Date:2017/08/22 |Tuesday

फेरि सर्यो ‘झ्यानाकुटी’

Posted on: August 03, 2017 | views: 16 |

काठमाडौं । चलचित्र ‘झ्यानाकुटी’ को रिलिज मिति पुनः एकपटक सरेको छ । चलचित्र युनिटले यसअघि दुईपटक सम्म रिलिज मिति घोषणा गरिसकेको थियो । अहिले भने तेस्रो पटकको रिलिज मिति कात्तिक १७ लाई फाइनल गरेको छ । यसअघि भदौ ८ गते बिहीबारबाट नै र भदौ ३० गतेबाट फिल्म प्रदर्शन हुने भन्ने घोषणा भइसकेको थियो । चलचित्र सार्वजनिक मिति सर्नुको कारण पोस्ट प्रोडक्सनको काम बाँकी रहनु बताइएको छ । चलचित्रलाई अभिनेत्री नीशा अधिकारीले निर्माण गरेकी हुन् । सिमोश सुनुवार निर्देशित चलचित्रमा सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको छ । कमेडी जानराको फिल्मलाई कास्की जिल्लामा छायांकन गरिएको छ । अब भदौ ८ गते दुई नेपाली चलचित्र पर्दामा आउँदैछन् । भुटानी शरणार्थीको कथा बोकेको चलचित्रहरू ‘देश खोज्दै जाँदा’ र ‘हामी शरणार्थी’ र ‘धूम २’ एकसाथ सार्वजनिक हुँदैछन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं