3rd July | 2020 | Friday | 12:00:59 AM

भ्रमण वर्षको उत्साह

लेखनाथ पोखरेल   POSTED ON : पुष १०, २०७६ (१०:४६ AM)

भ्रमण वर्षको उत्साह

काठमाडौं । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदैछ । भ्रमण वर्षको घोषणाभन्दा पनि सफलता महत्वपूर्ण पक्ष हो । भ्रमण वर्ष सरकारमात्र नभई नेपाल र नेपालीको प्रतिष्ठाको विषय हो । 

त्यसो त सरकारले तयारीविना हतारमा नेपाल भ्रमण घोषणा गरेको गुनासोबीच सफलताका संकेतहरू पनि देखिन थालेका छन् । यसअघिको भ्रमण वर्ष सन् २०११ को तुलनामा यसपटक सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला निकायबीचमा सहकार्य देखिएको छ । सरकारले गैरपर्यटन क्षेत्रका व्यक्तिलाई भ्रमण वर्ष संयोजक नियुक्ति गरेको भन्दै सुरुमा निजी क्षेत्रबाट केही असन्तुष्टीका स्वर सुनिए पनि असन्तुष्टी मत्थर हुँदै व्यावसायिक संस्थाहरूले विविध प्याकेजसहित भ्रमण वर्षको सचिवालयसँग सझौता भइरहेको छ ।

पर्यटनसँग सम्बन्धित संगठनहरू प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल, होटल एसोसिएसन नेपाल, टे«किङ एजेन्ट एसोसिएसन नेपाल (टान) र नेपाल टुर्स एण्ड ट्राभल एसोसिएन (नाटा) लगायतका संगठनहरूले भ्रमण वर्षको सफलताका लागि भन्दै विभिन्न प्याकेज घोषणा गरेका छन् । केही अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले पनि छुट प्याकेजसहित सचिवालयसँग सझौता गरेका छन् । रेडक्रसले पनि सहकार्य गरेको छ ।

भ्रमण वर्षको प्रवद्र्धनमा सञ्चारमाध्यहरूले पनि सहकार्य गरेका छन् । टेलिभिजन तथा छापा माध्यमहरूको संस्था नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियोहरूको संस्था सामुदायिक रेडियो प्रसारकहरूको संस्था (एको¥याव) लगायतले सहकार्यको सझौता गरेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार सस्थाहरूसँग पनि सहकार्य भइहरहेको भ्रमण वर्षका संयोजक सुरज वैद्यले बताएका छन् । यस्तो सहकार्यले अन्य व्यवसायिक कम्पनीमाथि पनि दबाब सिर्जना भएको छ । संयोजक वैद्यले भ्रमण वर्षका लागि निजी क्षेत्रबाट महŒवपूर्ण सहयोग प्राप्त भइरहेको बताएका छन् । । भ्रमण वर्षको प्रवद्र्धनका लागि विभिन्न मुलुकमा राष्ट्र प्रमुखदेखि राष्ट्रिय व्यक्तिलाई नेपाल भ्रमण गराउने तयारीसमेत रहेको उनले जानकारी दिएका छन् ।

विमानस्थलमा पर्यटन विद्यार्थी 

भ्रमण वर्षमा पर्यटकको सहजीकरणका लागि पर्यटन विद्यार्थी स्वयमसेवकका रूपमा परिचालन गरिने भएको छ । पर्यटन प्रवद्र्धनमा आतिथ्यको महŒवपूर्ण भूमिका हुन्छ । पाटा नेपालले अतिथि (पर्यटक) को सत्कारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन विद्यार्थी खटाउने भएको हो । डिसेम्बर २५ देखि नै त्रिभुवन विमानस्थलमा पर्यटन विद्यार्थीलाई स्वयमसेवका रूपमा खटाइने र क्रमिकरुपमा अन्य आन्तरिक विमानस्थल र सम्पदाहरूमा पनि खटाइने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले हिमालय टाइम्सलाई बताए । विमानस्थल तथा सम्पदास्थल गरी १७० जना पर्यटन विद्यार्थी खटाउने तयारी रहेको पनि उनले जानकारी दिए । उनका अनुसार नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पाटा नेपालले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछ । त्यस्तै नाइस टुरिममार्फत पर्यटनको प्रवद्र्धनका लागि आगामी फेब्रुअरीमा त्रिदेशी पर्यटन महोत्सव आयोजना गरिने पनि पाटा नेपालले जनाएको छ । महोत्सवमा नेपालका साथै छिमेकी मुलुक चीन र भारतका सरकारी अधिकारी, पर्यटक व्यवसायी, पर्यटनविद् र सरोकारवालाको सहभागिता रहनेछ । 

मन्त्रालयको पहल

नेपाल भ्रमण वर्षको सफलताका लागि पछिल्लोपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले केही सुधारात्मक पहल सुरु गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईले विभिन्न १२ बुँदे सुधार योजनाको घोषणा गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रचार हुने गरी छायांकन हुने फिल्म तथा डकुमेन्ट्रीको निर्माणमा विशेष सहुलियतको प्रस्ताव अघि बढाउने, वन तथा वातावरण मन्त्रालयबाट पदयात्रा र पर्वतारोहणको क्रममा राष्ट्रिय निकुञ्ज प्रवेशमा लिइने शुल्कमा छुटको प्रस्ताव अघि बढाउने भनिएको छ ।

सञ्चार मन्त्रालयबाट पर्यटकीय स्थलमा निःशुल्क वाइफाई, टिभी केबल सञ्चालकबाट भ्रमण वर्षको प्रचार प्रसार, नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र अन्य मिडियामार्फत कम्तीमा ३ दिन अघिदेखि भ्रमण वर्षको उद्घाटन कार्यक्रमको जानकारी र निमन्त्रणा सन्देश प्रवाह, पर्यटकलाई दोहोरा शुल्क हटाउने लगायत छन् ।

नारायणीमा पानी जहाज

भ्रमण वर्षलाई लक्षित गर्दै नारायणी नदीमा पानी जहाज सञ्चालनमा आएको छ । हालै मात्र कम्पनीले नारायणी नदीमा क्रुजसीपको सफल परीक्षण भएको छ । क्रुजसीपमा चालक दलका केही सदस्यसहित सञ्चालकले करिब डेढ किलोमिटर यात्रा गरेका थिए । क्रुजसीपका सञ्चालक राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले परीक्षण सफल भएको बताएका छन् । 

दुई वर्षको अथक प्रयासको प्रतिफलस्वरूप महŒवपूर्ण योजनाले मूर्तरूप लिएको कँडेलको भनाइ छ । भरतपुर महानगरपालिका १६ स्थित काभ्रेघाटमा दुई सय २० जना यात्रुवाहक क्षमता भएको क्रुजसीप निर्माण भएको हो । क्रुजमा भीआइपी कक्षा, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिटसमेत रहेको उनले बताए । एक करोडभन्दा बढीको लागतमा निर्माण निर्मित सीपको तौल १० टन रहेको छ । सुरुमा चालक र प्राविधिक गरी १५ जना विदेशी हुनेछन् । पछि नेपाली प्राविधिकलाई सिकाएर चलाउने योजना रहेको कम्पनीले जनाएको छ । 

निजी क्षेत्रको सुझाव

नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि पर्यटनसँग सम्बन्धित संस्थाले सरकारलाई विभिन्न सुझाव दिएका छन् । पदयात्रा नेपालको एकमात्रै मौलिक व्यवसाय भएको पदयात्रा सहज र सुरक्षित बनाउनुपर्ने, नेपाल भ्रमणमा आउने अधिकांश पर्यटकले पदयात्रा र आरोहणलाई नै लक्षित गरेर आउने भएकोले सहजीकरण गर्नुपर्ने सझाव दिएका छन् । 

त्यस्तै शहरी प्रदुषण, अन्तर्राष्ट्रिय विमानस्थलको रुग्ण अवस्था र व्यवस्थापकीय कमजोरी, लगानीमैत्री वातावरणको अभाव, नीतिगत समस्या तथा व्यवसायीले विभिन्न सरकारी निकायमा धाउनुपर्र्ने बाध्यता, पूर्व तथा सुदुर पश्चिममा कनेक्टिभिटी नहुनु, अन्तर्राष्ट्रिय बजारीकरण नहुनु समस्या रहेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

गन्तव्यको पहिचान, विकास र प्रवद्र्धन निजी क्षेत्रले माग गरिरहेको, पर्यटन शिक्षाको अभाव, पर्यटन क्षेत्रको रोजगारी कम आकर्षण, अव्यवस्थित तरिकाबाट सडकको निर्माण गरिएका कारण पदयात्राका लागि पदमार्ग नष्ट हुँदै गएको, कृषि तथा ग्रामीण पर्यटनमा खासै प्रगति हुन नसकेको र पर्यटन क्षेत्रका लागि न्यायोचित बजेट विनियोजन नगरिएको पनि उनीहरूको गुनासो छ । पर्यटकलाई पदयात्रा गराउँदा व्यवसायीमार्पmत मात्र सहयोगी लिएर जानुपर्ने व्यवस्था नभएकोले एक्लै पदयात्रामा जाँदा हराउने वा मृत्यु भएमा अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश जाने गरेको पनि उनीहरूले बताएका छन् 

टानले विभिन्न क्षेत्रमा सञ्चालित टिम्स चेक पोष्टहरूको प्रभावकारी कार्यान्वयनका साथै बन्द भएका टिम्स पोष्ट पुन सञ्चालनमा ल्याउन सुझाव दिएको छ । त्यस्तै टिम्स कार्डलाई लैजान प्रणालीमा लैजानुपर्ने पनि सुझाव दिएको छ । पदयात्रीको सुरक्षाका लागि सन् २००८ जनवरीदेखि टिम्सको चेक पोस्ट खुम्बुको छुमुवा क्षेत्रमा टानले सञ्चालन गर्दै आएकोमा खुम्बु पासाङल्हामु गाउँपालिकाले विगत करिब २ वर्षदेखि सो क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट प्रतिव्यक्ति २ हजारु रुपैयाँ उठाउन थालेको र त्यहाँ विगत १० वर्षदेखि सञ्चालित टिम्सको चेकपोष्ट जरजस्ती हटाउन लगाई कर्मचारीलाई काम गर्न नदिएको पनि टानले जनाएको छ । 

नेपालको आरोण तथा पदयात्रा व्यवसाय मौलिक व्यवसाय भएकोले मूल्य अभिबृद्धिकर (भ्याट) को प्रावधान व्यावहरिक नरहेको भन्दै चीन (तिब्बत), भुटान या भारतकै जस्तै जीएसटीको प्रावधान लागू गर्नुपर्ने सुझाव दिएको छ । अन्यथा भ्याट ५ प्रतिशतमा सीमित गरिनुपर्ने माग गरेको छ ।


Views: 366