10th April | 2020 | Friday | 3:14:47 PM

बिडला इन्टिच्युटको दीक्षा

रमा लुइँटेल   POSTED ON : माघ २५, २०७६ (११:३४ AM)

बिडला इन्टिच्युटको दीक्षा

नौ सन्तानमध्ये सुरेश कान्छा थिए । उनका बाबु छोराले राम्रो पढोस् भन्ने चाहन्थे । विद्वान् जो कोहीलाई भेट्दा पनि ‘बाबुको पढाइ कस्तो छ’ भन्दै सोध्न भ्याइहाल्थे । विद्वान्हरूको घरमा लिएर जान्थे, उनीहरूका कुरा सुन्न लगाउँथे । एक दिन उनलाई बाबुले इतिहास शिरोमणि बाबुराम आचार्यकहाँ लिएर गए । 

बाबुराम आचार्यले ज्ञानगुनका कुरा गर्दै जाँदा गणित विषयको महŒव बुझाए । गणित पढे इञ्जिनियर बन्न सकिने सुनाए । बाबुरामको त्यो वचन सुरेशकुमार पुडासैनीका लागि दिव्य बन्यो । उनी एसएलसी पास भएपछि इञ्जिनियरिङ विषय पढ्न त्रिचन्द्र क्याम्पस भर्ना भए । बाबुरामलाई नभटेको भए उनी विद्यालयका शिक्षक हुन्थे होला । कृषक परिवारमा जन्मिएका उनी स्कुले विद्यार्थी हुँदा शिक्षकको तलब सुनेर आकर्षित भएका थिए । 

उनले शिक्षकको तलब मासिक १२० रुपैयाँ हुने सुनेका थिए । आहा ¤ पढेर यो तलब खाने शिक्षक हुन पाए कति राम्रो हुन्थ्यो होला । यो सोचाइलाई बाबुरामको त्यो एक वाणीले यूटर्न गरिदिएको बताउँछन् उनी । भन्छन्, ‘इञ्जिनियर बन्न गणितप्रति बिछट्टै मोह बस्यो ।’

प-यो फसाद ! उनी पढेको चावहिल विद्यालयमा ऐच्छिक विषय गणित थिएन । नागरिकशास्त्रका विद्यार्थी भए । इञ्जिनियर बन्नु नै थियो । दिनको तीन घण्टा हिँडेर सुरेश गोठाटारबाट त्रिचन्द्र क्याम्पसको बाटो नाप्न थाले । बायोलोजी (जीव विज्ञान) को विद्यार्थी बनेका उनलाई चित्र बनाउन खुबै मन लाग्थ्यो । चित्र बनाउने सीप कम थियो । त्यसैले एक दिन क्याम्पसका कर्मचारी दीनानाथ पोखरेललाई भने, ‘चित्र बनाउन एकदमै गाह्रो भयो, के गर्ने होला ?’ दीनानाथ उनका आफन्त पर्थे । 

दिनानाथले पुडासैनीको नाम बायोलोजीबाट गणितमा सारिदिए । फेरि त्यो अर्को अप्ठ्यारो थियो तर त्यो अप्ठ्यारोले उनको मिहेनतको अगाडि घुँडा टेक्यो । विद्यालयमा अनिवार्य गणितमात्रै पढेका उनले मिहेनत गरे । आइएस्सी प्रथम श्रेणीमा पास गरे । 

यो हिउँदामा ६७ वर्षमा बाटो नापिरहँदा उनी व्यतीत जीवनलाई पछाडि फर्केर हेर्छन् । उनलाई लाग्छ, बाटोमा अनगन्ती अवरोध आए । जति अवरोध आए, त्यसकै तुलनामा सहयोगी हातहरू फेला परे । समाधानका बाटा फेला परे । त्यसैले उनी आफूलाई भन्छन्, ‘मिहिनेतमा विश्वास गर्ने भाग्यमानी ।’

इञ्जिनियरको धुन

सुरेशलाई जसरी पनि इञ्जिनियर बन्नु थियो । छात्रवृत्तिमा विदेश पढ्न जान पाइने उनले सुनेका थिए । आइएस्सीको नतिजा प्रकाशित भएपछि उनी दैनिक गोरखापत्र हेर्थे । 

छात्रवृत्तिको फारम भर्दाको एउटा प्रसंग सुरेशले सुनाए । त्यतिबेला फोटोकपी गर्ने चलन थिएन । हातैले लेखेर नक्कल उर्तानुपथ्र्यो । एक रुपैयाँको टिकट टाँसेर निवदेन, नागरिकता र शैक्षिक प्रमाणपत्रको नक्कल बुझाए । 

छात्रवृत्तिका लागि अन्तर्वार्ता दिदाँ उनलाई सोधिएका प्रश्न यस्ता थिए, ‘रेडियो सुन्ने गरेको छ कि छैन ? पाकिस्तानका राष्ट्रपति को हुन् ?’ यस्तै केही थान प्रश्न सोधिएको रहेछ । ती प्रश्नहरू उनका लागि अप्ठ्यारा थिएनन् । भारतको बिडला इञ्जिनियरिङ कलेजमा टेलिकम्युनिकेसनको छात्रवृत्ति पाएर सुरेश पढ्न गए । पढ्न जानुअघि उनले भैरव अर्याललाई भेटेका थिए । भैरव अर्यालले भनेको कुरा सुरेशले दीक्षाका रूपमा लिए । ‘बाबु इज्जतको खुबै ख्याल गर्नू लगाएको लुगा, मान्छेसँग गर्ने व्यवहार, खानपिनको शैलीले मान्छले इज्जत जोगाउँछ ।’

सुरेशका लागि यो वाक्य विदेशमा पढुञ्जेलसम्मका लागिमात्रै दीक्षा बनेन, जीवनपर्यन्त उनले यसलाई सञ्जीवनी बुटीका रूपमा लिए । जीवनको यो उमेरमा समेत उनले यो दीक्षा आत्मसात् गरिरहेका छन् । भन्छन्, ‘इजजत जोगाउनु भनेको नराम्रो काम नगर्नु हो, आफ्नो स्वार्थका लागि मैले यो काम कहिल्यै गरिनँ ।’

ज्ञानमात्रै होइन, प्रेरणासमेत 

भारतको पिलानीस्थित बिडला कलेज पढ्दा सुरेशले किताबी ज्ञानमात्रै पाएनन् । जीवनलाई सार्थक बनाउन आवश्यक ज्ञानसमेत त्यहाँ प्राप्त गरे । सरकारी विद्यालयमा पढेका उनको अंग्रेजी राम्रो थिएन । अरू विद्यार्थी अंग्रेजीमा असी, पचासी नम्बर ल्याउँथे । उनी जसोतसो पास हुन्थे । शिक्षकको प्रेरणादायी वचनले सुरेश अंग्रेजीमा साठी अंक ल्याउन सफल भए । 

शिक्षकहरूका प्रेरणादायी वचन उनले यसरी सम्झे, ‘मिष्टर पुडासैनी, यु क्यान डु मच मोर बेटर देन दिस् ।’ विद्यार्थीका लागि शिक्षकको प्रेरणा जति महŒवपूर्ण अरू केही नभएको बताउँछन् उनी । जीवनको एक कालखण्डमा उनी काठमाडौं विश्वविद्यालयका कार्यक्रम संयोजक भएर काम गर्ने अवसर पाए । त्यतिखेर उनले त्यहाँ विद्यार्थीलाई यसरी प्रेरित गर्थे, जसरी उनलाई बिडलाका शिक्षकहरूले गरेका थिए । जतिबेला पनि केयुमा पुगे, त्यो समयलाई उनी आफ्नो जीवनको अभूतपूर्व समय भन्न रुचाउँछन् । 

कक्षामा पढाउँदा त्यहाँ एकजना प्रोफेसरले भनेको त्यो वाक्यलाई उनले गुरुमन्त्रका रूपमा लिए । त्यसैले आफ्नो काम वा निर्णयमा नियत राखेर गरेनन् । ती प्रोफेसरले यस्तो भनेका रहेछन् । उनले त्यसलाई नेपालीमा उल्था गरेर सुनाए, ‘पुडासैनी तपाईं यहाँको पढाइ सकेर आफ्नो देश नेपाल फर्कनुहुन्छ र त्यहाँ कुनै संस्थामा काम थाल्नुहुन्छ, त्यस्तो संस्था राम्रो भएन भने, तपार्ईंलाई दोष लगाउँदैनन्, हामीलाई लगाउँछन् बिडला इन्स्टिच्युटलाई लगाउँछन् ।’ उनलाई यो वाक्यले अब्बल नतिजासहितको काम गर्न मार्गदर्शन गरिरहृयो । 

पाँच वर्षको कोर्स पूरा गरेर नेपाल आएपछि सुरेश जागिर खोज्ने धुनमा लागे । त्यतिखेर पढाइको अन्तिम नतिजा आइसकेको थिएन । एकदिन सिंहदरबारस्थित टेलिकम्युनिकेसन विभाग पुगे । अनुभवका लागि काम गर्दै गर्ने भए निवेदन दिन अह्राए त्यहाँका एकजना कर्मचारीले । नजितासहितको शैक्षिक प्रमाणपत्र नभई नियुक्ति र पारिश्रमिक दिन नमिल्ने बताएका थिए उनले । सुरेशले ठाने, यो उनका लागि निकै राम्रो अवसर हो । त्यसैले अर्को दिन निवेदनसहित सिंहदरबार पुगेको सम्झन्छन् । केही महिना उनले काम सिके । नजिता आएपछि सुरेश २०२४ सालमा टेलिकम्युनिकेसन विभागका स्थायी असिष्टेण्ट डिभिजन इञ्जिनियर पदमा नियुक्त भए । 

दूरसञ्चार समितिमा परिणत भयो । ३२ सालसम्म समिति रहृयो । नेपाल दूरसञ्चार संस्थान भयो । 

एक्लो क्षणिकमात्रै 

दूरसञ्चार संस्थानको महाप्रबन्धकबाट सुरेश निवृत्त भए । दुईपटक गरेर उनले त्यहाँ चालीस वर्ष बिताए । बीस वर्ष उमेर हदको कारण देखाउँदा धेरै कर्मचारीलाई सेवाबाट अवकाश दिइयो । त्यसैमा परेका थिए उनी । कर्मचारीहरूले उक्त निर्णय अमान्य भएको भन्दै अदालतमा मुद्दा हाले । मुद्दाको फैसला कर्मचारीको पक्षमा भयो । त्यसपछि उनको पुनर्बहाली भएको थियो । 

राजनीतिक आग्रह पूर्वाग्रहमा चल्ने परिपाटीबाट उनी अछुतो रहेनन् । त्यसैले उनी कहिले सञ्चार मन्त्रालय पु¥याइए त कहिले नेपाल टेलिभिजनको अध्यक्षको जिम्मेवारीमा रहे । तर, जहाँ रहे पनि उनले पद्धति बसाउन काम गरे । आफ्नो र आफन्तको स्वार्थका लागि काम गरेनन् । जहाँ र जुन पदमा बसेर उनले काम गरे त्यहाँको अनुभवले एउटै कुरा बताउँछ, त्यो हो नेपालमा पद्धति (सिष्टम) बसाउन निकै गाह्रो छ । जसले पद्धति बसाउन खोज्छ, नियमका कुरा गर्छ, त्यो एक्लो हुन्छ तर उसले इज्जत कमाउँछ । कालन्तरमा ऊ सबैको प्रिय हुन्छ अर्थात् उसको निर्णय सबैलाई राम्रो लाग्छ । सुरेशले एक्लोपन धेरै खेपेका छन् । उनी दूरसञ्चारको सेवा लिन आउनेलाई यथार्थ बताइदिन्थे । उनले एउटा घटना सुनाए । 

टेलिफोनको लाइन जोड्नु त्यतिबेला चानचुने कुरा थिएन । आर्थिक र प्राविधिक दुवै कुराले । एकजना टेलिफोनको लाइनका लागि सिधै उनीसम्म आइपुगे । सुरेशले तत्काल सम्भव नभएको बताउँदै समय आएपछि खबर गर्ने वचन दिए । सुरुमा त भलाद्मी निकै रिसाए । केही महिनापछि ती सज्जनलाई आफैँले खबर गरे । टेलिफोन लाइनको प्रक्रिया अघि बढाइदिएपछि उनी निकै खुसी भएका थिए रे । उनलाई थोरैले मात्रै मन पराउँथे । जो संस्थाप्रति बफादार हुन्छ, उसलाई मन पराउने कमै हुन्छन् । उनलाई सबैको प्रिय हुनु पनि थिएन । जो सबैको प्रिय हुन्थ्यो, त्यहाँ कुनै गडबडी हुने निश्चित थियो ।

सिसाको ग्लासको चिया 

हिजोआज सुरेश नियमित व्यस्ततामा छैनन् । ‘नगनाएका’ अर्थात् पदमा हँुदा भ्रष्टाचार नगरेका पच्चीस प्लसको समूह छ । त्यो समूहले समाज, देशमा व्याप्त विकृतिविरुद्ध सरकारकालाई सुझाव दिन्छ । भ्रष्टाचारविरुद्ध आवाज उठाउँछ । उनी त्यसबेलाको कर्मचारीतन्त्र र अहिलेको कर्मचारीतन्त्रबीच तुलना गर्छन् । ऊ बेलाका कर्मचारी अप्ठ्यारोमा पनि जिम्मेवारी पूरा गर्थे । 

अहिले थोरै काम थपिनेबित्तिकै कर्मचारीले थप सेवा सुविधाको कुरा गर्छ । ऊ बेला थप काम गर्नुपरे बस्ने व्यवस्था आफैँले मिलाउनुपथ्र्योे । ‘समस्याको समाधान आफैँ खोज्नुपथ्र्यो’ सिक्ने र सिकाउने संस्कार थियो ऊ बेला तर अहिले न कोही सिक्न चाहन्छ न त कोही सिकाउन नै । 

यस्तो हुनुको पछाडि शिक्षामा भएको व्यापारीकरण प्रमुख ठान्छन्, उनी । विद्यार्थी जीवनमा गरेको लगानी जागिर खाएपछि उठाउने संस्कारका कारण यस्तो भएको उनको निष्कर्ष छ । यो व्यापारीकरणलाई उनी भ्रष्टाचारसँग जोड्छन् । त्यसो त ऊ बेला पनि भ्रष्टाचार थियो । अहिलेको जस्तो संस्थागत भ्रष्टाचार थिएन । 

दूरसञ्चारका क्षेत्रमा भएका प्रगति, आवश्यकताजस्ता विषयको निरीक्षणका लागि विभिन्न जिल्ला पुग्नुपथ्र्यो । जिल्लाका हाकिमले जब महंगो होटेलमा लान्थे, उनलाई लाग्थ्यो, त्यहाँ कुनै गडबडी छ । कुरा सुन्दै जाँदा त्यहाँ मिल्नेभन्दा नियमले निमल्ने काम धेरै भएका हुन्थे । ‘चाकडी’ को शैलीमा जिल्ला पुग्दा जसले सुविधाको कुरा गर्थे, ती कर्मचारीले गडबडी गरेका हुन्थे । गर्ने तयारी उनीहरूको हुन्थ्यो । जसले सिसाको ग्लासमा चियामात्रै खुवाउँथ्यो, त्यस्ता हाकिमको उनी प्रशंसा गर्थे । काम गर्ने कर्मचारीको पहिचान गरिराखेका हुन्थे उनले । त्यस्ता कर्मचारीलाई उनी बढुवाका बेला खोज्थे । कामको प्रशंसा गरिदिन्थे । त्यसो गर्दा कर्मचारीको मनोबल बढेको सुरेशको अनुभव रहेछ । 

नेपालको दूरसञ्चार क्षेत्रमा उनले खर्चेको समय, लिएको अडान र गरेका निर्णयहरूबाटै हात लागेको उपज हो यो । जसका कारण अहिलेको पुस्ता र युग कोठाभित्रै बसेर विश्व नियालिरहेको छ । विश्वसँग संवाद गरिरहेको छ । ती प्रोफेसर जसले पुडासैनीलाई पढाएका थिए, उनीहरूले भनिरहेका होलान्, ‘साधुवाद मिष्टर पुडासैनी, तिमीले हाम्रो र हाम्रो कलेजको इज्जत जोगायौ ।’


Views: 2275

सम्बन्धित सामग्री:

साइनोको पीडा

राजेश अधिकारी : चैत्र २७, २०७६ (२:०० PM)

सरकार मानवता खै ?

सन्दिप लुईटेल : चैत्र २३, २०७६ (३:३३ PM)