक्ष्य छ । नेपाल आउने पर्यटकको मनमा भक्तपुर जानै पर्छ भन्ने विश्वास दिलाउनेगरी काम गर्ने लक्ष्य छ । भक्तपुरमा गतवर्ष २ लाख ५३ हजार पर्यटक भित्रिएका थिए । चालु आर्थिक वर्षको मंसिरसम्म १ लाख १५ हजार १४५ जना पर्यटक भित्रिएको नगरपालिकाको भनाइ छ । 

नगर प्रमुख प्रजापतिका अनुसार अफ सिजनमा पनि दैनिक ४ सयको हाराहारी पर्यटक आउँछन् । सिजनको समयमा ८ सयदेखि १५ सयसम्म आउँछन् । पर्यटकबाट गतवर्ष २४ करोड १० लाख राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्ष मंसिरको अन्त्यसम्म १२ करोड ३९ लाख ३० हजार संकलन भएको छ । पर्यटक धेरै भित्रिने अपेक्षाका साथ चालु आर्थिक वर्षमा ३० करोड राजस्व संकलन गर्ने लक्ष्य छ । 

नगरपालिकाभित्र ७० वटा होटल र दैनिक १८ सयसम्म पर्यटक बस्नसक्ने होम स्टे छन् । नगरको सरसफाइ, सावारीसाधनको हर्न नियन्त्रण, सडकहरू कालोपत्र गर्ने र हरियाली व्यवस्थापन गर्ने काम भइरहेको छ । पोखरी, पार्क, मन्दिरमा विभिन्न फूल रोप्ने, गमला राख्ने, पुराना धाराहरूमा पानी ल्याउनेजस्ता कामहरू भइरहेको छ ।

Views: 439