Date:2017/08/18 |Friday

शीर्षक –‘कविता दिवस’

Posted on: March 22, 2017 | views: 216 | सीता आस्था

शीर्षक –‘कविता दिवस’


दोहोर्याइ दोहोर्याइ

सोधीरहेँ

अन्तरमनलाई,

प्रभातको पहिलो मुस्कानमै

मन बोल्यो,

आज कविता दिवस हो ।

त्यसैले

कलम र मेरो मनको

अन्तरङ्ग मिल्नुपर्छ,

फेरि 

फेरि यहाँ,

अलिकति अमिलो जोस

थपेँ मैले

आफ्नै गुनासो पोतिएको

भावनाको आकाशमा सम्प्रेषण गर्न

जुर्मुरायो मन,

काउकुती लगाउँदै

कुनै विजयको

पूर्वसन्ध्याको आभाष जस्तो गरेर

मन बतासियो 

मन हतारियो

अनलाइनको भित्ताहरुमा

शब्दको जालो बनाउँने

रहर,उन्मत्त भएर आयो

महिनौ देखि,

बतासिएको मन

यहि भित्तामा

रंगिन बनेर एक्कासि

यौटा प्रश्न जन्मियो

कलमले मलाई बिर्सियो कि ?

मैले कलम बिर्सिए ?

ओहो.....!!!

म कत्ति दरिद्र !

म कत्ति स्वार्थी !

कलम संग डाडु साट्न खोजेँ

कलम सँग पन्यू साट्न खोजेँ

अनि पो मेरो,

भावना र लक्ष्यले हार खायो,

तर

तर भो,

अब म आजैबाट

घोषणा गर्छु

कलम बेचेर डाडु किन्दिन म ।

– सीता आस्था विर्तामोड झापा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं