8th April | 2020 | Wednesday | 11:56:25 AM

कविता–प्रतीक्षा

विनोद दाहाल वत्स   POSTED ON : फाल्गुन ४, २०७६ (३:३७ PM)

कविता–प्रतीक्षा

घुर्मैलो साँझ चारैतिर 

प्रकाश देखिँदैन कतै 

न जून झुल्किएको छ 

न बलेका छन् सडक बत्तीहरू 

घाम त अस्ताइसकेको छ अघि नै 

अल्मल अल्मल भएको छ मलाई 

अब कता जाने ? 

कुन गल्ली र गल्छेडाहरू

कुन दोबाटो र बाटाहरू 

चुक घोप्ट्याएको जस्तो कालो 

फरक देख्दिन म 

आँखा चिम्लिएको वा खोलेको 

अब चाहिएको छ मलाई 

एउटा मार्गदर्शक गतिलो 

पाइएको छैन तर अझै 

तर खोज्न छोडेको छैन मैले अझै

आशा छ मनमा 

कतै हात समातेर डोहो¥याउने 

कोही न कोही नेता 

कसैको न कसैको नेतृत्व 

उज्यालोतिर लाने मलाई 

प्रतीक्षामा छु म 

लामो समयदेखि । 

बुनपा–१२, कपन–फैका, काठमाडौं । 


Views: 150